Sunday, August 16

राजनीति

निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : माधव नेपाल
राजनीति, समाचार

निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : माधव नेपाल

नेपालअखबार,चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् ।आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तरराष्ट्रिय विमानस्थल अनिवार्य भएको उनले बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले निजगढ–काठमाडौँमा ‘फास्ट ट्र्याक’को निमार्णका साथसाथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको आवश्यकता औँल्याए । निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउनका पहल गरिरहेको भन्दै उनले नेपाल–भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने धारणा राखे । स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिहरूले आवश्यकताका आधारमा आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने भन्दै दीर्घका...
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरण
राजनीति, समाचार

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरण

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुझाव बुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा एमालेको सो विभागका प्रमुख खगराज अधिकारी र महासङ्घका अध्यक्ष ओमदेवी मल्लले आज बेग्लाबेग्लै पत्र हस्तान्तरण गरी सुझाव बुझाएका हुन् ।सो क्रममा उनीहरूले अर्थतन्त्रको सुदृढीकरणमा महत्त्वपूर्ण हिस्सा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयहरूबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकालभन्दा बढी अवधि...
७७ जिल्लाका सभापतिलाई पोखरामा डाकेर प्रशिक्षण दिंदै कांग्रेस
राजनीति, समाचार

७७ जिल्लाका सभापतिलाई पोखरामा डाकेर प्रशिक्षण दिंदै कांग्रेस

नेपालअखबार,[पोखरा । नेपाली कांग्रेसले अबको रणनीनि, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको छ । पोखरा २० गतेदेखि २३ गतेसम्म पार्टी सुदृढीकरण र रणनीतिबारे कांग्रेसले कार्यक्रम राखेको हो । कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ । २० गते पोखरा महानगर सम्मेलन र २१ गते सातै प्रदेशका सभापतिसहितको छलफल राखिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । २० गतेदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवादेखि केन्द्रीय पदाधिकारीहरु पोखरामा हुने छन् । ‘केन्द्रीय सभापतिदेखि महामन्त्रीद्वयसहित पदाधिकारी, उपलब्ध केन्द्री...
को हुन् असदले देश छोडेपछि सिरियाका राष्ट्रपति बनेका अहमद अल-शारा?
राजनीति, विश्व, समाचार

को हुन् असदले देश छोडेपछि सिरियाका राष्ट्रपति बनेका अहमद अल-शारा?

नेपालअखबार .काठमाडौँ । सिरियाको बशर अल-असदको सत्ता पल्टाउन प्रमुख भूमिका खेलेका अहमद अल-शाराले भर्खरै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका छन्। असदको विरूद्ध लडेका विद्रोहीमध्ये सबैभन्दा बलियो हयात तहरिर अल-शामको नेतृत्व गरेका ४२ वर्षीय शाराको विद्रोही नेता हुँदाको उपनाम अबु मोहम्मद अल जोलानी थियो। उनले सर्वपक्षीय सरकारको नेतृत्व सम्हालेका छन्। सिरियामा सत्ता कब्जा गरेपछि उनले आफू सरकार प्रमुख नबनेर इद्लिब सहरमा उनको समूहले चलाएको सरकारका प्रमुख मोहम्मद अल-बशिरलाई सिरियाको प्रधानमन्त्री बनाएका थिए। कुनै पनि आधिकारिक सरकारी पदमा नभए पनि पछिल्लो केही हप्ता उनी नै सिरियाको राष्ट्रप्रमुख सरहको हैसियतमा थिए। बुधबारदेखि भने आधिकारिक रूपमा उनले आफूलाई संक्रमणकालीन राष्ट्रपति घोषणा गरेका हुन्। करिब १५ हजार लडाकू भएको उनको समूहको नेतृत्वमा असदलाई देशबाट धपाएपछि सर्वस्वीकार्य नेताका रूपमा ...
त्रिविको प्रिन्सिपलमा प्रा.डा. अक्कलदेव मिश्र नियुक्त
राजनीति, समाचार

त्रिविको प्रिन्सिपलमा प्रा.डा. अक्कलदेव मिश्र नियुक्त

नेपालअखबार,काठमाडौं। त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलमा प्राडा अक्कलदेव मिश्र नियुक्त भएका छन् । छनोट समितिले प्रा.डा. मिश्र र सहप्राध्यापक उद्धव सिग्देलको नाम सिफारिस गरेको थियो । दुई जनामा मिश्रको अंक धेरै भएकाले त्रिविको कार्यकारी परिषद्ले मेरिटको आधारमा मिश्रलाई नियुक्त गरेको हो । ‘२० गतेदेखि लागू हुनेगरी पत्र बुझेको छु। आइतबार कार्यालय गएर जिम्मेवारी सम्हाल्छु,’ मिश्रले भने । हालका प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल १९ गते सकिने भएकाले मिश्रले आइतबारदेखि केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने छन् ।...
राष्ट्रियसभामा विभिन्न अध्यादेशहरू पेस
प्रशासन, राजनीति, समाचार

