Thursday, August 13

राजनीति

गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण
प्रदेश ४, राजनीति, समाचार

गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रमुख भट्टले आज प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिए । दुवै विधेयक यही साउन १२ गते प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि पेस गरिएको थियो । संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।...
एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई
राजनीति, समाचार

एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन्। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए। उनका अनुसार एमाले विधान २०४९ (संशोशन २०७८)को  धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष गर्ने काम गर्ने उल्लेख छ। प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने का...
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी
राजनीति, समाचार

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका हुन्। नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।...
प्रतिनिधिसभाको बैठक आज बस्ने
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक आज बस्ने

नेपालअखबार, काठमाडौँ ।  संघीय संसद् अन्तर्गत् प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा संघीय संसद्का महासचिव  संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन ) विधेयक, २०७९ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ। त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३२औं वार्षिक प्रतिवेदन, २०८२ मा उल्लिखत सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्। युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्...
सभामुख देवराज घिमिरेले ५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै
राजनीति, समाचार

सभामुख देवराज घिमिरेले ५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै

नेपालअखबार,काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । उक्त छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत उपस्थित हुनेछन् । सभामुखको सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ । संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल हुनेछ ।...
राजनीतिक दल स्वोमुल्यान्कन कार्यविधि २०८२ सम्बन्धमा नेकपा एसमा छलफल सम्पन्न
राजनीति, समाचार

राजनीतिक दल स्वोमुल्यान्कन कार्यविधि २०८२ सम्बन्धमा नेकपा एसमा छलफल सम्पन्न

नेपालअखबार,काठमाडौं । नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन बिभागले राजनीतिक दल र स्वोमुल्यान्कन कार्यविधि २०८२ सम्बन्धमा छलफल  सम्पन्न  गरेको छ।   बैठक अध्यक्ष माधब कुमार नेपाल को प्रमुख आतिथ्यमा पार्टीका केन्द्रीय पदाधिकारी , कानुन बिभाग्,संगठ्न बिभाग, SPLA, निर्वाचन आयोगको सम्युक्त रुपमा छ्लफल गरियो । निर्वाचन आयोगले सम्पूर्ण दलहरूलाई राजनीतिक दल स्वोमुल्यान्कन कार्यविधि२०८२  प्रति आफ्नो राजनीतिक अवधारणा व्यक्त गर्नका लागि पत्रचार गरेको एकीकृत समाजवादी  केन्द्रीय निर्वाचन बिभाग  प्रमुख नेत्री दिलु पन्तले बताउनु  जानकारी दिनुभयो। पार्टीले आवश्यकता अनुसारको सुझाव केही दिनमा नै निर्वाचन आयोग पेश गर्ने केन्द्रीय निर्वाचन बिभाग  प्रमुख दिलु पन्तले बताउनुभएको छ।...
अमेरिकी उदारवादी व्यवस्था विघटन हुँदै, भारत, चीन र रूस अबको महाशक्ति : अग्नि सापकोटा
राजनीति, विचार, समाचार

अमेरिकी उदारवादी व्यवस्था विघटन हुँदै, भारत, चीन र रूस अबको महाशक्ति : अग्नि सापकोटा

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकाको वैश्विक प्रभाव कमजोर बन्दै निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकले अमेरिकाको नेतृत्वको उदारवादी विश्व व्यवस्था अब विघटन हुने दाबी गरेको हो । ‘विश्व एक प्रकारले अब एक धुव्रबाट बहुधुव्रतर्फ गइरहेको छ, मुख्यत: अमेरिकाको नेतृत्वमा भएको उदारवादी विश्व व्यवस्था अब विघटन हुँदैछ’, माओवादी बैठकको निष्कर्ष छ । डलरको साम्राज्य कमजोर बन्दै गएको भन्दै भारत, चीन र रूस सम्मिलित समूह ब्रिक्सले प्रचलनमा ल्याउने भनेको मुद्राले डलरलाई प्रतिस्थापन गर्ने माओवादी केन्द्रको बुझाइ छ । शुक्रबारदेखि सुरु भएको बैठकमा विश्व परिस्थितिबारे पनि कुरा उठेको भन्दै उपाध्यक्ष अग्नी सापकोटाले आइतबार पत्रकारहरुसँग भने, ‘अमेरिकाको नेतृत्वमा भएको उदारवादी व्यवस्था अब विघटन हुँदैछ, खासगरी चीन, रूस र भारत विश्व शक्तिका रुपमा...
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा
राजनीति, समाचार

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा

नेपालअखबार,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन्। 'पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एक इमानदार सिपाहीको हैसियतले आज मैले मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख कार्यालयमा जानेछु,' उनले भने। बागमतीमा साउन १४ गते ईन्द्र बानियाँ कांग्रेस संसदीय दल नेता चयन भएका थिए। त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए। हालका मुख्यमन्त्री लामाको पक्षमा १४ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो। बागमतीमा कांग्रेसका ३७ सांसद छन्। संविधानतः मुख्यमन्त्री बन्नका लागि दल नेता हुनुपर्ने प्रा...
जनताले सुशासनको अनुभूति गर्न सकेनन् : शेखर कोइराला
राजनीति, समाचार

जनताले सुशासनको अनुभूति गर्न सकेनन् : शेखर कोइराला

नेपालअखबार,विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् । आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले ठुला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताएका हुन् । उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको धारणा राखे । कोइरालाले लोकतन्त्रको रक्षाका लागि भए पनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे । मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै उनले मिलीजुली सरकार बनाउनै पर्ने बाध्यताकाबिच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न ...
संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दै
राजनीति, समाचार

संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दै

नेपालअखबार,काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दै छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एक कार्यक्रमबीच ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’सुरु गरिने जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । मधेशकेन्द्रित ७ दलको मोर्चाले काठमाडौं, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्वबारे प्रष्ट पार्ने बस्नेतले बताए ।कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरु आवश्यक तयारीमा जुटेको र जसपा नेपालले ८ स्थानको कार्यक्रममा सहभागी हुने नेताहरुको टुङ्गो समेत लगाइसकेको बस्नेतले जानकारी दिए ।...