आज १० वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
नेपालअखबार, काठमाडौँ । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट आ.व. २०८३–८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरू सहितको सुझाव पेस हुनेछ ।
दिउँसो २ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी एवं थुनुवाहरूको मानव अधिकार सम्बन्धमा गृह मन्त्रालयसँग छलफल हुनेछ ।
बिहान ९ बजेबाट सुरु भएको पूर्वाधार विकास समितिको बैठकमा मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारे छलफल भइरहेको छ । त्यस्तै दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, ब...










