Friday, August 14

राजनीति

मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
राजनीति, समाचार

मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास

नेपालअखबार,मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् ।  बौद्ध परम्पराअनुसार उनले पार्टी कार्यालय शिलान्यास गरेका हुन् । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका  ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न  वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् । त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।...
ट्रम्पको आप्रवासी नीतिविरूद्ध प्रदर्शन उग्र बनेपछि लस एन्जलसमा कर्फ्यू
राजनीति, विश्व, समाचार

ट्रम्पको आप्रवासी नीतिविरूद्ध प्रदर्शन उग्र बनेपछि लस एन्जलसमा कर्फ्यू

नेपालअखबार,काठमाडौं ।  अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा कर्फ्यू आदेश जारी गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरूद्धको प्रदर्शन उग्र बन्दै गएपछि लस एन्जलसको डाउनटाउन क्षेत्रमा कर्फ्यु आदेश जारी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। प्रदर्शनकारीहरूले लस एन्जलसको आप्रवासन तथा भन्सार सेवा (आइसिई) र मेट्रोपोलिटन डिटेन्सन सेन्टर आसपास प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले गाडी जलाउनेदेखि सडकमा ढुंगामुढा गरेपछि त्यस क्षेत्र आसपास तोकेर मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू आदेश जारी गरेको रोयटर्सले जनाएको छ। मंगलबार मात्रै २०० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ परेका छन्। प्रदर्शन उग्र बनेपछि लस एन्जलसमा सुरूवातमा ट्रम्प प्रशासनले नेशनल गार्ड र पछि सेना परिचालन गरेका थिए। मंगलबारदेखि भने नौसेना पनि परिचालन...
बानेश्वरमा प्रतिपक्षी दलको बैठक
राजनीति, समाचार

बानेश्वरमा प्रतिपक्षी दलको बैठक

नेपालअखबार,काठमाडौं । प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरुबीच छलफल सुरू भएको हो। छलफलमा नेकपा (माओवादी केन्द्र), राप्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन्। बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे,रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठनको माग गर्दै लामो समयदेखि प्रतिनिधि सभा बैठक अवरूद्ध छ। सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच छलफल पनि भइरहेको छ। संसदको अवरोध खुलाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच बुँदासहितको प्रस्ताव तयार पारेको छ। सोही प्रस्तावबारे साझा धारणा बनाउन प्रतिपक्षी दलहरुको  बैठक बसिरह...
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै
राजनीति, समाचार

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक सञ्चालन हुने कि नहुने भन्ने अन्यौल कायम छ । सहमतिका लागि दलहरुबीच पटक–पटक छलफल भए पनि निष्कर्ष ननिस्किएकाले यही जेठ १३ गतेदेखि नै प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । त्यसैले बजेटमाथिको छलफल सुरु नै हुन सकेको छैन । आजको बैठक सञ्चालन भए उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रत...
सरकारले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी छुट्टै विधेयक ल्याउँछः गृहमन्त्री लेखक
राजनीति, समाचार

सरकारले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी छुट्टै विधेयक ल्याउँछः गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौं । सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले यससम्बन्धी काम परराष्ट्र मन्त्रालयले गरिरहेको जानकारी दिए । ‘गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा सरकारले बेग्लै विधेयक तयार गर्दैछ । त्यसमा संविधानको भावना र संविधानको व्यवस्था बमोजिम गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक हक अधिकार उपभोग गर्ने व्यवस्था त्यसले गर्छ,’ उनले भने, ‘आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विषयमा समेत त्यही विधेयकले व्याख्या गर्ने भएको कारण छिट्टै सदनमा प्रस्तुत गर्छौं ।’ उनले थपे, ‘अहिले परराष्ट्र मन्त्रालयले यसको नेतृत्व गरिरहेको छ । अहिले यो विधेयक गृह मन्त्रालयमा समेत आएको छ । त्यसकारण यो विषयलाई यस विधेयकमा नराखौँ ।’ ...
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित
राजनीति, समाचार

