भारतले पाकिस्तानका ८ वटा सैन्य र हवाइ संरचनामा हमला गरेको दाबी
नेपालअखबार, काठमाडौं ।भारत-पाकिस्तानबीच दिनमा पनि आक्रमण-प्रत्याक्रमण सुरू भएको छ।
बिहीबार राति दुई देशबीच ठूलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण भए पनि शुक्रबार दिनभरि भारत-पाकिस्तानी भूभागहरू शान्त थिए।
शुक्रबार रातिदेखि फेरि सुरू भएको आक्रमण शनिबार दिउँसो पनि जारी छ।
भारतका विभिन्न भूभागहरुमा शनिबार दिउँसो विस्फोट भएको आवाज सुनिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
भारतका लुधियाना, फरिदकोट, राजस्थानका जोधपुर, जइसाल्मर श्रीगंगानगर, पोखरन, बार्मर लगायतका जिल्लाहरूमा रेड अलर्ट जारी गरिएका छन्।
बर्नालामा राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म ब्ल्याकआउट घोषणा गरिएको छ। जम्मू-कश्मिरका संवेदनशील क्षेत्रका वस्तीहरू खाली गरिँदैछ।
भारतले शुक्रबार रातिदेखि पाकिस्तानका ८ वटा सैन्य र हवाइ अड्डालाई लक्ष्य गरेर आक्रमण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
पाकिस्तानले भारतीय सैन्य र ...










