Wednesday, August 5

राजनीति

कांग्रेस कार्यकर्ताले २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्नुपर्ने
राजनीति, समाचार

कांग्रेस कार्यकर्ताले २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्नुपर्ने

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले २१ जेठ भित्र क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी कार्य अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले क्रियाशील सदस्यतासम्बन्धी सो निर्णय गरेको हो । कांग्रेसले सदस्यताको अभिलेखीकरणलाई डिजिटल रुपमा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउनका लागि विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएर काम गरिरहेको जनाएको छ । समितिले क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत् फारम भरी अद्यावधिक गर्न सकिने व्यवस्था गरेको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ । अनलाइनमार्फत् अद्यावधिक गर्दा कुनै समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गरेर ‘एआई साथी’सँग सहयोग लिन सकिने व्यवस्था पनि समितिले गरेको छ...
नेकपा सांसदले भने– नीति तथा कार्यक्रम विगतको भन्दा पनि अस्वस्थ
राजनीति, समाचार

नेकपा सांसदले भने– नीति तथा कार्यक्रम विगतको भन्दा पनि अस्वस्थ

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भूवनबहादुर सुनारले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिशाहीन रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको टिप्पणी गरेका हुन् । ‘सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्र कता लैजना खोजिएको हो ? स्पष्ट छैन । पहिलो वर्षदेखि पाँचौँ वर्षसम्म के गर्ने भन्नेबारे स्पष्ट खाका हुनुपर्थ्यो त्यस्तो केही पनि देखिँदैन । सरकारले प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।  सरकारको नीति तथा कार्यक्रम धेरै महत्वकाँक्षी नहुनु सकारात्मक कुरा हुँदा हुँदै पनि नीति तथा कार्यक्रमले नागरिकलाई निराश बनाएको छ,’ उनले भने । उनले नीति तथा कार्यक्रमले अग...
सुकुम्बासीले लालपुर्जा नपाउन्जेल मासिक १५ हजार भाडा दिने सरकारको तयारी
राजनीति, समाचार

सुकुम्बासीले लालपुर्जा नपाउन्जेल मासिक १५ हजार भाडा दिने सरकारको तयारी

नेपालअखबार,काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। समिति सभापति हरि ढकालकाअनुसार सहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी दिए। हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको र सो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्र्याक’ बाट लालपुर्जा वितरण गरिने सरकारको लक्ष्य छ। सहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जा...
सुकुमबासी बस्तीमा डोजर चलाउनु सुशासन होइन : ठाकुर
राजनीति, विचार, समाचार

सुकुमबासी बस्तीमा डोजर चलाउनु सुशासन होइन : ठाकुर

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले सरकारले जनआन्दोलनको मर्म विपरीत कार्य गरिरहेको आरोप लगाएका हुन्। उनले सुकुमबासीहरूका विरुद्ध डोजर चलाउने कार्यलाई सरकारले ‘सुशासन’ को संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्। भ्रष्टाचारका सम्बन्धमा टिप्पणी गर्दै ठाकुरले सरकारी कोषको दुरुपयोग हुनु भ्रष्टाचार भए पनि सेवाग्राहीले खुसी भएर दिने ‘उपहार’ लाई सोही दृष्टिले हेर्न नहुने तर्क गरे। सम्पत्ति शुद्धीकरणका नाममा सरकारले व्यवसायीहरूलाई त्रसित बनाउने काम गरेको भन्दै उनले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारमाथि समेत व्यङ्ग्यात्मक टिप्पणी गरे। ठाकुरले निजी क्षेत्र र विशेष गरी मारवाडी समुदायमाथि राज्यले गरिरहेको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। मार...
एमाले सचिवालय बैठक शनिबार बस्ने, ओली सहभागी हुने
राजनीति, समाचार

