Friday, August 14

राजनीति

विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
राजनीति, समाचार

विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने देउवाको भनाइ थियो । ‘नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरु कामहरुका लागि एनआरएन नागरिकता दिन सकिन्छ । हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ,’ देउवाले भने, ‘अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरु सुविधाहरु दिन सकिन्छ । नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’ ब्रिटिश गोरखा सैनिकब...
बंकरमा लुकेका खामेनीले आफ्नो हत्या भएमा छाने नयाँ सुप्रिम नेता
राजनीति, विश्व, समाचार

बंकरमा लुकेका खामेनीले आफ्नो हत्या भएमा छाने नयाँ सुप्रिम नेता

नेपालअखबार,काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो उत्तराधिकारी छनोट गरेका छन्। इसराइलले लगातार इरानमाथि कठोर हमला गरिरहेको अवस्था र संयुक्त राज्य अमेरिकाको लगातारको चेतावनीबीच खामेनीले आफ्नो सम्भावित हत्याको आकलन गर्दै उत्तराधिकारी छानिसकेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार खामेनीले तीन जना धर्मगुरूहरूबाट एकजनालाई उत्तराधिकारी छान्न निर्देशन दिएका छन्। खामेनी आफै पनि अहिले गुप्त बंकरमा लुकेका छन्। आफू बसेको ठाउँ पत्ता नलगाउन् भनेर विद्युतीय सञ्चारमाध्यमहरूको पहुँचबाट पनि उनी टाढा रहेको तीन इरानी अधिकारीहरूलाई उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ। इरानमा  विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट)ले सर्वोच्च नेता छान्छ। सभामा ८८ जना धार्मिक विद्वानहरू हुन्छन्। सोही सभालाई खामेनीले तीन जनाको ...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ । त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव ...
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
राजनीति, विश्व, समाचार

हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ

नेपालअखबार,बेरुत । इरान र इजरायलबिच तनाव चलिरहँदा हिज्बुल्लाहले पनि तेहरानको समर्थनको दाबी गरेको छ । ‘इजरायल र अमेरिका विरुद्धको लडाईंमा हामी इरानको साथमा छौँ । इरानको आणविक कार्यक्रम शान्तिको लागि हो । उसले आफ्ना जनताको सेवा गर्न चाहन्छ । यसबाट कसैलाई पनि हानी हुने छैन । बरु यो इरान र पश्चिम एसियाको लागि एक प्रमुख वैज्ञानिक योगदान हुनेछ’ हिज्बुल्लाह नेता शेख नईम कासिमले भनेका छन् । विश्व स्तरमा इरानको विरोध आणविक कार्यक्रमका कारण नभएको बरु उसले विश्वास, ज्ञान र स्वतन्त्रतालाई समर्थन गरेकोले भएको समेत उनले भनेका छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीको पनि आलोचना गरेका छन् । अमेरिकाले पश्चिम एसियालाई अराजकता र अस्थिरतातर्फ लगिरहेको उनको भनाइ छ । अमेरिकाले विश्वलाई ठुलो सङ्कटतर्फ धकेलिरहेको अनि यसबाट अमेरिकाले लाज, अपमान र असफलता मात्र पाउने पनि उनले बताए ।  तेहरानसँग हिज्बुल्ला...
ओली-देउवा, प्रचण्डसहितको छलफल सिंहदरबारमा जारी
राजनीति, समाचार

ओली-देउवा, प्रचण्डसहितको छलफल सिंहदरबारमा जारी

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड लगायतका नेताहरू छन् ।संक्रमणकालीन न्याय सम्बनधी विषयमा छलफल गर्न तीन दलका नेता भेला भएका हुन् ।...
इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प
राजनीति, विश्व, समाचार

इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प

नेपालअखबार,वासिङ्टन डीसी । पश्चिम एसियाको अवस्था झन् झन् बिग्रँदै गइरहेको छ । इजरायल र इरानबिच सैन्य झडप निरन्तर बढ्दै जाँदा तनाव चर्किएको छ । बिहीबार इरानले दक्षिणी इजरायलको सोरोका अस्पतालमा मिसाइल आक्रमण गरेपनि स्थिति झनै बिग्रिएको छ । अब अयातोल्लाह खामेनी बाँच्दैनन् भनेर इजरायलले इरानलाई खुलेआम धम्की दिएको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने किन गर्ने भनेर निर्णय लिने बताएका छन् । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यस सम्बन्धमा जानकारी दिएकी हुन् । ‘इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने निर्णय ट्रम्पले अर्को दुई हप्ता भित्र गर्नेछन् ।’ ह्वाइट हाउसले बिहीबार भनेको थियो । निकट भविष्यमा वार्ता हुने नहुने दुबैको प्रशस्त सम्भावना ट्रम्पले देखेका छन् । कयौँ दिनदेखि ट्रम्पले अमेरिकी सेनालाई इरानी परमाणु केन्द्रहरूमा आक्रमणको आदेश द...
रास्वपाको अवरोध जारी संसदमा, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो
राजनीति, समाचार

रास्वपाको अवरोध जारी संसदमा, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

नेपालअखबार, काठमाडौं । रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् । लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए ।...
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने
राजनीति, समाचार

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ। यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छवटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ। आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ।...
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
राजनीति, समाचार

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा

नेपालअखबार,काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक आज (शुक्रबार) बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख ३ दलको बैठक बुधबार र बिहीबार बस्ने भनिए पनि नेताहरूको व्यस्तताका कारण बस्न सकेको थिएन । भिजिट भिसा प्रकरणमा छानविनको माग राख्दै संसदमा भइरहेको अवरोध खुलाउने, बजेटमाथिको छलफल र विधेयकहरू अघि बढाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । नेकपा माओवादीले संसद् अवरोध खुलाउन सहमति गरेपनि चौथो दल रास्वपा र अर्को दल राप्रपा विरोधमा छन् । जसले गर्दा महत्त्वपूर्ण विधेयक अघि बढाउन र विरोध विनै बजेटमाथिको छलफल गर्न सम्भव भएको छैन ।...
इजरायलमा क्षति इरानको हमलाले पछि
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इजरायलमा क्षति इरानको हमलाले पछि

तेल अभिभ । गत जुन १३ तारिखका दिन इजरायलले इरानमा हवाई हमला गरेपछि दुई देशबिचको तनाव जारी रहेको छ । दुवै पक्षले एक अर्कामाथि आक्रमण जारी राखेका छन् । इरानले इजरायलका तेल अभिभ, हाइफा, पेतहा टिभ्का, बीर सेभा र तमारालगायत क्षेत्रमा मिसाइल आक्रमण गरेको छ । इजरायलको वायु सुरक्षा प्रणाली इरानका धेरै मिसाइलहरूलाई रोके पनि केही भने आफ्नो लक्ष्यसम्म पुग्न सफल भएका छन् । यसबाट अस्पताललगायत विभिन्न भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ । पछिल्लो जानकारी अनुसार इजरायलमा इरानले गरेको आक्रमणमा २४ जना इजरायली नागरिकको मृत्यु भएको छ । त्यस्तै, ५ सयभन्दा बढी घाइते भएका छन् । उता, इजरायली आक्रमणमा परेर इरानमा पनि शीर्ष सैन्य अधिकारी र वैज्ञानिकसहित ६ सयभन्दा बढीको मृत्यु भएको छ । हेरौँ इरानले इजरायलमा गरेको हमलाबाट भएका क्षतिहरूको तस्बिरहरू । सबै तस्बिर : रोयटर्सबाट...