रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक, हिमालयन एभरेष्ट कम्पनीलाई झड्का
नेपालअखबार, काठमाडौँ । रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक पुगेको छ । गत असार २३ गते नेपाल चीन सिमानास्थित रसुवागढी क्षेत्रस्थित भोटेकोशी खोलामा आएको बाढी र पहिरोका कारण भएको क्षतिबापत बीमा कम्पनीहरूमा करिब १ अर्ब रुपैयाँ बराबरको दाबी परेको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार साउन २२ गतेसम्ममा विभिन्न ११ वटा निर्जीवन बीमा कम्पनीमा ७८ वटा दाबीमार्फत कुल ९८ करोड ५९ लाख ८२ हजार १५६ रुपैयाँ माग गरिएको हो । विवरणअनुसार सबैभन्दा बढी दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा जम्मा २ वटा दाबीमार्फत एक्लैको ५५ करोड रुपैयाँको मागदाबी परेको छ ।
त्यसबाहेक शिखर इन्स्योरेन्सको १६ करोड ९६ लाख, नेपाल इन्स्योरेन्सको ८ करोड ४३ लाख सानिमा जीआईसीको ५ करोड ८४ लाख, नेको इन्स्योरेन्सको ५ करोड ६७ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ६५ लाख रुपैयाँ रहे...