Thursday, July 30

प्रशासन

मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
प्रशासन, समाचार

मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता

नेपालअखबार, काठमाडाैं। मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन्। गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत् फिर्ता हुने क्रम जारी रहेको छ। यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित छन्। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले अहिले मेलमिलापमार्फत् समस्या समाधानलाई प्राथमिकता दिएर काम अघि बढाइरहेको छ। आयोगका सदस्य उत्तमराज सुवेदीले पीडितहरूले देशभर हालसम्म झन्डै २४ हजार उजुरी दिएका र त्यसमध्ये एक हजार पाँच सय जति उजुरीमा मेलमिलाप गराइएको जानकारी दिए। यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी दिनसक्ने व्यवस्था गरेको थियो। आयोगका सदस्य सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका म...
१०७ वर्षपछि भारतीय सेना पेरिस परेडमा
प्रशासन, समाचार

१०७ वर्षपछि भारतीय सेना पेरिस परेडमा

नेपालअखबार, काठमाडौं । समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् । सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि सम्झिने छ जब पञ्जाब रेजिमेन्टका जवानले परेडमा भारतीय सेनाको सौर्य प्रदर्शन गर्नेछन् । यो महत्वपूर्ण घटनाले विगतको सम्झनामा भारत र फ्रान्सबीचको स्थायी सम्बन्धलाई पनि उजागर गर्नेछ । यो वर्ष फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहनेछन् । त्यसैले भारतीय सेनाका जवानको परेडमा उपस्थितिले अझ महत्व राख्छ । शुक्रबार हुने परेडमा भारतीय सशस्त्र बलका दुई सय ६९ जनाको टोलीले फ्रान्सेली समकक्षी कुममा कुम मिलाएर मार्च गर्नेछ । ...
गण्डकीमा रासायनिक मल मौज्दात
कृषि, प्रशासन, समाचार

गण्डकीमा रासायनिक मल मौज्दात

नेपालअखबार, पोखरा  ।  गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए । यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिए । धान लगाउने समयमो छिटपुटरुपमा पोटासको अभाव देखिए पनि युरिया र डिएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो । “तत्काललाई मलको समस्या देखिएको छैन् । अब युरिया मल आवश्यक पर्ने समय ...
मनाङ एयरको हेलिकप्टर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी
प्रशासन, समाचार

मनाङ एयरको हेलिकप्टर दुर्घटना : ६ जनाकै भेटियो शव, काठमाडौं ल्याउने तयारी

नेपालअखबार,मनाङ  । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ । दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ । मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकप्टर पाइलट सीबी गुरुङले उडाएका थिए । दुर्घटनाको कारण खुलेको छैन । हेर्नुहोस् सूचनाः...
साल्ट ट्रेडिङ काभ्रेमा रासायनिक मलको दुरुपयोग, रङ्गे हात समातियो एक सहकारी
प्रशासन, समाचार

साल्ट ट्रेडिङ काभ्रेमा रासायनिक मलको दुरुपयोग, रङ्गे हात समातियो एक सहकारी

नेपालअखबार, काठमाडौ । साल्ट ट्रेडिङ काभ्रेले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो । जिल्लामा मल बितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो । त्यहीँ शिलशिलामा साल्ट ट्रेडिङ बनेपाबाट धुलिखेल नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती कृषि सहकारीलाई दिइएको ३० बोरा डिएपी मलमा दुरुपयोग भएको पाइएको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताए । सरस्वती कृषि सहकारीका अध्यक्ष जेके श्रेष्ठले धुलिखेलका किसानका लागि भनेर साल्ट ट्रेडिङबाट ३० बोरा रासायनिक मल लगेका थिए । तर उक्त मल धुलिखेल नभएर पाँचखाल लैजादै गर्दा बाटोमै जफत गरिएको छ । अध्यक्ष श्रेष्ठले प्रति बोरा ३ हजार पाउने गरी पाँचखाल बेच्न पठाएको युवा संघक...
तिब्बत एयरलाइन्सले काठमाडौँ उडान गर्ने
पत्रपत्रिका, प्रशासन, समाचार

तिब्बत एयरलाइन्सले काठमाडौँ उडान गर्ने

नेपालअखबार, काठमाडौँ । तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने “कोरोना महामारीअघि काठमाडौँमा चार्टर उडान गर्दै आएको तिब्बत एयरलाइन्सले अब नियमित उडानको अनुमति पाएको छ । सियानबाट अब हरेक आइतबार र बिहीबार काठमाडौँ नियमित उडान हुन लागेको हो । तिब्बत एयरलाइन्सले कोरोनाअघि चीनको छेन्दुबाट काठमाडौँमा चार्टर उडान गर्दै आएको थियो । कम्पनीले शनिबार पनि काठमाडौँमा चार्टर उडान गरेको छ । त्यस्तै कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको तयारी गरिरहेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले भदौको पहिलो सातादेखि पुनः उडान सुचारु गर्ने तयारी रहेको छ । हाल गौतम ब...
विमानस्थलबाट फर्काइए जोर्डन जान लागेका १५ जना
प्रशासन, समाचार

विमानस्थलबाट फर्काइए जोर्डन जान लागेका १५ जना

नेपालअखबार, काठमाडाैं। जोर्डन जान लागेका १५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन्। आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ। जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्। विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए। त्यस विषयमा अनुसन्धान गर्ने  र छलफलका लागि मेनपावर व्यवसायीलाई बोलाइएको जानकारी दिए। 'व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने। महानिर्देशक अधिकारीका आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ।रासस  ...
सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ
प्रशासन, समाचार

सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ

नेपालअखबार, काठमाडौँ । सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए । २०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले सो टिप्पणी सदर गरी मन्त्री विजय गच्छदारकहाँ पेश गरेका हुन् । सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए । सचिव राउतलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यले बताइन् । निवास बिस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी ज...
करिब २ दर्जन कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु
प्रशासन, समाचार

करिब २ दर्जन कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

नेपालअखबार, काठमाडौं । सरकारले करिब दुई दर्जन निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो । सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो । अनुगमन कार्यालयले पुनः सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यदि यो समयावधिमा पनि स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।...
सार्वजनिक बिदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राख्न बैंकहरुलाई निर्देशन
अर्थ, प्रशासन, समाचार

सार्वजनिक बिदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राख्न बैंकहरुलाई निर्देशन

नेपालअखबार, काठमाडौं । सरकारी खर्चको भुक्तानी जारी राख्न सार्वजनिक विदाको दिन पनि काउन्टर खुला राख्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन गरेको छ । राष्ट्र बैंकले असार २३ गते शनिबार, २४ गते आइतबार र महिनाको अन्तिम शनिबार असार ३० गते समेत बैंक काउन्टर खुला राख्न निर्देशन गरेको हो । आर्थिक वर्षको अन्तमा भुक्तानी तथा हिसाबकिताब खाता क्लोज गर्नुपर्ने भएकाले सहजताका लागि सार्वजनिक विदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राखेर कारोबार गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको हो । नेपाल सरकार, अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतिय रकम ट्रान्सफर (ईएफटी) को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि यस्तो निर्देशन गरिएको बैंकले जनाएको छ । महालेखा  नियन्त्रकको कार्यालयले सरकारी भूक्तानीका लागि असार २४ ...