Thursday, July 23

राजनीति

कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने
राजनीति, समाचार

कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने

नेपालअखबार, काठमाडौँ । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए । शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।...
देउवाद्वारा राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव, अनुमोदन गर्न कार्यसम्पादन समितिको बैठक सुरु
राजनीति, समाचार

देउवाद्वारा राष्ट्रपतिमा रामचन्द्रको नाम प्रस्ताव, अनुमोदन गर्न कार्यसम्पादन समितिको बैठक सुरु

नेपालअखबार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् । कार्यसम्पादन समितिको बैठक अघि पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो । यससँगै सो नाम अनुमोदनको लागि कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सो बैठकमा देउवाले औचारिक रुपमा पौडेलको नाम प्रस्ताव गरेका छन् ।...
जंगलको आगो बस्तीमा पस्दा तेह्रथुममा १४ घर जले
राजनीति, समाचार

जंगलको आगो बस्तीमा पस्दा तेह्रथुममा १४ घर जले

नेपालअखबार,  तेह्रथुम । तेह्रथुमको आठराई-६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए। आगलागीबाट नौ परिवारका ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ। दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट ...
आज राष्ट्रपतिको मनोनयन दर्ता
राजनीति, समाचार

आज राष्ट्रपतिको मनोनयन दर्ता

नेपालअखबार, काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन गर्न लागिएको हो । राष्ट्रपति निर्वाचनसँगै नयाँ गठबन्धन बनेको छ । आठ राजनीतिक दलहरूले निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् । गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।...
प्रधानमन्त्रीमा प्रचण्ड, देउवा र नेपालको आलोपालो
राजनीति, समाचार

प्रधानमन्त्रीमा प्रचण्ड, देउवा र नेपालको आलोपालो

नेपालअखबार, काठमाडौँ । पुरानो गठबन्धन ब्युताएका चार दलबीच सरकारको नेतृत्व तीन पार्टीले आलोपालो गर्ने सहमति भएको छ । प्रधानमन्त्रीमा २–२–१ वर्षको पालो गर्ने पनि सहमति जुटेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २–२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । सोही अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार २ वर्षसम्म जाने छ । त्यसपछिको दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् । यस्तै चुनावी सरकारको नेतृत्व नेपालले गर्ने गरी सहमति भएको छ । ती नेताले भने, ‘राष्ट्रपति भनेर माधव नेपाल पावर सेरिङमा सहभागी हुन खोज्नुभएको थियो । उहाँलाई आगामी दिनमा प्रधानमन्त्री बनाउने सहमति ...
मकवानपुरमा एकीकृत सरकारी कर्मचारी संगठनकाे अध्यक्षमा राजेश थापा
राजनीति, समाचार

मकवानपुरमा एकीकृत सरकारी कर्मचारी संगठनकाे अध्यक्षमा राजेश थापा

नेपालअखबार । मकवानपुरमा एकीकृत सरकारी कर्मचारी संगठनकाे अध्यक्षमा राजेश थापा चयन हुनु भएकाे छ ।  एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल जिल्ला कार्यसमिति मकवानपुरकाे अधिवेशनबाट थापाकाे नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन    गरिएकाे छ । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना  महासचिव एकीकृत सरकारी कर्मचारी संगठन नेपालका शरण कुमार गुरूङले दिनु भयाे  ।...
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति
राजनीति, समाचार

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति

नेपालअखबार, काठमाडौँ । आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले  जानकारी दिएका हुन् प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो । यता नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको  जानकारी दिए । उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीज्यूले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याउनु भयो । आठवटै दलले त्यो प...
राष्ट्रपतिमा राष्ट्रिय सहमतिकाे पक्ष हुनुपर्ने : खानेपानी मन्त्री खान
राजनीति, समाचार

राष्ट्रपतिमा राष्ट्रिय सहमतिकाे पक्ष हुनुपर्ने : खानेपानी मन्त्री खान

नेपालअखबार, काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आफूहरू राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताएका छन् । जनमत पार्टीको वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री खानले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका हुन् । उनले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्नु नहुने बताए । उनले भने – ‘राष्ट्रिय सहमतिकै कुरामा हामीले मुख्य रूपमा विश्वास राखेका छौँ । काँग्रेस वा एमाले गठबन्धनमा हाम्रो त्यति धेरै चासोको विषय छैन । किनभने हाम्रो राष्ट्रपति, उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने पनि कुरा छैन । अहिलेसम्म ठुला दलले सोच्नुपर्ने हो । हामी त राष्ट्रिय सहमतिकै पक्षमा छौँ । राष्ट्रपति भनेको देशको अनुहार हो । त्यसमा विवाद गर्नु हुँदैन । राष्ट्रपतिमा सहमति गरौँ...
चार दलको बैठकमा थप तीन दल थपिए
राजनीति, समाचार

चार दलको बैठकमा थप तीन दल थपिए

नेपालअखबार,  काठमाडौँ । राष्ट्रपतिको चुनावका लागि सहमति कायम गर्न जारी चार दलको बैठकमा थप तीन दल पनि सहभागी भएका छन् । पुरानो गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् ।चार दलकाे बैठकमा लाेसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतकावरिष्ठ उपाध्यक्ष अबदुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रंजिता श्रेष्ठ पनि थपिएका हुन्।...
राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख पार्टी सघन गृहकार्यमा
राजनीति, समाचार

राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख पार्टी सघन गृहकार्यमा

नेपालअखबार, काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख राजनीतिक दलहरू आन्तरिक बैठक र छलफलमा जुटेका छन् । राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने सयम आउन एक दिन मात्रै बाँकी रहँदा दलहरूले आन्तरिक र अन्तर पार्टी छलफललाई तीव्रता दिएका हुन् । निर्वाचन आयोगले राष्ट्रपतिका लागि उम्मेदवारी दिन फागुन १३ गते शनिवार १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । तर एक दिन अघिसम्म पनि प्रमुख राजनीतिक दलहरूले राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । शुक्रबार बिहान नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता राष्ट्रपतिको उम्मेदवार तय गर्न छलफलमा जुटेका छन् । उनीहरुबीच पुरानो गठबन्धन व्युत्याउने वा एमालेले समेत सिफारिस गरेका माधव नेपालको नाममा राष्ट्रपतिमा सहमति जुटाउने भन्नेबारे छलफल भइरहेको छ । यता राष्ट्रपतिमा उम्मेदवारी दिने बताउ...