Thursday, August 13

राजनीति

भारतको सहयोगमा पौष्टिक चामल र आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु
राजनीति, समाचार

भारतको सहयोगमा पौष्टिक चामल र आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु

नेपालअखबार,काठमाडौँ । नेपालमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु गरिएको छ। भारत सरकारको सहयोग र संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुने यो परियोजना शुक्रबार एक कार्यक्रमका बिच औपचारिक रूपमा शुभारम्भ गरिएको हो।भारतीय विदेश मन्त्रालयले सुरु गरेको यो परियोजना भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत सञ्चालन हुने हो। भारतले सन् २०२३ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाको ७८ औँ सत्रको अवसरमा उक्त पहलको घोषणा गरेको थियो। उक्त घोषणापछि भारत र संयुक्त राष्ट्रसङ्घको टोलीले मिलेर चार वटा परियोजनाहरूको छनोट गरेका थिए, जसमा नेपालको यो परियोजना पनि एक हो। परियोजनाको उद्देश्य नेपालमा स्तरोन्नति गरिएको चामलको आपूर्ति शृङ्खला सुधार गर्नु हो। विशेष गरी खरिद प्रक्रिया, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति अभाव,...
हमासले भन्यो– प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार त्याग्दैनौं
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

हमासले भन्यो– प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार त्याग्दैनौं

नेपालअखबार,काठमाडौं । हमासले हतियार बिसाउन पुन: अस्वीकार गरेको छ । प्यालेस्टाइन सम्प्रभू देश नबनेसम्म हतियार नबिसाउने हमासको स्पष्टोक्ति छ । गाजा क्षेत्रमा इजरायल र हमासबीचको युद्ध रोक्ने प्रयास भइरहेका बेला हमासले आफ्नो युद्धविराम नरोक्ने जवाफ दिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्ताव राखेका थिए । त्यसमा इजरायलले युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने सर्त राखेको थियो । इजरायलले युद्धविरामका लागि सशस्त्र प्यालेस्टिनी समूह हमासले हतियार त्याग्नुपर्ने प्रमुख सर्त राख्दै आएको छ । इजरायल र हमास आआफ्नो अडानमा कायम रहेकाले युद्धविरामका लागि पछिल्लो समय भइरहेको वार्ता पनि रोकिएको छ ।केही दिन अगाडि अरब दशहरुले हमासले हतियार बिसाउने र गाजाको नियन्त्रण छोड्न अनुरोध गरेका थिए । त्यो भन्दा पहिले फ्रान्स, क्यानडा, बेलायतसमेत केही पश्चिमा देशहरुले प्याल...
जेन्जी पुस्तालाई नजोडे कांग्रेस धराशायी बन्छ: शेखर कोइराला
राजनीति, समाचार

जेन्जी पुस्तालाई नजोडे कांग्रेस धराशायी बन्छ: शेखर कोइराला

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन्। कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे। बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे। नेपाली कांग्रेस विराटनगर महानगर वार्ड नं-४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी रहेको समेत बताए  । राजनीतिप्रति युवाहरुको बितृष्णा रहेको भन्दै कोइरालाले यो बितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मु...
खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने
राजनीति, विचार, समाचार

खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले माग्दैमा आफूले राजीनामा नदिने बताएका छन् । शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । हिजोमात्रै पार्टी अध्यक्ष माधव कुमार नेपालले एउटा अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिलाई लिएर पार्टीबाट बिदा हुन सुझाव दिएका थिए । तर, नेता खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने बताए । ‘यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिनँ । मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’ उनले अध्यक्ष नेपालसँग ०३२ सालदेखिको सहकार्य भएको भन्दै उनले माधव नेपालबाट सन्तुष्ट हुन नसकिएको पनि बताए । ‘त्यो योद्धाको रुपमा, उहाँ मेरो नेता, उहाँले निर्देशन दिएर मैले काम गर्नुपर्ने भन्ने मैले कहिल्यै सोचिनँ । यहाँसम्म आइपुग्दा अध्ययन,...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राजनीति, समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए । भेटवार्तामा भएका छलफलका विषयहरू भने खुलाइएको छैन ।...
देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल
राजनीति, समाचार

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताएका छन् । रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताए । ‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उनको भनाइ छ । महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने र परम्परागत ढाँचाले मात्रअघि बढ्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने बताए । ‘अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि कर्पोरेट कल्चरमा ढालिएकै छैन । कम्पनी पारिवारिक कम्पनीकै ढाँचामा छन्’, उनले भने- ‘कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन्...
जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : सभापति देउवा
राजनीति, विचार, समाचार

जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : सभापति देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्याकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे ।लय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने पनि बताए । सभापति देउवाले जातिय संकीर्णताले समाज र...
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
राजनीति, समाचार

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठुलो चुनौतीका रूपमा देखिएको बताएका हुन् । उनले भने,'लागुऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पत्ति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ ।' विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए ।'आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्नु छ । स्रोत साधनको कमी भए पनि चाहँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ,'उनले भने । लागुऔषधको बिगबिगी देखिएको...
इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्तालाई जेल सजाय
राजनीति, विश्व, समाचार

इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्तालाई जेल सजाय

नेपालअखबार,काठमाडौं । पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्ताहरूलाई जेल सजाय सुनाएको छ। उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्ध प्रदर्शनमा सहभागी भएको आरोपमा सजाय सुनाइएको हो। मे २०२३ मा भ्रष्टाचारको आरोपमा अदालतमा पेशीको क्रममा सुरक्षाकर्मीहरूले इमरान खानलाई गिरफ्तार गरेपछि देशभर हिंसात्मक प्रदर्शनहरू सुरु भएका थिए। बिहीबार आएको यो फैसला इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का लागि ठूलो झट्का मानिएको छ। सजाय सुनाइएकामध्ये पाकिस्तानको नेशनल असेम्बलीमा विपक्षी नेता उमर अय्यूब खान पनि छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ। विपक्षी नेताहरूले आतंकवादविरुद्धको अदालत (एण्टी टेररिज्म कोर्ट) को यो निर्णयको आलोचना गरेका छन्। यो फैसलाले पीटीआईका ६ सांसदलाई अयोग्यसमेत ठहर गरेको छ ।...
संयुक्त राष्ट्रसंघको महत्वपूर्ण अंग इकोसकको अध्यक्षमा नेपाल निर्वाचित
राजनीति, समाचार

संयुक्त राष्ट्रसंघको महत्वपूर्ण अंग इकोसकको अध्यक्षमा नेपाल निर्वाचित

नेपालअखबार,काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको पहिलोपटक हो । विहीवार इकोसकको अध्यक्षता सम्हाल्दै राजदूत थापाले यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ७० वर्षको अवधिमा मुलुकले बहुपक्षीयताप्रति देखाएको दृढ प्रतिबद्धतालाई यो निर्वाचननले प्रतिविम्बित गरको थापाले बताए । ‘अहिले संसार द्वन्द्व, जलवायु परिवर्तनले सृजना गरेको अस्तव्यस्तता, आर्थिक अनिश्चितता तथा गहिरिँदो असमानताजस्ता बहुसंकटबाट गुज्रिरहेको छ,’ उनले भने, ‘पुन: चर्किएको महाशक्तिहरुबीचको प्रतिस्पर्धा, बढ्दो साइबर जोखिमहरु, बाटो बिराएको दिगो विकासको कार्यसूची, बढ्दो मानवीय सहयोगको आवश्यकता र विकासशील देशहरूक...