Wednesday, July 22

राजनीति

समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड छ । त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, ‘आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपू...
प्रजातन्त्र स्थापनाले परिवर्तनको मार्ग प्रशस्त गरेको हो : सभापति देउवा
राजनीति, समाचार

प्रजातन्त्र स्थापनाले परिवर्तनको मार्ग प्रशस्त गरेको हो : सभापति देउवा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभइ आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन् । उनले फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले विसं २००७  कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन एक सय चार वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना भएको बताए। “राजनीतिक परिवर्तनमात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग¥यो र ...
राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
राजनीति, समाचार

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

नेपालअखबार, काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७९ वार्षिक पत्रिका र (विसं १८७२–२००७) नेपाली सेनाको इतिहास’को विमोचन गरिन् । उनले ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनाई र दोस्रो हुने सेनानी टेकबहाद...
स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारी निकायलाई निर्देशन
राजनीति, समाचार

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारी निकायलाई निर्देशन

नेपालअखबार, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरकारी निकायहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा दिन निर्देशन दिएको हो । ‘सार्वजनिक निकायले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिकाको दफा ४ अनुसार नेपाली उत्पादन प्रयोग र खरिद गर्ने व्यवस्था मिलाउने,’ मन्त्रालयले भनेको छ । यस्तै, सार्वजनिक निकायमा आउने पाहुनालाई स्वदेशी चिया र खाजा मात्रै खुवाउन भनिएको छ । सार्वजनिक निकायले प्रयोग गर्ने स्टेशनरी र मेसिनरी औजार जस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ । नेपाली सामान विदेशीको तुलनामा १५ प्रतिशतसम्म महँगो भएपनि नेपाली उत्पादन नै किन्न मन्त्रालयले ...
सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यक छ : राष्ट्रपति
राजनीति, समाचार

सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यक छ : राष्ट्रपति

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औंल्याएकी छन् । उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताइन् । महाशिवरात्रि पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने विश्वास व्यक्त गरिन् । उनले प्रकृति, योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको बताएकी छन् । मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र व...
रामचन्द्रले राष्ट्रपतिमा सहयोग मागे, उपेन्द्रले उपराष्ट्रपतिमा
राजनीति, समाचार

रामचन्द्रले राष्ट्रपतिमा सहयोग मागे, उपेन्द्रले उपराष्ट्रपतिमा

नेपालअखबार, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भयो । जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो । भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए ।  यादवले भने उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।  उपराष्ट्रपतिमा आफ्नो पार्टीलाई सहयोग हुनेछ भन्ने राष्ट्रपतिमा सहयोग गर्न तयार रहेको सन्देश यादवले दिएका थिए । राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।...
राउतले आफ्नो क्षत्रेमा सुरु गरे ‘दलान दलील’ कार्यक्रम
राजनीति, समाचार

राउतले आफ्नो क्षत्रेमा सुरु गरे ‘दलान दलील’ कार्यक्रम

नेपालअखबार, जनकपुर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ‘दलान दलील’ कार्यक्रम सुरु गरेका छन् । आफू निर्वाचित सप्तरी निर्वाचन क्षेत्र २ मा उनले ‘दलान दलील’ कार्यक्रम सुरु गरेका हुन् । उनले यस कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्रको प्रत्येक गाउँमा पुगेर जनतासँग छलफल गरी योजनाहरु माग्ने र गुनासो सुन्ने कार्य शुक्रबारबाट सुरु गरेको बताए । ‘मेरो निर्वाचन क्षेत्रको प्रत्येक गाउँमा पुग्ने कार्यक्रम बनेको छ । जनताको दलानमै गएर उहाँहरुको गुनासो सुन्ने कार्य सुरु गरेको छु ।’ उनले पहिले विकास निर्माणका योजनाहरु ठेक्केदार वा नेताहरुको चाहना अनुसार राखिने गरेको बताउँदै अब जनताको आवश्यकता अनुसार जनताकै चाहना अनुसार योजनाहरु तयार पार्ने बताए । शुक्रबार दलान दलील कार्यक्रममा उपस्थित सर्वसाधारणहरुले सडक निर्माण, विद्यालय सुधार, कृषि सडक, कृषि मिटर, विजुली पुर्याउने लगायतका समस्या समाधानका लागि...
ओली भेटपछि चिनियाँ राजदूत बालकोटमा
राजनीति, समाचार

ओली भेटपछि चिनियाँ राजदूत बालकोटमा

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत बालकोट पुगेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटमा गएर भेटेको केहीबेरमै चिनियाँ राजदूत चेन सोङ पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन्। राजदूतसँग झण्डै डेढ घण्टा कुरा भएको ओलीको सचिवालयले जनाएको छ। प्रचण्डसँगको भेटघाट बिहान ८:३० बजे तय भएपछि राजदूतसँगको भेट बेलुकालाई सारिएको थियो। भेटको कार्यतालिका पहिला नै तय भएको ओलीको सचिवालयले जनाएको छ। ‘शुक्रबार साँझ ६:३० बजेदेखि झण्डै डेढ घण्टा उहाँहरूबीच कुराकानी भयो’, सचिवालयले भन्यो, ‘पहिलाकै कार्यतालिका अनुसार भेट भएको हो।’ उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच साढे २ घण्टा कुराकानी भएक...
स्थानीय तहका उम्मेदवारले जरिबाना तिर्नु नपर्ने
राजनीति, समाचार

स्थानीय तहका उम्मेदवारले जरिबाना तिर्नु नपर्ने

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगको निर्णयअनुसार जरिबानामा परेका स्थानीय तहका उम्मेदवारले अब जरिबाना तिर्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सबै उम्मेदवारको जरिबाना माफी मिनाहा गर्ने निर्णय लिएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६  बमोजिम राष्ट्रपतिले जरिबानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वैशाख  ३० गतेको  स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर जरिबानामा परेका जनप्रतिनिधिहरूले गत माघ २२ गते गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि अनुरोधपत्र पठाएका थिए । यस्तै प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूलाई पनि ज्ञापनपत्र बुझाइएको थियो । उनीहरुको आग्रहअनुसार मन्त्रिपरिषदबाटै सिफारिस भएर राष्ट्रपतिबाट यो निर्णय भएको ...
प्रमुख प्रतिपक्षको मान्यताका विषयमा कांग्रेसले लियो कानुन व्यवसायीको राय
राजनीति, समाचार

प्रमुख प्रतिपक्षको मान्यताका विषयमा कांग्रेसले लियो कानुन व्यवसायीको राय

नेपालअखबार, काठमाडौं । प्रमुख प्रतिपक्ष दलको मान्यताका विषयमा कांग्रेसले कानुन व्यवसायीसँग परामर्श गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखकले कानुन व्यवसायीसँग छलफल गरेका हुन् । परामर्शमा सहभागी एक कानुन व्यवसायीका अनुसार प्रतिपक्ष दल हैसियत कांग्रेसमा रहेको आफूहरुले जानकारी गराएको बताए । ‘कांग्रेस प्रतिपक्ष दल नै हो । संसद सचिवालयले प्रमुख प्रतिपक्ष दलको कुर्ची नै छुट्याएर राखेको छ,’ छलफलमा सहभागी कानुन व्यवसायीले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेताले प्राप्त गर्ने सेवा सुविधाको लागि पत्र पनि संसद सचिवालयले लेखेको छ । यसमा द्धिविधा हुनुपर्ने छैन ।’ कांग्रेस प्रमुख प्रतिपक्षको हैसियतमा रहेको राय दिएको उनले बताए । कांग्रेसले कानुन व्यवसायीहरुमा शम्भु थापा, रामनारायण विडारी,...