खामेनीको मृत्युपछि इरानमा को बन्छ सर्वोच्च नेता, कसरी छानिन्छ?
नेपालअखबार, काठमाडौँ । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिका र इसराइलले शनिबार बिहान तेहरानमा गरेको हवाई हमलामा परी खामेनी मारिएको पुष्टि आइतबार बिहान गरेका थिए।
इरानी सञ्चारमाध्यमहरूले पुष्टि गरेको केही बेरपछि इरानको सरकारी सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आइआरजिसी)ले पनि वक्तव्य जारी गरी खामेनीको मृत्यु भएको पुष्टि गरेको छ।
खामेनीको मृत्युमा इरानमा ४० दिने शोक घोषणा गरिएको छ भने सात दिन सार्वजनिक बिदा दिइएको छ।
शनिबार इरानमाथि सैन्य कारबाही सुरू भएपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणको उद्धेश्य इरानको नेतृत्व परिवर्तन रहेको भनेका थिए।
हमलापछि भिडिओ सन्देश जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन आह्वान गरेका थिए।
शनिबार बेलुक...









