स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
नेपालअखबार, स्याङ्जा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो भएको छ ।
यसैगरी, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १६ हजार ३९९ मत पाएको क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । कांग्रेसले प्रत्यक्षतर्फ पाएको मतभन्दा समानुपातिकमा दुई हजार ४५८ मत कम आएको छ ।
त्यसैगरी, नेकपा (एमाले)ले १४ हजार ४८५ मत प्राप्त गरेको छ । यो मत पनि प्रत्यक्षतर्फको मतभन्दा दुई हजार ३१९ कम हो ।
अन्य दलतर्फ राप्रपाले एक हजार ८७३ मत पाएको छ भने नेकपाले एक हजार ५३१ मत पाएको छ । यस क्षेत्रमा समानुपातिकतर्फ ५७ राजनीतिक दल प्रतिस्पर्धामा रहेका थिए ।
क्षेत्र नम्बर-१ मा कुल १ लाख ३२ हजार ७४५ मतदाता रहेकामा ७२ हजार ९९ मत खसेको थ...










