Thursday, July 23

राजनीति

विभिन्न जिल्लामा मन्त्री भण्डारीको ५दिने भ्रमण यस्तो रह्यो
राजनीति, समाचार

विभिन्न जिल्लामा मन्त्री भण्डारीको ५दिने भ्रमण यस्तो रह्यो

नेपालअखबार, काठमाडाैं ।  संघीय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी सहित सुदुरपश्चिमका जिल्लाहरु र लुम्विनि प्रदेशको बाँके जिल्ला भ्रमण पछि मंगलबार राजधानी फर्केकाछन् । मन्त्री भण्डारी उक्त क्षेत्रमा रहदाँ करिव १दर्जन कार्यक्रमहरुमा सहभागी भएकाछन् । मन्त्री भण्डारी पुगेका हरेक ठाउँमा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्ना अपेक्षा सुुनाएका छन् । मन्त्री भण्डारीले जन अपेक्षा अनुरुपको काम गर्नका लागि आफु तत्पर रहेको बताएका छन् । जनताका गुनासा सुन्न र समाधान गर्नका लागि मन्त्री पदमा रहँदासम्म परिपक्क तवरले प्रतिवद्धता व्यक्त गरे । मन्त्री भण्डारीले फागुन ५ मा कञ्चनपूरको बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि बेदकोट उद्योग वाणिज्य संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्...
माधव नेपालसँग चिनियाँ राजदूतको भेट
राजनीति, समाचार

माधव नेपालसँग चिनियाँ राजदूतको भेट

नेपालअखबार, काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सोङले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अध्यक्ष नेपाललाई भेट्न राजदूत सोङ बुधबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन् । भेटमा अध्यक्ष नेपालले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् । त्यस्तै राजदूत सोङले राजदूतका रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका छन् । उनीहरुबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेता नेपालको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्न पुगेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । बुधबारमात्रै राजदूत सोङले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रच...
राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने पक्षमा एकीकृत समाजवादी
राजनीति, समाचार

राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने पक्षमा एकीकृत समाजवादी

नेपालअखार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालयको ५० औं बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिकलगायत विषयमा छलफल गरिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो  । जनताको लामो सङ्घर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि विरुद्ध भइरहेका गतिविधिप्रति छलफल गरिएको बैठकमा अग्रगमन पक्षधरलाई एकताबद्ध गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको बैठक पछि संचारकर्मीहरुसँगको कुराकानीमा प्रमुख खतिवडाले बताउनु भएको हो ।...
आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
राजनीति, समाचार

आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिवेदन गर्ने छन् ।यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।...
जनताकाे घरदैलाेमा खानेपानी मन्त्री अब्दुल खान
राजनीति, समाचार

जनताकाे घरदैलाेमा खानेपानी मन्त्री अब्दुल खान

नेपालअखबार, काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले नुवाकोटको विदुर नगरपालिकामाअवस्थित  खानेपानी व्यवस्थापनको अवलोकन साथै अध्ययन  गरेका छन् । मन्त्री खानले जनताकाे घरदैलाे सम्म के कसरी खानेपानीकाे पहुँच हुदैछ साेकाे अध्ययन जनताकाे बाझमा पुगेर नै थाहा हुने बताए । खानेपानीकाे दाेस्राे ठूलाे देश भएता पनि जनताले खानेपानी भर्नका लागि नै दिन भरिचाहान परेकाे अवस्था अलि पनि कति ठाउमा रहेकाे मन्त्री खानले बताए । खानेपानीकाे उपयाेग मात्र हाेइन स्राेतकाे संरक्षणका लागि पनि याेजना बनाएर लाग्नु पर्ने बताएका छन् । खानेपानीमा मुहानकाे उपयाेग मात्रै गर्दै जादा मुहान संरक्षणा तर्फ बेलैमा ध्यान पुग्न पर्ने बताए ।...
पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने : अध्यक्ष नेपाल
राजनीति, समाचार

पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने : अध्यक्ष नेपाल

नेपालअखबार, दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताएका छन् । राष्ट्रपति पदको उम्मेदवारको चर्चाबारे भने उनी खुलेनन् । लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ-देउखुरी पुगेका नेपालले पत्रकार भेटघाटमा राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताए । ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो, मैले नै आफैं के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भनेर सोचिसकेको छैन,’ उनले भने । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले मिडियामा आएका सबै कुरा सत्य नहुने बताए । यसबारे हतारमा केही नबोल्ने बताउँदै उनले भने, ‘प्रेसमा आएका कुराहरु सबै सत्य नै हुन्छन् भन्ने कुरा छैन । विभिन्न पक्षले केके अनुमान गर्छन् सुनौं,...
आज प्रधानमन्त्रीसँग भेटवार्ता, अरू दलहरूसँग पनि भेट्ने
राजनीति, समाचार

आज प्रधानमन्त्रीसँग भेटवार्ता, अरू दलहरूसँग पनि भेट्ने

नेपालअखबार, काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमतिअनुसार राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउन दलहरूसँग पहल गर्ने निर्णय गरेको हो। उक्त निर्णयपछि लोसपाका नेताहरू प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार गएका छन्। लोसपा नेता केशव झाले राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा पार्टीले अध्यक्ष ठाकुरलाई अघि बढाउने निर्णय गरेअनुसार दलहरूसँग भेटघाट सुरू गरिएको  जानकारी दिए। उनकाअनुसार नेपाली कांग्रेसलगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूसँग लोसपाले कुराकानी गर्ने तयारी गरेको छ। यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदव...
पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ
राजनीति, समाचार

पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ

नेपालअखबार, चरिकोट । पेशागत महासंघ नेपाल दोलखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गोपालध्वज श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा सिताराम दहाल ,अर्चनाकुमारी झा ,सचिवमा प्रकाश दहाल ,सह सचीव गोविन्द कार्की र कोषाध्यक्षमा नवीनकुमार खतिवडा रहेका छ्न। त्यसैगरी सदस्यहरूमा बिप्र खड्का,जीवन शर्मा रिमाल,यज्ञप्रसाद घिमिरे,कृष्ण शिवाकोटी,पर्शुराम कार्की,बीरबहादुर दहाल,राजु बुढाथोकी,राधाकृष्ण शिवाकोटी,कृष्णप्रसाद  रिमाल रहनु भएको छ । अधिवेशन आयोजक कमिटी दोलखाका अध्यक्ष गोपालध्वज श्रेष्ठको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिट्ब्युरो सदस्य शिव प्रसाद भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रम मा नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी अध्यक्ष भिम प्र...
विज्ञान र प्रविधिमा लगानी नगरी विकास सम्भव छैन: प्रधानमन्त्री
राजनीति, समाचार

विज्ञान र प्रविधिमा लगानी नगरी विकास सम्भव छैन: प्रधानमन्त्री

नेपालअखार, काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने बताएका छन्। बालुवाटारमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन। नेपाल स्वतन्त्र भएर आत्मसममानको साथ बाँच्ने स्थितितिर जाँदैन,’ उनले भने। वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले बताए। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ उनले भने। विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्...
ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ: राष्ट्रपति
राजनीति, समाचार

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ: राष्ट्रपति

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन्। ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ‘ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेकी हुन्। ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ। नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्म...