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो । समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकता विहीन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको जानकारी दिए । सबै समिति सदस्यहरूको सहमतिमा सर्वसम्मत रूपले विधेयक पारित भएको उनले बताए । त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानुनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्त्वपूर्ण रहेको बताए । गैर आवासीय नेपालीले प्राप्त गर्ने ना...
अय्युब अन्सारी  जसले सुनसरीमा प्रहरीलाई सहज्ताका लागि निर्वाह गरेका थिए महत्त्वपुर्ण भुमिका
राजनीति, समाचार, समाज

अय्युब अन्सारी जसले सुनसरीमा प्रहरीलाई सहज्ताका लागि निर्वाह गरेका थिए महत्त्वपुर्ण भुमिका

सुन्सरी । युवा एवम जोशिला जनप्रतिनिधि भएकै कारण दोस्रो पटक पनि जनमत पाएर सुनसरीको कोशी गाउपालिका अध्यक्ष निर्वाचित अयुब अन्सारी अहिले समाजोक सन्जाल र पुर्वि नेपालको सन्चार माध्यममा चर्चाका पात्र बनेका छन । नेपाल भारत सिमा क्षेत्र संग जोडिएको सो गाउपालिका को अधिकान्स भु भाग भार्तिय क्षेत्र संग जोडिएको भु भाग हो । कोशि प्रदेश सरकारले सो गाउपालिका अन्तर्गतको कटान क्षेत्रमा कोशी रिफ्रेश्मेनट सेनटरको स्थापना गर्दै त्याहा ठुलो लगानि गरेकोछ । सो क्षेत्रको सुरक्षा र राजमार्ग एरियामा निगरानी बढाउन त्याहा अन्सारीकै पहलमा नेपाल प्रहरीको सुरक्षा दस्ता र ट्राफिक प्रहरी ब्यवस्थापन गरिएकोहो । पुर्व पश्चिम् लोक मार्गको क्षेत्रमा पर्ने कोशी कटान एरिया बितेको केहि महिना यता त्याहा कार्यरत प्रहरी टोलि र ट्राफिक प्रहरी बाट सर्वसाधारण विभिन्न बहानामा आर्थिक लूटमा पर्न थाले पछी स्थानीय जनप्रतिनिधिको प्रतिवाद...
इजरायली सेनाले  गाजातर्फ गइरहेको जहाज रोक्यो
राजनीति, विश्व, समाचार

इजरायली सेनाले गाजातर्फ गइरहेको जहाज रोक्यो

नेपालअखबार,गाजापट्टी । इजरायली सेनाले गाजा पट्टीमा मानवीय सहायता बोकेको आफ्नो जहाज (योट) रोकेको फ्रीडम फ्लोटिला कोलिशन (एफएफसी) नामक संस्थाका कार्यकर्ताहरूले बताएका छन् ।  मेडेलिन नामक जहाजसँग आफ्नो सम्पर्क टुटेको उनीहरूले बताएको भन्दै एफएफसीले टेलिग्राममा भनेको छ । एफएफसीले एउटा तस्बिर पनि साझा गरेको छ,जसमा केही मानिसहरू लाइफ ज्याकेट लगाएर हात उठाएर बसिरहेका छन् ।  यो कुरा अहिलेसम्म कुनै स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन । अन्तर्राष्ट्रिय वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्ग पनि यस जहाजमा थिइन् । यो इजिप्टको तट नजिकै भएको विश्वास गरिन्छ । यसैबिच, इजरायलको विदेश मन्त्रालयले एक्समा एक भिडियो जारी गर्दै यस जहाजका यात्रुहरू सुरक्षित रहेको जानकारी दिएको छ । सेल्फी योटमा रहेका सबै मानिसहरू सुरक्षित छन् र उनीहरूलाई कुनै हानी भएको छैन । उनीहरूलाई स्यान्डविच र पिउने पानी खान दिइएको बताइएको...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २५ औँ  बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ । महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले "संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२" पेस गर्ने कार्यसूची छ । यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामा...
नागरिकता विधेयकमा एनआरएनएको सुझाव लिँदै संसदीय समिति
राजनीति, समाचार

नागरिकता विधेयकमा एनआरएनएको सुझाव लिँदै संसदीय समिति

नेपालअखबार,काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल जारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकको सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएन) र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गरिरहेको छ । गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ ।दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले सरोकारवालाहरूसँग छलफल गरेको हो ।...