Saturday, August 15

राजनीति

गोरखाली सेना भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा प्रयोग नगर्न माग
राजनीति, समाचार

गोरखाली सेना भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा प्रयोग नगर्न माग

नेपालअखबार,काठमाडौं । भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्ने वातावरण बन्नुपर्ने आवाज संसद्‍मा उठेको छ । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद मीना तामाङले यस्तो माग गरेकी हुन् ।‘दुई देशबीचको लडाइमा पहिलो प्रयोग नेपाली गोरखाली सेना प्रयोग नगर्न भारत सरकारसँग गम्भीर छलफल गर्न माग गर्दछु’, उनले भनिन् ।...
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक
राजनीति, समाचार

सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेर छोड्ने दाबी गरेका छन्। बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना  तथा  द स्टोरी किचनेको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सङ्क्रमणकालीन न्यायको विषय सम्बोधन गर्न सरकार अघि बढिसकेको जिकिर गरे । मुलुकमा स्थिरता प्रदान गर्ने, सुशासन दिने, यस्ता सङ्क्रमणकालीन न्याय जस्ता देशका प्राथमिकताका विषयलाई सम्बोधन गर्नका लागि यो सरकार बनेको उनको भनाइ थियो । सरकारमा संलग्न राजनीतिक दलहरूका बिचमा भएको सहमतिअनुसार सरकार अघि बढ्ने बताउँदै उनले सिफारिस समितिले आफ्नो सिफारिसको काम अघि बढाइसकेको बताए । उनले सङ्क्रमणकालीन न्यायको आजको परिस्थिति...
भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार
राजनीति, विश्व, समाचार

भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार

नेपालअखबार,काठमाडौँ । भारतले गरेको हमलापछि प्रधानमन्त्री शाहबाज शरीफको अध्यक्षतामा भएको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठक बसेको छ । बैठकले एक विज्ञप्ति जारी गर्दै आफ्नो भूमिमा आतंकवादी शिविर रहेको भारतको दाबीलाई अस्वीकार गरेको छ। पाकिस्तानले भारतका यी आरोपहरू निराधार भएको दोहोर्‍याएको हो। ‘२२ अप्रिल २०२५ पछि, पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको सम्झनु पर्छ, जुन दुर्भाग्यवश स्वीकार गरिएन,’ विज्ञप्तिमा भनिएको छ। भारतले आफ्नो राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गरेको विज्ञप्तिमा भनिएको छ।...
भारतद्वारा पाकिस्तानमा आक्रमण,  ३० को मृत्यु
राजनीति, विश्व, समाचार

भारतद्वारा पाकिस्तानमा आक्रमण, ३० को मृत्यु

नेपालअखबार,काठमाडौँ ।  पहलगाम आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो । पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो । बुधबार बिहान करिब पौने २ बजेतिर पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गरिएको हो । जसमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको हो । पाकिस्तानका स्थानीय मिडियाका अनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ । पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सका डाइरेक...
राजनीति, विश्व

चीनले भन्यो- पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक

नेपालअखबार,काठमाडौँ । चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन्। चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई 'खेदजनक' भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले लेखेको छ। 'चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दु:खद मानेको छ। हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं,' मन्त्रालयको विज्ञप्तीमा भनिएको छ। चीनले भारत र पाकिस्तान एक अर्काका छिमेकी रहेको र ती दुवै देश चीनको छिमेकी रहेको बताएको छ। चीनले सवै प्रकारको आतंकवादको विरोध गर्ने पनि विज्ञप्तीमा उल्लेख छ। 'हामी दुवै पक्षलाई संयम अपनाउन र अवस्थालाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौं,' विज्ञप्...
कश्मिरमा पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीयको मृत्यु
राजनीति, विश्व, समाचार

कश्मिरमा पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीयको मृत्यु

नेपालअखबार,काठमाडौं ।पाकिस्तानी सेनाको आक्रमणबाट तीन जना भारतीयको मृत्यु भएको दाबी गरिएको छ। बुधबार बिहान भारतले पाकिस्तानमा मिसाइल हमला गरेपछि कश्मिरस्थित भारत-पाकिस्तान सीमामा पाकिस्तानी सेनाको आक्रमणबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। रोयटर्सका अनुसार मारिने तीन जनाबारे थप विवरण खुलेको छैन। भारतले आकाशबाट आक्रमण गरेपछि सीमामा रहेका पाकिस्तानी सेनाको गोलीबारीबाट तीन भारतीयको मृत्यु भएको हो।  भारतको आक्रमणमा परी ८ पाकिस्तानीको मृत्यु भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो। भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ। भारतको रक्षा मन्त्रालयले भारतमाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ। ...
आज तीन संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज तीन संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । त्यस्तै साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बारपाक क्षेत्रमा भूकम्प पछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा हुनेछ । बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०र८१ माथि छलफल सम्बन्धमा हुनेछ ।...
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
राजनीति, समाचार

ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको देउवाको भनाइ छ । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे । ‘गठबन्धनमा कुनै समस्या छैन । गभर्नरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो,’ देउवाले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि प्रष्ट पारे । ‘ओलीजीका कारणले गभर्नर नियुक्त हुन ढिलो भएको होइन,’ उनले भने । दुई सत्तारुढ दलबीच आपसमा कुरा मिल्न नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको चर्चा हुँदै आएको थियो । पछिल्लो पटक देउवा र ओलीबीच गभर्नर नियुक्तिमा सहमति भइसकेको बताइएको छ ।...
संघीय संसदको दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसदको दुवै सदनको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत वैशाख १९ गते सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। राष्ट्रिय सभा बैठक पनि आजै मध्याह्न बस्नेछ। मंगलबार मध्याह्न सवा १२ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले धारणा राख्नेछन्।...
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्रीसँग छलफल
राजनीति, समाचार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्रीसँग छलफल

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति परराष्ट्रमन्त्री आरजु राणासँग छलफलमा छ । समितिको कार्यसूचीमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्री र सचिवसँग छलफल गर्ने उल्लेख छ । परराष्ट्र मन्त्रीले विभिन्न देशको भ्रमण गरेकी छन् । त्यसबारे संसदीय समितिले चासो राखेर छलफल गर्न लागेको हो ।...