Tuesday, August 4

राजनीति

इरानी आक्रमणपछि कुवेतले गर्‍यो सबै उडान स्थगित
राजनीति, समाचार

इरानी आक्रमणपछि कुवेतले गर्‍यो सबै उडान स्थगित

नेपालअखबार,काठमाडौँ । इरानी आक्रमणपछि कुवेतले सबै उडानहरू स्थगित गरेको छ। अमेरिकाले इरानमाथि प्रहार गरेपछि जबाफमा इरानले कुवेतमा हमला गरेको छ। इरानले बुधबार कुवेतको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ। सो हमलाले विमानस्थलको भवनमा ठूलो क्षति पुग्नुका साथै धेरै मानिसहरू घाइते भएको कुवेतले जनाएको छ। त्यसपछि कुवेतले सो विमानस्थल बन्द गरेर सबै उडानहरू स्थगित गरेको हो। कुवेती विदेश मन्त्रालयका अनुसार विमानस्थल बाहेक अन्त समेत भएको इरानी आक्रमणका कारण एक जनाको मृत्यु भएको छ। अमेरिकी सेनाले बुधबार बिहान इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरू खसाल्ने मात्रै नभएर स्ट्रेट अफ होर्मुज नजिकका लक्ष्यहरूमा पनि आक्रमण गरेको छ। इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले केही समय अघि जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी सेनाले इरानका धेरै वटा ब्यालिस्टिक ...
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
राजनीति, समाचार

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, “यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ ।” विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाउँदै आएका छौँ । राष्ट्रपति पौडेलले नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु...
राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ ।  संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज मध्याह्न सवा १२ बजे बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।...
एमालेका अध्यक्ष  ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै
राजनीति, समाचार

एमालेका अध्यक्ष ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । उनी केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेका हुन् । ​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशाला आज ओलीले उदघाटन गर्ने छन् । ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन आज बिहान ११ बजे पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । ​पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि कार्यशाला आयोजना गर्न लागिएको उनले बताए । कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटी...
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा प्रधानमन्त्रीको  राजीनामा माग
राजनीति, समाचार

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा प्रधानमन्त्रीको राजीनामा माग

नेपालअखबार,विराटनगर । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) १ नम्बर प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति विरोध जनाउँदै राजीनामाको माग गरेको छ। सङ्घले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १७ गते प्रतिनिधि सभाको रोस्ट्रमबाट प्रधानमन्त्रीले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको हो। विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्मा भारतले मात्र होइन नेपालले पनि धेरै ठाउँमा सीमा मिचेको रहेछ भनी दिएको अभिव्यक्ति तथ्यहीन र गैरजिम्मेवारपूर्ण रहेको दाबी गरिएको छ। सङ्घले यसलाई कुटनीतिक मर्यादा र संविधान विपरीतको संज्ञा दिँदै राष्ट्रहितको विरुद्धमा रहेको ठहर गरेको छ। ‘नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता विपरीत दिइएको यस्तो राष्ट्रघाती अभिव्यक्तिको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। सङ्...
रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलाई भेट्ने
राजनीति, समाचार

रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलाई भेट्ने

नेपालअखबार, काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेट्ने भएका छन्। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाका एक नेताले बताए। भेटवार्ता नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुनेछ। भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने ती नेताले जानकारी दिए। लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यतालिका छ। भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार...
मन्त्रिपरिषद् बैठक बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालअखबार,काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा देशको समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने छ ।
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद ढकाल
राजनीति, समाचार

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद ढकाल

नेपालअखबार,हेटौँडा । नेकपा बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको रोष्टमबाट नेपालले भारतको भूमि मिचेको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहले राजीनामा दिनुपर्ने बताएका हुन् । सोमबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सांसद ढकालले देशको नेतृत्वकर्ता र अभिभावकको रूपमा रहेको व्यक्तिबाट यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु स्तब्धकारी र आपत्तिजनक रहेको उनले बताए । प्रधानमन्त्री शाहले राजीनामा गराएर उनी माथि राष्ट्रघातको मुद्दा चलाउन सांसद ढकालले माग गरे । प्रमुख सचेतक ढकालले प्रधानमन्त्रीले सङ्घीय संसद्मा नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि गम्भीर प्रहार गरेको बताए । प्रमुख सचेतक ढकालले सीमाव...
दलित पत्रकारहरूको पक्षमा विशेष कार्यक्रम ल्याउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीति, समाचार

दलित पत्रकारहरूको पक्षमा विशेष कार्यक्रम ल्याउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी

नेपालअखबार,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित हुनेगरी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी छिन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त आवश्यक्ता औंल्याइन् । पूर्वराष्ट्रपति भण्डारीले समाचार सम्बद्ध निकायहरूलाई पनि दलित पत्रकारहरूको हकमा आन्तरिक रुपमा पनि समावेशी नीति कडाईका साथ पालना गराउन आग्रह गरिन् । उनले दलितको सवाललाई कुनै एउटा समूदायको मात्रै सवाल मात्रै नभई सिंगो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाको रुपमा मिडियाहरूले प्राथमिकताका साथ लिनु पर्ने समेत बताइन् । ‘म राज्यको सबै निकाय, नागरिक समाज र विशेष गरी मिडिया सञ्चालकहरूलाई आग्रह गर्न चाहन्छु–मिडियालाई साँच्चकै लोकतान्त्रिक...
राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित
राजनीति, समाचार

राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित

नेपालअखबार, काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।