अव्यवस्थित बसोबासीलाई जग्गाको पूर्जा लिन तय भएको राजश्व अन्यायपूर्ण छ : सांसद विश्वकर्मा
नेपालअखबार, काठमाडौं । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले अव्यवस्थित बसोबासीलाई बसोबास गरिरहेको जग्गाको पूर्जा लिन तय भएको राजश्व अन्यायपूर्ण रहेको बताएका छन् ।
उनले शुक्रबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय आवास कम्पनीले तय गरेको राजश्व अन्यायपूर्ण रहेको बताएका हुन् ।
‘अव्यवस्थ्ति बसोबासीहरुलाइ आफ्नो पूर्जा पाप्त गर्न राजश्व तय भएको छ । तय भएको राजश्व तिर्न सक्ने अवस्थामा जनता छैनन्’ उनले थपे, ‘अव्यवारिक मात्रै होइन्, त्यो अन्यायपूर्ण छ ।’ तय भएको राजश्व भन्दा सस्तोमा नयाँ जग्गा किन्न सकिने उनले बताए ।
‘आफूले चर्चेको, आफूले भोगचलन गरेको पूर्वाधार निर्माण गरेको जग्गा जमिन आफ्नो नाममा गर्नका निम्ति जति राजश्व तिर्नुपर्ने हो त्यो भन्दा सस्तो त नयाँ जग्गा जमिन किन्न हुने भयो’ उनले भने ।
यस्तो समस्या समाधान गर्नका लागि २०२० सालमै पुर्नबास कम्पनी स्थापना गरिएक...








