Thursday, August 13

राजनीति

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छ, निराश हुनु पर्दैन : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छ, निराश हुनु पर्दैन : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन । चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने उनको विश्वास छ । अध्यक्ष नेपालले आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्न पनि सुझाए । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद हुने पनि उनले बताए ।...
प्रतिनिधि सभामा प्रश्नोत्तरअघि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
राजनीति, समाचार

प्रतिनिधि सभामा प्रश्नोत्तरअघि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजेदेखि सुरू हुने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। आजै प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ। त्यसअघि उनले विशेष सम्बोधन गर्न लागेका हुन्। प्रमुख सचेतक बर्तौलाका अनुसार सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले असार ३० गते प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको सम्बोधनका क्रममा उठाएका प्रश्नहरूको जबाफ दिने पनि प्रमुख सचेतक बर्तौलाले बताए।...
पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे
राजनीति, विचार, समाचार

पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस मनाइँदै छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठले नै कार्लमार्क्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेका थिए। त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ । पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुर...
भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न गरिएको प्रस्तावप्रति आपत्ति : डा. शेखर कोइरा
राजनीति, समाचार

भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न गरिएको प्रस्तावप्रति आपत्ति : डा. शेखर कोइरा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् । घुस प्रकरणमा मुछिएका मन्त्री पदमा हुँदा नै विधेयक फास्टट्रयाकबाट पास गर्न एमालेले प्रस्ताव गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एमालेका बलराम अधिकारी छन् । उनी पोखरा जग्गा घुस प्रकरणमा जोडिएका छन् । लिंचीबारीको घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि अधिकारीले दिएका छैनन् । घुस प्रकरणमा मुछिएका मन्त्री नै पदमा भएकोले यसरी विधेय पारित गर्न प्रस्ताव गर्नुले शंका उब्जाएको नेता कोइरालाको भनाइ छ । ‘एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहैको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्ताव...
आज ३ संसदीय समितिको बैठक
राजनीति, समाचार

आज ३ संसदीय समितिको बैठक

नेपालअखबार,काठमाडौं । आज संसदका तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक तय भएको छ । लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ । विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।संघीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।...
मधेस मरुभूमिमा परिणत हुन्छ,राज्यको नीति परिवर्तन नभए  : सांसद मोहम्मद खालिद
राजनीति, विचार, समाचार

मधेस मरुभूमिमा परिणत हुन्छ,राज्यको नीति परिवर्तन नभए : सांसद मोहम्मद खालिद

नेपालअखबार,काठमाडौँ । जसपा नेपालका राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले आगामी दिनमा मधेस मरुभूमिमा परिणत हुने बताएका छन् ।मङ्गलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद खालिदले अहिलेकै राज्यको नीति रहिरहने हो भने आगामी दिनमा मधेस मरुभूमिमा परिणत हुने बताएका हुन् ।  उनले चुरेदोहन, जथाभावी गिट्टी उत्खनन्, वन विनाश, सिँचाइ र पानी रिचार्जिङको कुनै व्यवस्था नहुनु तथा वातावरण अनुकूल पार्ने प्रयास नगर्नुले मधेस सुक्खा हुँदै गएको बताए ।  ‘यदि राज्यको नीति यही रहिरहने हो भने मधेस मरुभूमिमा परिणत हुन्छ’, उनले भने, ‘अन्न भण्डार भनिने मधेस प्रदेश मात्रै होइन पुरै तराई क्षेत्र मरुभूमिमा परिणत हुनेछ ।’ उनले आज मधेसको तापक्रम बस्न नसक्ने भएको, विद्युत् अवरुद्ध भएको,किसानको भविष्य अन्धकार भएको भन्दै यी समस्याका कारण चिन्ताजनक रहेको बताए ।  उनले समस्या समाधानका लागि सरकारलाई ...
डब्लुएचओको गजामा रहेको कर्मचारी निवासमा इसराइलले गर्‍यो हमला
राजनीति, विश्व, समाचार

डब्लुएचओको गजामा रहेको कर्मचारी निवासमा इसराइलले गर्‍यो हमला

नेपालअखबार, काठमाडौं । इसराइली सेनाले सोमबार गजामा रहेको आफ्नो कर्मचारी निवास र मुख्य गोदाममा आक्रमण गरेको विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) बताएको छ। डब्लुएचओले गजाको देर अल-बलाहमा आफ्नो कर्मचारी निवासमा तीन पटक आक्रमण भएको जनाएको छ। हवाई हमलाले आगलागी भएको र व्यापक क्षति पुर्‍याएको अनि कर्मचारी तथा उनीहरूका परिवार, बालबालिका सहितलाई खतरामा पारेको बताएको छ। सोमबार इसराइली ट्याङ्कहरूले पहिलो पटक देर अल-बलाहको दक्षिणी र पूर्वी जिल्लाहरूमा प्रवेश गरेका थिए। इसराइलले उक्त क्षेत्रमा बन्धकहरू लुकाइएको हुन सक्ने भन्ने गरेका छन्। स्थानीय चिकित्सकहरूका अनुसार उक्त क्षेत्रमा ट्याङ्कले गरेको गोलाबारीले घर र मस्जिदहरूमा क्षति पुर्‍याएको भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ। त्यसमा कम्तीमा तीन प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। गजाको स्वास्थ्य मन्त्रालयले आफ्नो...
आज ४३औं बीपी स्मृति दिवस मनाइँदै
राजनीति, समाचार

आज ४३औं बीपी स्मृति दिवस मनाइँदै

नेपालअखबार, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्व...
चार वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

चार वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ ।  आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान १० बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ। बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानून आयोगसँग छलफल र नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव संकलन तथा सो सम्बन्धमा छलफल हुने कार्यसूची छ। त्यस्तै समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने, सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको हालसम्मको प्राप्त प्रगति विवरण सम्बन्धमा छलफल, समसामयिक विषयमा छलफल हुनेछ। त्यस्तै दिउँसो...
संसदमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
राजनीति, समाचार

संसदमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभा बैठकमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएका हुन्। प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ। समूह १० मा रहेका सांसदहरूले यही साउन २ गते दिउँसो १ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गरे। प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन्।...