निजामती सेवा विधेयकमा प्रतिनिधि सभामा एक्सिडेन्ट भयो, भाइरस पस्यो: मन्त्री गुरूङ
नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिनिधि सभामा निजामती सेवा विधेयकको प्रतिवेदनमा भाइरस पसेको बताएका छन्।
‘एक्सिडेन्ट भयो, भाइरस पस्यो भन्नुपर्यो,’ राष्ट्रिय सभामा विधेयक माथिको सैद्धान्तिक छलफलमा जबाफ दिने क्रममा मन्त्री गुरूङले भने, ‘त्यो भाइरस फाल्ने काम राष्ट्रिय सभाको हो।’
संघीय निजामती सेवा विधेयकलाई मंगलबार राष्ट्रिय सभाले सैद्धान्तिक स्वीकृति दिएको छ।
प्रतिनिधि सभाबाट पारित भइसकेको यो विधेयकमा निजामती कर्मचारीलाई संवैधानिक नियुक्तिमा २ वर्षको कुलिङ पिरियडको व्यवस्था गरिएको थियो। तर सरकारले ल्याएको विधेयकको प्रावधान नहटाउँदा कुलिङ पिरियड निष्प्रभावी हुने गरी पारित हुन पुगेको थियो।
सांसदहरूले यो त्रुटिलाई षड्यन्त्रका रूपमा व्याख्या गर्दै आएका छन्। प्रतिनिधि सभाले विधेयकमा यसरी बाझिने व्यवस्था गरिएपछि छानबिनका लागि नेपाली कांग्र...










