Thursday, July 23

राजनीति

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू
राजनीति, समाचार

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू

नेपालअखबार, काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको छ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो बैठक
राजनीति, समाचार

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो बैठक

नेपालअखबार, काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैटठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।उक्त बैठकमा राष्ट्रपति निर्वाचन लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने आगामी रणनीति तय गर्ने उनले बताए ।...
उपराष्ट्रपति पदमा जसपाको अडान
राजनीति, समाचार

उपराष्ट्रपति पदमा जसपाको अडान

नेपालअखबार, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपराष्ट्रपति पदमा आफ्नो अडानमा कायम रहेको छ । पावर सेयरिङमा उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने जसपाको माग छ । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले दुवै पक्षसँग कुराकानी गरिरहेका छन् । यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथसाथै  कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग पनि समानान्तर छलफल गरिरहेका हुन् । उनले ती भेटहरूमा राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायबाट हुनुपर्छ भन्दै उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएका छन् ।  जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एउटा जसपाले पाउनुपर्ने आफूहरूको अडान रहेको बताए । राष्ट्रपति नपाउने निश्चित जस्तै रहेकाले आफ्नो पार्टीले उपराष्ट्रपतिका लागि सबै दलहरूसँग संवाद गरिरहेको उनको भनाइ छ । ...
झलनाथ खनाल बंगलादेश प्रस्थान
राजनीति, समाचार

झलनाथ खनाल बंगलादेश प्रस्थान

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । बिहीबार मध्यान्ह बंगलादेश एयरलाइन्समार्फत उनी ढाका प्रस्थान गरेका हुन् । सार्क हुमेन राइट्स फाउन्टेसनको आयोजनमा हुन गइरहेको अन्तराष्ट्रिय मापदण्डको बंलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन खनाल त्यसतर्फ गएका हुन् । खनालसहित उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा, केन्द्रीय सदस्य ताज मुहम्मद मिँया गएका छन् । खनालले शुक्रबार बंलादेशकी प्रधानमन्त्री शेख हसिनासँग समेत शिष्टाचार भेटघाट गर्ने कार्यतालिका बनाएको छ । खनाल गतसाता मात्रै भारत भ्रमण गरेर फर्किएका थिए ।...
प्रधानमन्त्री प्रचण्ड र नेपालबीचको भेटवार्ता सकियो
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र नेपालबीचको भेटवार्ता सकियो

नेपालअखबार,  काठमाडौँ । राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच छलफल भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालीबीच आधा घण्टा कुराकानी भएको छ । प्रचण्ड र नेपालबीचको भेटवार्तामा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहभागी थिए । बैठकपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए । यस्तै  पाँच दलीय गठबन्धन बिउँताउनेबारे छलफल भइरहेको प्रचण्डको भनाइ छ । पाँच दलीय गठबन्धन बिउँताउन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘छलफल भइरहेको छ । फाइनल भइसकेको छैन ।’ यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले  पनि विभिन्न विकल्पमा छलफल भइ...
हिंसालाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुखद : केपी ओली
राजनीति, समाचार

हिंसालाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुखद : केपी ओली

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा सार्वजनिक विदा दिएकामा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको जिकिर गर्दै सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् । बिहीबार आफ्नो जन्मदिनको अवसरमा बालकोटस्थित निवासमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा चाहिँ सही होइन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन...
प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा छलफल
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा छलफल

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भइरहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार मध्यान्ह उनीहरु छलफलमा जुटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालसँग छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन् । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा उनीहरुबीच छलफल भइरहेको बुझिएको छ । बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । हिजो साझ कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ । यस्तका लागि प्रधानमन्त्री प्रचण्ड र नेपालबीच छलफल भइरहेको स्रोतको भनाइ छ ।...
राष्ट्रपति उम्मेदवार छान्न कांग्रेसले बोलायो बैठक
राजनीति, समाचार

राष्ट्रपति उम्मेदवार छान्न कांग्रेसले बोलायो बैठक

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति उम्मेदवार तय गर्न नेपाली कांग्रेसले बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका हुन्। देउवा निवास धुम्बाराहीमा आज बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने सभापति देउवाको सचिवालयले जानकारी दिएको छ। राष्ट्रपति उम्मेदवार हुन वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरूले आकांक्षा देखाएका छन्। कसलाई राष्ट्रपति उम्मेदवार बनाउने भन्नेबारे सुझाव लिन सभापति देउवाले बैठक राखेका हुन्। सकेसम्म आजै उम्मेदवार तय गर्ने गरी छलफल गरिने बताइएको छ। फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ। कांग्रेसले चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँत्याएर राष्ट्रपति आफूले लिन खोजेको छ। सभापति देउवासहित नेताहरूले बुधबार ...
राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने
राजनीति, समाचार

राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी  छ ।...
आन्तरिक मामिलामन्त्रीको गृह जिल्ला भ्रमणः प्रहरी चौकी निरीक्षणदेखि सम्मान ग्रहणसम्म
राजनीति, समाचार

आन्तरिक मामिलामन्त्रीको गृह जिल्ला भ्रमणः प्रहरी चौकी निरीक्षणदेखि सम्मान ग्रहणसम्म

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले (गृह जिल्ला) नवलपुरका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको निरिक्षण गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला पुगेर प्रहरी कार्यालय र त्रिवेणी भन्सारको स्थलगत अनुगमन गरेका हुन् । स्थलगत अवलोकनका क्रममा मन्त्री गाहामगरले छिमेकी राष्ट्र भारतसँगको सिमानामा रहेको इलाका प्रहरी कार्यालय त्रिवेणी, सोही सीमामै रहेको सशत्र प्रहरी बलको विओपी, बुलिङटार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय डेढगाउँको निरिक्षण गरे । अवलोकन पश्चात प्रहरी कार्यालयलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रहेकाले सोही अनुरुप अघि बढ्ने मन्त्री गाहामगरले बताए । ‘अनुगमन पछि मैले सिमित स्रोत र साधनले उच्च मनोबलसहित देश र जनताको सेवामा समर्पित भएको देखे, मन्त्री गाहामगरले भने, रा...