प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
नेपालअखबार, काठमाडौँ । प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद्मा आउन आग्रह गरेका छन् । संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसद् आउन आग्रह गरेका हुन् । तर, आउनुअघि सभामुखलाई जानकारी दिन सुझाएका छन् ।
‘तपाईं संसदमा आउनुपर्छ, संसद्को अवमूल्यन गर्न हुँदैन तर आउनुअघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्,’ आङ्देम्बेले शुक्रबारको संवैधानिक परिषद् बैठकमा आग्रह गरेको खुलेको छ ।
जवाफमा प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जानकारी नगराई पनि जान मिल्दो रहेछ ।’
लगत्तै आङ्देम्बेले भने, ‘त्यसरी मिल्ने त सांसदलाई पो त । तपाईं त प्रधानमन्त्री हो नि । जतिखेल बोल्न मन लाग्यो त्यतिखेर कहाँ बोल्न मिल्छ ?’
गत १७ जेठमा प्रधानमन्त्री बालेन संसद् बैठकमा आकस्मिक रूपमा पुगेका थिए । सभामुख डोलप्रसाद अर्याललाई समे...