राष्ट्रियसभामा विभिन्न अध्यादेशहरू पेस

नेपालअखबार,काठमाडौँ । सरकारले राष्ट्रिय सभामा विभिन्न अध्यादेशहरू पेस गरेको छ ।शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरेका हुन् । त्यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेश, २०८१’ निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्नुभयो । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐ...
सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ : नेता सिटौला
राजनीति, विचार, समाचार

सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ : नेता सिटौला

नेपालअखबार,काठमाडौँ ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताएका छन् । राष्ट्रिय सभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा कति काम गरेँ भन्ने कुरा प्रस्टसँग जनतालाई भन्नसक्ने हिसाबकिताब आफूसित हुनुपर्ने बताएका हुन् । 'संविधान कार्यान्वयनबाट जनतालाई हामीले जे उपलब्धि दिने भनेका छौँ, त्यो दिन सक्यौँ कि सकेनौँ भन्ने गम्भीरतापूर्वक समीक्षा गर्न सकौँ । जहाँ कमजोरी भएको छ त्यसलाई हामीले सुधार गरेर अघि बढ्न सकौँ । त्यही बाटोमा एकताबद्ध रुपमा हिँड्न सकौँ,' उनले भने । उनले सत्तामा रहँदा एउटा कुरा तथा प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त नभएको र आफ्नो कार्यकालमा देश र जनताको हितमा व्यापक काम गर्न सकियोस् भन्ने भावना राख्नुपर्ने बताए । ...
प्रधानमन्त्री ओलीको सुशासन र व्यावसायिक वातावरण निर्माण गर्न अध्यादेश ल्याएको दावी
राजनीति, समाचार

प्रधानमन्त्री ओलीको सुशासन र व्यावसायिक वातावरण निर्माण गर्न अध्यादेश ल्याएको दावी

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र व्यावसायिक वातावरण निर्माण गर्न अध्यादेश ल्याएको दावी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसद् नरहेकै अवस्थामा सरकारले अध्यादेश ल्याएको पनि जिकिर गरे । अध्यादेश आएपछि सुशासन र व्यावसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको बताए । प्रधानमन्त्रीले राखेका तर्क : १. सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने छ । कानुनमा तोकिएको अवधि बाहेकका सबै काम ७ दिन भित्र सक्नै पर्ने कानुनी व्यवस्था गरिएको छ । २. नेपाली सूचना प्रविधिमा आधारित कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइएको छ । अब हाम्रा नेपाली कम्पनीहरुलाई विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोबार गर्न र विदेशमा भएको आम्दनी नेपाल भित्त्र्याउन सक्न...
दुई तिहाइ भएका बेला सरकार जे गरे पनि हुन्छ भन्ने शैलीमा प्रस्तुत हुन नहुने : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीति, विचार, समाचार

दुई तिहाइ भएका बेला सरकार जे गरे पनि हुन्छ भन्ने शैलीमा प्रस्तुत हुन नहुने : वरिष्ठ उपाध्यक्ष पाण्डे

नेपालअखबार,काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कांग्रेस-एमालेको सरकार गठन भएको करिब सात महिनाको अवधिमा उल्लेख्य केही सुधार नभएको बताएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै सांसद पाण्डेले सरकार गठनको करिब सात महिना अवधिमा उल्लेख्य केही सुधार नभएको दाबी गरेका हुन् । 'आर्थिक सुधार भएको छैन । बेरोजगारी दर घटेको छैन । युवाहरु विदेशिनेक्रम रोकिएको छैन । गाउँहरु खाली भएका छन् । त्यसोभए सरकारले गरेका उपलब्धि के हुन् ?', उनले प्रश्न गरे । सांसद पाण्डेले c बताए । उनले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि बताए । अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसले संसद्को भूमिका र राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र कमजोर बनाउने उनको भनाइ थियो । 'सरकारले अध्यादेश ल्याउन पाउँदैन भन्ने होइन, पाउँछ ...
संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै
राजनीति, समाचार

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

नेपालअखबार, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य राख्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गिरीका अनुसार बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । त्यसपछि मन्तव्यक...