Saturday, August 15

राजनीति

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपति पौडेलको जोड
राजनीति, समाचार

उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपति पौडेलको जोड

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । साथै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् । नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमि...
आज सरकार-शिक्षक वार्ता दिउँसो
राजनीति, शिक्षा, समाचार

आज सरकार-शिक्षक वार्ता दिउँसो

नेपालअखबार,काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ । शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ । ‘अग्रगामी शिक्षा ऐन जारी गर्ने कुरा हो । अहिलेसम्म सरकारले विश्वासको आधार बनाएको छैन । सरकारसँगको छलफलमा त आज पनि जान्छौ । ऐन जारी हुने सुनिश्चितता हुनु पर्‍यो । सरकारले विश्वसिलो आधार बनायो भने त्यही अनुसार प्रस्तुत हुन्छौं । जनाएन भने त्यही अनुसार हुन्छौं’, उनले भनिन् । यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । मन...
आज सत्तारुढ दलको बैठक बस्ने
राजनीति, समाचार

आज सत्तारुढ दलको बैठक बस्ने

नेपालअखबार,काठमाडौँ । सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।...
संसदमा प्रेम आलेले भने- मैले राखेका कुरा तोडमोड गरेर समाचार आयो
राजनीति, समाचार

संसदमा प्रेम आलेले भने- मैले राखेका कुरा तोडमोड गरेर समाचार आयो

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले आफूले प्रतिनिधि सभा बैठकमा राखेको विषय तोडमोड गरी समाचार आएको बताएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आलेले आफूले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेका विषयवस्तु तोडमोड गरी सञ्चार माध्यमले समाचार बनाएको बताएका हुन्। ‘हिजो मैले संसदमा बोलेको शब्दलाई राम्रोसँग नसुनिकन आज प्रकाशित समाचारमा मैले बोलेको शब्दलाई अश्लील शब्द भनी समाचार सम्प्रेषण भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो समाचार जुनसुकै मिडियाबाट आएको भए पनि राम्रोसँग सुनेर मात्रै समाचार सम्प्रेषण गर्न म आग्रह गर्न चाहन्छु।’ उनले सोमबारको प्रतिनिधि सभामा आफूले कुरा राख्दा 'पार्टीको दबाब झेल्न नसक्दा त्यो मान्छेलाई डिजी बनाइयो भनेर मैले भनेको थिएँ, त्यसलाई तोडमोड गरियो,’ उनले भने, ‘२५०० वाटको स्पिकर राखेर राम्रोसँग सुन्न आग्रह गर्छ...
स्वास्थ्यमा तीनै तहको सरकारले संयुक्त लगानी गर्नुपर्छः मन्त्री पौडेल
राजनीति, समाचार

स्वास्थ्यमा तीनै तहको सरकारले संयुक्त लगानी गर्नुपर्छः मन्त्री पौडेल

नेपालअखबार,काठमाडौै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन् । अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले क्यान्सर उपचार सेवा हाल सबै प्रदेशमा पुग्न नसकेको उल्लेख गरे । ‘आगामी वर्षभित्र सातवटै प्रदेशमा बिस्तार गर्ने सरकारको लक्ष्य छ,’ उनले भने । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने बताए। ‘अब हामीले नीतिगत र सुशासनको क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे काम गरौं । जुनसुकै तहको अस्पताल जहाँ छ त्यसमा तीनवटै तहको सरकार मिलेर लगानी गरौं,’ उनले भने, ‘सीमित स्रोत साधनकाबीच प्रभावकारी सेवा बिस्तार गर्न सहयोग पुग्छ कि ? हामी यस्तो मोडालिटीको वि...
भारतसँग युद्ध हुनसक्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
राजनीति, विदेश, समाचार

भारतसँग युद्ध हुनसक्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी

नेपालअखबार,काठमाडौँ। भारत र पाकिस्तानबीच तनाब बढिरहेको बेला पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्ध हुने खतरा भएको चेतावनी दिएका छन्। भारतको जम्मू-कस्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ। गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो। यसरी तनाव बढिरहेको बेला रक्षामन्त्री आसिफले युद्ध हुने खतरा भएको चेतावनी दिएका हुन्। युद्ध हुने खतरा भए पनि त्यसलाई टार्न भने सकिने उनले बताएका छन्। ‘यदि केही भयो भने दुई वा तीन दिनमा हुनेछ। तत्काल खतरा छ,’ आसिफले पाकिस्तानी जियो न्यूजलाई भने। चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले दुई देशबीच युद्ध रोक्न प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले पनि भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरिसकेको छ। दुई देश...
प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्ररबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले धारणा राखे । आजको बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  लाई बहुमतले पारित गरेको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी राखेको प्रस्तावमा बहुमत सांसदहरूले सहमति जनाए । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटिहरूको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । अब यो विधेयक राष्ट्र...
प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार,काठमाडौँ। प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ। उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै उनले भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ। त्यस्तै ...
शिक्षक आन्दोलनमा पुगे पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल
राजनीति, समाचार

शिक्षक आन्दोलनमा पुगे पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल

नेपालअखबार,काठमाडौँ । जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुगेका छन् । सोमबार नेपाल र खनालसहित अन्य नेताहरूसमेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाएका हुन् । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी  छ। शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।...
भारत-पाक सीमामा लगातार चौथो दिन पनि गोलाबारी
राजनीति, विश्व, समाचार

भारत-पाक सीमामा लगातार चौथो दिन पनि गोलाबारी

नेपालअखबार,नयाँ दिल्ली । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी कुपवाडा र पुंछ सेक्टरका चौकीहरूमा गरिएको थियो। भारतीय सेनाले पनि जवाफी कारबाही गरेको थियो। यी हमलामा ज्यान वा सम्पत्तिको क्षति भएको कुनै समाचार छैन। पहलगाममा आतंकवादी हमला भएको ६ दिन बितिसकेको छ। अप्रिल २२ मा भएको आक्रमणको बारेमा छलफल गर्न मनोज सिन्हाले आज जम्मू कश्मीर विधानसभाको विशेष सत्र बोलाएका छन्। आक्रमण पछि, सेनाले हालसम्म उपत्यकामा १० जना संदिग्ध आतंककारीहरूको घरमा विस्फोट गराएर ध्वस्त पारेको छ। आइतबार, कश्मीरी संगठनका नेताहरूले कारबाही रोक्न माग गरेका थिए । हुर्रियत कन्फरेन्सका अध्यक्ष मिरवाइज उमर फारुकले केन्द्र सरकारलाई निर्दोष कश्मीरीहरूको घरलाई अन्धाधुन्ध भत्काएर सजाय नदिन आग्रह गरे। अप्रिल २२ मा, आतंककारीहरूले जम्मू कश्मीरको पहलग...