एमाले सचिवालय बैठक शनिबार बस्ने, ओली सहभागी हुने

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण स्थान चाहिँ तय भइनसकेको सचिव भानुभक्त ढकालले जानकारी दिए। ‘औपचारिक सूचना आइसकेको छैन तर पनि शनिबार बस्ने तय भएको छ,’ उनले भने, ‘अध्यक्षज्यूको स्वास्थ्यलाई ध्यानमा राखेर ठाउँ तय हुन्छ।’ चुनावपछि अध्यक्ष ओली पहिलो पटक बैठकमा सहभागी हुन लागेका हन्। गत चैत १३ गते जेनजी आन्दोलनमा हेलचेक्र्याइँपूर्वक मानिस मारेको अभियोगमा ओली पक्राउ परेका थिए। गत चैत २६ गते रिहा भए पनि स्वास्थ्यका कारण ओली पार्टी काममा फर्कन सकेका छैनन्। ओली हिरासतमा हुँदा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकिएको थियो। उनको अध्यक्षतामा दुई पटक एमाले सचिवालय बैठक बसेको छ। पछिल्लो समय एमालेमा शक्तिसंघर्ष चुलिएको छ। पार्टी उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, म...
मदिरा नीति सम्बन्धी भ्रष्टाचार मुद्दामा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले पाए सफाइ
राजनीति, विदेश, समाचार

मदिरा नीति सम्बन्धी भ्रष्टाचार मुद्दामा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले पाए सफाइ

नेपालअखबार,काठमाडौं । भारत दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सफाइ पाएको छ । दिल्लीको राउज एभिन्यू अदालतले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा केजरीवाललाई सबै आरोपबाट मुक्त गरेको हो । यसका साथै अदालतले आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि आरोपबाट मुक्त गरेको छ । केन्द्रीय अनुसन्धान एजेन्सी सीबीआईले दायर गरेको मुद्दामा अदालतको यस्तो फैसला आएको हो । लाइभ लका अनुसार, अदालतले आफ्नो फैसलामा सीबीआई अनुसन्धानमा रहेका कमजोरीहरूको बारेमा कडा टिप्पणी पनि गरेको छ । अदालतले हजारौं पृष्ठको आरोपपत्रमा त्यस्ता सामग्रीहरू रहेको बताएको छ जसले कुनै पनि साक्षीको बयानलाई समर्थन गर्दैन । विशेष न्यायाधीश जितेन्द्र सिंहले आरोपपत्रमा भ्रामक दाबीहरू गरिएको बताए । सीब...
आज प्रतिनिधिसभामा ६ कार्यसूची
राजनीति, समाचार

आज प्रतिनिधिसभामा ६ कार्यसूची

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज ६ वटा कार्यसूची रहेका छन् । बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसउपर प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण सम्भव भएन । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि आजै छ । ‘प्रधानमन्त्री वालेन्द्र शाहले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठ...
तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार,काठमाडौँ । संघीय संसदअन्तर्गत आज विभिन्न तीनवटा विषयगत समितिको बैठक बस्दैछ । आज बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा छुट्टाछुट्टै कार्यसूचीमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समग्र अवस्थाबारे प्रस्तुतीकरण हुने कार्यसूची रहेको छ । बैठकमा परिषद्द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रमहरू, विद्यमान समस्या, चुनौती तथा नार्कको आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल गरिने जनाइएको छ । त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ । उक्त बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरी आयोगको हालसम्मको प्रगति, कार्यसम्पादनमा देखिएका जटिलता र भावी योजनाका व...
कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला पोखरामा
राजनीति, समाचार

कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला पोखरामा

नेपालअखबार,पोखरा । नेपाली कांग्रेसले बिहीबार पोखरामा प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने भेला गर्न लागेको हो । जसअन्तर्गत कैलालीको धनगढीमा २६ र २७ वैशाखमा सुदूरपश्चिम प्रदेशस्तरीय तथा २८ र २९ वैशाखमा कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा सम्पन्न भइसकेको छ । गण्डकीपछि ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने कांग्रेसले जनाएको छ । मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकीमा आयोजना गर्ने तयारी कांग्रेसको छ । यस्तै, लुम्बिनी प्रदेशको १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।...
विपक्षीले छाडेनन् अवरोध, दोस्रो बैठक पनि स्थगित
राजनीति, समाचार, हाइलाइट-समाचार

विपक्षीले छाडेनन् अवरोध, दोस्रो बैठक पनि स्थगित

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो । अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई उक्त प्रस्ताव पेस गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोकेर पठाएको जानकारी सभामुखले गरेर वाग्लेलाई रोस्ट्रममा बोलाएलगत्तै विपक्षीहरूले अवरोध सुरु गरेका थिए । यसविषयमा सभामुख डीपी अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै संसद् बैठक सुरु भएको थियो । छ...