Friday, August 14

राजनीति

बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
राजनीति, समाचार

बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा

नेपालअखबार,काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ ले बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका शर्माले यस्तो बताएका हुन् । ‘बजेटले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो । ५० खर्बभन्दा बढी लगानी भइरहेका ऊर्जाका योजनाहरूलाई समाप्त पारिदिएको छ’, सांसद शर्माले भने, ‘निजी क्षेत्रलाई हदबन्दी हटाइदियौ भनेर वाहवाही त भएको छ तर निजी क्षेत्रका साथीहरूले बुझुन् कि ५० खर्ब तपाईँहरूको लगानी समाप्त भइसक्यो ।’ उनले पीपीए गर्नेबारे २२७ नम्बर बुँदामा लेखिएको कुरा आपत्तिजनक रहेको बताउँदै भने,त्यसले देशको ऊर्जा क्षेत्र प्रयोग गर्ने नभई दुरुत्साहन गर्ने र समाप्त गर्ने काम बजेटमा आयो ।उनले करका दर रातारात हेरफेर भएपनि राष्ट्रलाई सङ्कट आउने कु...
मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर
राजनीति, समाचार

मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर

नेपालअखबार,काठमाडौँ  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियामा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनुले मुलुकको प्राज्ञिक क्षेत्रमा दूरगामी नकारात्मक असर पार्ने बताए । नेपाली कांग्रेस शिक्षा विभागले आज काठमाडौँमा आयोजना गरेको शिक्षा नीति बहस अन्तरगत ‘उच्च शिक्षा विमर्श’ कार्यक्रममा बोल्दै महरले दशकौँदेखि विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनुपर्ने बताए । अघिल्लो पटकदेखि यसको थोरै भए पनि कार्यान्वयन हुँदै आएको थियो तर अहिले त्रिविको भिसी सिफारिस गर्दा खुल्ला प्रतिस्पर्धा नै हटाइन लागेको सुनिएको बताए । यसले विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक मर्यादा र समग्र शैक्षिक भविष्यमाथि सङ्कट निम्त्याउने बताए । ‘प्रतिभा, प्रयास र क्षमताको निष्पक्ष मूल्य...
संसदभित्रै सांसद थापाले च्याते बजेट किताब
राजनीति, समाचार

संसदभित्रै सांसद थापाले च्याते बजेट किताब

नेपालअखबार,काठमाडौँ । एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले बजेट किताब च्यातेका छन् ।   प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले बजेट विभेदकारी रहेको भन्दै सदनभित्रै च्यातेका हुन् ।
इरानको समर्थनमा अमेरिकामा प्रदर्शन
राजनीति, विश्व, समाचार

इरानको समर्थनमा अमेरिकामा प्रदर्शन

नेपालअखबार,काठमाडौँ  ।अमेरिकामा इरानको समर्थनमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीको एक भीडले न्युयोर्कको सडकमा मार्चपास गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित भिडियोमा टाइम्स स्क्वायररमा ‘इरानबाट टाढा रहो’ जस्ता नारा लगाएका छन् भने इजरायली समर्थकलाई पनि गाली गरेका छन् । यी इरानी समर्थकले म्यानहट्टनको सडकमा अघि बढेका थिए । तर न्युयोर्क प्रहरीले उनीहरुलाई इजरायली वाणिज्य दूतावास पुग्नुअघि नै रोकेको छ । यो प्रदर्शन प्यालेस्टिनी युवा आन्दोलन र समाजवादी संगठनको पिपुल्स फोरम एलायन्सको सहकार्यमा भएको थियो ।...
सरकारले विश्व बैंकबाट करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने
राजनीति, समाचार

सरकारले विश्व बैंकबाट करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने

नेपालअखबार, काठमाडौं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनकाअनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख रूपियाँ अनुदान सहायता स्वीकार गरेको छ। त्यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७...
ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं
राजनीति, विश्व, समाचार

ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनाशर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायल विरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्  सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन ।’ उनले अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् ।इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनाशर्त आत्मसमर्पण गर्न भनेका थिए ।...
तीन दलका शीर्ष नेताको बैठक बस्दै
राजनीति, समाचार

तीन दलका शीर्ष नेताको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बुधबार बैठक हुन लागेको हव। बैठक दिउँसो ३ बजे बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ। प्रतिनिधिसभाको बैठकमा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ।...
एकीकृत समाजवादीका ६ प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न
राजनीति, समाचार

एकीकृत समाजवादीका ६ प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले छ वटा प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने अर्यालले जानकारी दिए ।...
पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प
राजनीति, विश्व, समाचार

पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्ने भएका छन् । ट्रम्प र मुनिर दिउँसो १ बजे ह्वाइट हाउसमा भेट्नेछन् । यो भेटका क्रममा त्यहाँ कुनै पनि सञ्चार माध्यम उपस्थित नहुने बताइएको छ । असिम मुनीर जुन १४ देखि अमेरिका भ्रमणमा छन् । ट्रम्पसँगको उनको भेट पूर्वनियोजित थियो । यद्यपि, ट्रम्प र मुनिरको भेट इरान र इजरायलबिच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देश हुन् । मुनिरले केही अघि, मे महिनाको अन्त्यतिर इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए । बघेरी जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।...
मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
राजनीति, समाचार

मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

नेपालअखबार,काठमाडौँ  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनी मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए। चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले मिश्रसहित ६१ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। त्यसमध्ये ११ जनाविरूद्ध आपराधिक उपद्रव र बाँकी ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर भएको थियो। ५० जनामध्ये ३९ जना मात्रै अदालतमा उपस्थित भएका थिए। मिश्र नवराज सुवेदी संयोजक रहेको 'संयुक्त जनआन्दोलन समिति'मा सदस्य सचिवसमे...