Sunday, May 31

प्रशासन

बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा कतार र दुबई जान रोक
प्रशासन, समाचार

बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा कतार र दुबई जान रोक

नेपालअखबार, काठमाडौं । सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदका लागि वैदेशिक रोजगारीमा जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नु परेको समेत अवस्था छ । अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारवाहीमा परी ठूलो जरिवाना बुझाउनु परेको समेत गुनासो आएको छ । सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना समेत बढेसँगै विभागले यस्तो निर्णय लिनु परेको भुसालले जानकारी दिए । यी मुलुकमा बाइक राइडर र ट्याक्स...
थाई एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज
प्रशासन, समाचार

थाई एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज

नेपालअखबार, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ । सोमबार प्राधिकरणले थाई एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद थप नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले थाई एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम आजैबाट बन्द भएको बताए । उनले थाई एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको बताए । उनले अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने भएकाले सेवा नरोकिने बताए । उनले थाई एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा समेत विमानस्थलको मेन्टिनेन्स अर्गनाइजेसनबाट हुने बताए । त्रिभुवन अन्तर्र...
भारतीय सेनाका पूर्व चार प्रमुख स्वदेश फर्किए
प्रशासन, समाचार

भारतीय सेनाका पूर्व चार प्रमुख स्वदेश फर्किए

नेपालअखबार, काठमाडौँ । नेपाली सेनाको २६० औँ स्थापना दिवस मूल समारोहमा भाग लिन आएका भारतीय सेनाका चारै जना पूर्वसेना प्रमुख नेपालको भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । उनीहरूले आजै बिहान सोलुखुम्बु जिल्लाको नाम्चे क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । सेना दिवसको अवसर पारेर भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीर सिंह सुहाग नेपाल भ्रमणमा आएका हुन् । उनीहरूले आइतबार मुस्ताङ पुगेर मुक्तिनाथ मन्दिरको दर्शन गरेका थिए । उनीहरूले हिजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापतिसहित आफना समकक्षीसँग छलफल र विचार विमर्श गरे । नेपाली सेनाद्वारा जङ्गी अड्डामा आइतबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा पनि पूर्वसैनिक प्रमुख सहभागी भए । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान अनुपम परम्परा छ । उनीहरू चारै जना...
बुटिक विमानस्थलस् नियम बिपरितको सम्झौता
प्रशासन, समाचार

बुटिक विमानस्थलस् नियम बिपरितको सम्झौता

विमल विष्ट, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थल बनाउने नाममा नियम बिपरित दुई करोड ५० लाख रकम खर्च गरेको छ । नागरिक उड्डयन प्राधिकरण स्थित स्रोतले दिएको जानकारी अनुसार बुटिक विमानस्थल बनाउने नाममा निर्माण कार्यको टेण्डर नगरिकन केही व्यवसायिहरुसँगको मिलेमतोमा तत्कालिन महानिर्देशक राजकुमार क्षेत्रीले दुई करोड ५० लाख खर्च गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थलका लागि भएका खर्चहरु पारदर्शि नभएको महालेखा परिक्षकको प्रतिबेदनमा समेत उल्लेख छ । तत्कालिन महानिर्देशक क्षेत्रीको निर्देशनमा आर्थिक वर्ष २०७५÷७६ को जेठ महिनाको अन्तिम तिर बुटिक विमानस्थल बनाउने प्रक्रिया सुरु गरी सोही आर्थिक वर्षको असार महिनामा ३५ वटा कोटेसन ९शिर्षक० मार्फत उक्त बजेट बाडिएको पाइएको छ । सार्वजनिक खरिद ऐन नियमावलीमा बिपरित बुटि...
आज प्रजातन्त्र दिवस मनाइँदै
प्रशासन, समाचार

आज प्रजातन्त्र दिवस मनाइँदै

नेपालअखबार, काठमाडौं । आज ७३औं प्रजातन्त्र दिवस  विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।...
आज गण्डकी प्रदेशमा सार्बजनिक बिदा
प्रदेश ४, प्रशासन, समाचार

आज गण्डकी प्रदेशमा सार्बजनिक बिदा

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ। गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो। गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो। प्रदेश राजपत्रमा विसं २०७९ मा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो। संघीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।...
हज यात्राका लागि निवेदन खुला
धर्म/संस्कृति, प्रशासन, समाचार

हज यात्राका लागि निवेदन खुला

नेपालअखबार, काठमाडाैं ।  काठमाडौं । नेपाल हज समितिले सन् २०२३ को हज यात्रामा जान चाहनेका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी साउदी अरबले कोटा पठाएको छ । उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले नेपाल हज समितिको सचिवालयको वेव साइट nepalhajj.moha.gov.np मा रहेको हज आवेदन फारम डाउनलोड गरी गरी फारम भर्नु पर्नेछ । गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । हज यात्राका लागि पहिलो किस्तावापतको २ लाख २५ हजार रुपैयाँ आफ्नो स्थायी ठेगना रहेको जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ। निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्...
काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता
प्रशासन, शिक्षा, समाचार

काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता

नेपालअखबार, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ। एसइई नतिजा सुधार गर्नकै लागि महानगरले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी विद्यालयमा पठाएको हो। त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ। यसका लागि महानगरले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो। उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए। ‘सहजकर्ताका लागि आवश्यकता संख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पुर्‍याएर उहाँहरूलाई...
जुम्लाबाट लागुऔषधसहित एक जना पक्राउ
प्रशासन, समाचार

जुम्लाबाट लागुऔषधसहित एक जना पक्राउ

नेपालअखबार, जुम्ला । जुम्ला प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका-७ सडक खण्डबाट गोप्य सूचनाको आधारमा एक जनालाई पक्राउ गरिएको हो । चन्दननाथ-९ उमखोला वस्ने वर्ष १९ को कवीन्द्र रावललाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए । उनका अनुसार  रावल क १ ज ४८ नं. सुजुकी कम्पनीको खैरो रङ्गको ईइसियो भ्यानका चालक समेत हुन्। शङ्कास्पद रूपले गाडी भित्र बसी रहेको अवस्थामा सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकाया हितको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा निजले लगाएको सेतो कालो कलरको ज्याकेटबाट निज बसेको सिटमा लागुऔषध लिइएको छ ।...
आज अरुण चौधरीलाई बयानका लागि अदालत लगिने
प्रशासन, समाचार

आज अरुण चौधरीलाई बयानका लागि अदालत लगिने

नेपालअखबार, कैलाली । निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ । १९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो । २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो । उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन...