Friday, August 7

राजनीति

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन
राजनीति, विचार, समाचार

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन

नेपालअखबार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने चुनावका लागि हरेक बुथमा कम्तिमा ३० जना सदस्य रहने गरी भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्। सोमबार दमकमा पार्टीनिकट भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा कम्तिमा ३० जना भोलेन्टियर फोर्स गठन गर्न पार्टीका सबै कमिटीहरूलाई निर्देशन दिएका हुन्। 'अहिले चुनावको बेला अब दसौं दिनमा छ। यतिबेला म देशभरिको हाम्रो पार्टीलाई भन्न चाहन्छु। गाउँ गाउँमा टोल टोलमा सुरक्षा समिति बनाउनुस्। चुनावका लागि पार्टी कमिटीलाई निर्देशन- हरेक बुथमा कमसेकम ३० जना भोलेन्टियर एउटा बुथमा निर्माण गर्नुस्,' उनले भने। अध्यक्ष ओलीले भोलेन्टियर फोर्सले शान्ति सुरक्षामा खासगरी प्रहरीलाई सहयोग गर्ने बताए। 'प्रहरीमाथि हमला हुन दिँदैन, प्रहरीलाई सहयोग गर्छ, प्रहरीमाथि हमला हुन दिँदैन, कार्...
सुनसरी–४ को उज्ज्वल भविष्यका लागि रुखमा मतदान गर्न बराहक्षेत्र नगरसभापति रमेश कार्कीको अपिल
राजनीति, समाचार

सुनसरी–४ को उज्ज्वल भविष्यका लागि रुखमा मतदान गर्न बराहक्षेत्र नगरसभापति रमेश कार्कीको अपिल

मुस्ताक आलम, सुनसरी । संविधानको रक्षा, लोकतन्त्रको अनुभूति र समृद्ध सुनसरी–४ को निर्माणका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुख चिन्हमा मतदान गर्न ज्ञानेन्द्र बहादुर कार्की लाई विजयी गराउन बराहक्षेत्र नगरसभापति रमेश कार्की ले सम्पूर्ण क्षेत्रवासीसमक्ष भावुक अपिल गर्नुभएको छ। नगरसभापति कार्कीले लोकतन्त्रको संरक्षण र संविधानको कार्यान्वयनका लागि अनुभवी, जिम्मेवार र विकासप्रेमी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सुनसरी क्षेत्र नं. ४ को समग्र विकासका लागि ज्ञानेन्द्र बहादुर कार्की उपयुक्त उम्मेदवार भएको बताउनुभयो। उहाँले विगतमा भएका विकास निर्माणका काम, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र सडक सञ्जालमा देखिएको प्रगति जनताले अनुभूति गरिसकेको दाबी गर्नुभयो। “संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण हाम्रो साझा जिम्मेवारी हो,” नगरसभापति कार्कीले भन्नुभ...
ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए
राजनीति, विश्व, समाचार

ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए

नेपालअखबार, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास मार-ए-लागो रिसोर्टमा हतियारसहित छिर्न खोजेका एक युवक मारिएका छन्। आइतबार बिहान करिब साढे १ बजे पेट्रोल भरिएको क्यान र शटगनसहित एक युवक ट्रम्पको निजी निवासमा प्रवेश गर्न खोजेका थिए। अमेरिकी सिक्रेट सर्भिसका अनुसार ती व्यक्ति अवैध रूपमा छिर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन्। सुरक्षाकर्मीको गोली लागेर ती युवकको मृत्यु भएको छ। घटना भएको बेला राष्ट्रपति ट्रम्प वासिङ्टनमा थिए भने मार-ए-लागोमा उनका परिवारका अन्य सदस्यहरू रहेको भनिएको छ। ती युवक   क्यारोलिनाको क्यामरन निवासी अस्टिन टी मार्टिन रहेको पनि सिक्रेट सर्भिसलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। ती युवकका परिवारले आइतबार बिहानै उनी हराएको सूचना स्थानीय प्रहरीलाई दिएको थियो। उक्त विवरण संघीय निकायलाई हस्तान...
एकता, समर्पण र सक्रियताले अवश्य पनि किरण कुमार साहको विजय सुनिश्चित गर्छ :नेकपा केन्द्रीय सदस्य गुलाम सरवर
राजनीति, विचार, समाचार

एकता, समर्पण र सक्रियताले अवश्य पनि किरण कुमार साहको विजय सुनिश्चित गर्छ :नेकपा केन्द्रीय सदस्य गुलाम सरवर

नेपालअखबार,रौतहट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुलाम सरवरले बौधीमाइ नगरपालिकामा पार्टीका उम्मेदवार किरण कुमार साहलाई विजयी गराउन नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरू एकजुट भएको बताए । उनले बौधीमाइ नगरपालिकाका सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूले देखाएको प्रतिबद्धता, अनुशासन र संगठनप्रतिको निष्ठा प्रशंसनीय रहेको बताए। उम्मेदवार किरण कुमार साहलाई निर्वाचित गराउन सबै पक्ष एकताबद्ध भई सक्रिय रूपमा लाग्नु पार्टीका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ। केन्द्रीय सदस्य सरवरका अनुसार बौधीमाइका नेता तथा जनप्रतिनिधिहरूले लिएको असल, दूरदर्शी र जिम्मेवार निर्णयले परिवर्तन, विकास र जनताको अधिकारको पक्षमा बलियो सन्देश दिएको छ। “एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “यही एकता, समर्पण र सक्रियताले अवश्य पनि विजय सुनिश्चित गर्छ।” उनले आगामी निर्वाचनमा व्यापक जनसमर्थनस...
गौरमा संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालकाे आग्रह
राजनीति, समाचार

गौरमा संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालकाे आग्रह

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। सहसंयोजक नेपालले आज एक सन्देश जारी गर्दै हिन्दू र मुस्लिम दुवै समुदायबिच उत्पन्न विवाद अन्त्य गर्नका लागि संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरे । धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबीच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिँदै साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुनेमा जोड दिए । हिन्दू वा मुस्लिम दुवै एकअर्काका परिपूरक रहेको टिप्पणी गर्दै उनले स्थानीय जनताको सुरक्षा व्यवस्थासहित जीवन रक्षाका लागि सरकारसँग माग गरे। गृहजिल्ला रौतहटबाट लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका नेकपाका सहसंयोज...
राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनैपर्छ : ओली
राजनीति, विचार, समाचार

राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनैपर्छ : ओली

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको बताए । अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशी खर्च भइसकेकोतर्फ ध्यानाकर्षण पनि गराए । ‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस् जेसुकै होस्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं । चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अलमल गर्नु हुँदैन,’ ओलीको भनाइ छ । विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुना...
सल्यानमा नमूना मतदान र मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास
राजनीति, समाचार, समाज

सल्यानमा नमूना मतदान र मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास

नेपालअखबार, काठमाडौं । सल्यानमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले नमूना मतदान तथा मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास गरिएको छ । निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित जिल्लाको सदरमुकाम खलङ्गास्थित लुहापिङमा उक्त अभ्यास सम्पन्न गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा सम्पन्न अभ्यासमा सुरक्षा निकायहरूले प्रत्यक्ष अभ्यासमार्फत आ-आफ्नो भूमिका प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाल सेनाअन्तर्गतको सिद्धबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको सक्रिय सहभागिता रहेको थियो । संयुक्त अभ्यासमार्फत मतदान केन्द्रमा हुन सक्ने सम्भावित जोखिम, विवाद तथा भीड व्यवस्थापनका उपायहरूलाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको थियो । नेपाल प्रहरी र निर्वाचन प...
भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्: राजेन्द्र लिङदेन
राजनीति, समाचार

भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्: राजेन्द्र लिङदेन

नेपालअखबार, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन्। बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताए । लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गरे । सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङदेनको चेतावनी छ । अध्यक्ष लिङदेनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याए । निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ । उनले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पुर्याउन मतदातासँग सहयोग म...
गौरमा भएको पछिल्लोतनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल:
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

गौरमा भएको पछिल्लोतनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल:

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौरमा भएको पछिल्लो तनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल गरेका छन् । शनिबार पत्रकारसँग कुराकानी गर्दै सहसंयोजक नेपालले हिन्दु र मुस्लिम दुवै समुदाय एक अर्काका परिपूरक रहेको टिप्पणी गर्दै संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरेका हुन् । ‘हिन्दु होस् वा मुस्लिम, जुनसुकै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन,’ नेपालले भने, ‘यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन । म दुवै समुदायलाई संयमता राख्न आग्रह गर्न चाहन्छु ।’ नेपाल रौतहट-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि छन् । सोही क्षेत्रबाट उनी लामो समयदेखि संघीय संसद्मा प्रतिनिधित्व पनि गर्दै आएका नेता हुन् । सहसंयोजक नेपालले सदियौँदेखि मिलेर बसेका दुवै समुदाय अझ पनि मिलेरै जानुपर्ने बताए । ‘दुवै समुद...
एमालेको निष्कर्ष- चुनाव हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो
राजनीति, विचार, समाचार

एमालेको निष्कर्ष- चुनाव हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचन भाँड्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी लागिरहेको आरोप लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले यस्तो आरोप लगाएका हुन् । आफ्नो पक्षमा चुनाव नआउने भएपछि रास्वपाले यस्तो कार्य गरिरहेको एमालेको टिप्पणी छ । ‘चुनावी परिणाम आफ्नो पक्षमा नआउने भएपछि रास्वपा, जसलाई हामी नयाँ भनेर भाष्य स्थापित गर्न खोज्दैछौं,’ एमालेले भनेको छ, ‘विभिन्न खालका मत सर्वेक्षणमार्फत नेकपा एमालेका प्रमुख नेताहरू मैदानमा भएको ठाउँमा गएर विभिन्न सर्वेक्षणप्रति पनि ध्यानाकर्षण भएको छ ।’ देशका विभिन्न जिल्लाहरूमा दलहरू झण्डा, चुनाव चिन्ह जलाउने अभियान, अशान्ति फैलाउने कार्यले रास्वपाले गरिरहेको एमालेले बताएको छ । ‘चुनाव भाँड्नका देशका विभिन्न जिल्लाहरूमा दलहरू झण्डा, चुनाव चिन्ह ...