Wednesday, July 22

राजनीति

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
राजनीति, समाचार

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

नेपालअखबार, काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ । शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई आगामी १० गते बस्ने प्रतिनिधि सभाको बैठकबाट फिर्ता लिनेगरी निर्णय भएको बताइन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले अगाडि बढाएको उक्त विधेयक विवादमा तानिएको थियो ।...
स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ हुन्छ- प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ हुन्छ- प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी ऐनहरु तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दावी समेत गरे। शुक्रबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा बोल्दै उनले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुनेगरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्नेगरी अगाडि बढन प्रतिष्ठानलाई निर्देशन दिए। प्रधानमन्त्री दाहालले विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गरी मुलुकको समृद्ध...
सरकारले भदौभित्र सार्वजनिक बिदाबारे पुनरावलोकन गर्ने
राजनीति, समाचार

सरकारले भदौभित्र सार्वजनिक बिदाबारे पुनरावलोकन गर्ने

नेपालअखबार, काठमाडाैं । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको छ। गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। बिहीबारको मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ। सरकारकी प्रवक्ता रेखा शर्माले २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरावलोकन नगरिएको बताइन्। ‘भइराखेका बिदामा २ दिन बिदा थप गर्ने निर्णय भएको छ। पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरिएको हो,’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले भनिन्, ‘भदौभित्र बिदा पुनरावलोकन गर्ने निर्णय भएको छ।’ यसवर्ष पनि सरकारले पृथ्वी जयन्ती र 'जनयुद्ध दिवस' मा बिदा दिएको थियो। सार्वजनिक बिदा धेरै भएको भन्दै प...
बालुवाटार पुगेर चित्रबहादुर केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र
राजनीति, समाचार

बालुवाटार पुगेर चित्रबहादुर केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपालअखबार, काठमाडाैं ।  राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्। पार्टीका नेताहरूसहित केसी ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए। गणतन्त्र, संघीयता, राष्ट्रियता र जनजीविकाका विभिन्न विषय समेटेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चाले ज्ञापन पत्र बुझाएको हो। राष्ट्रिय जनमोर्चाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गरेको छैन। गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा जनमोर्चाले विपक्षमा मत दिएको थियो। तर गत मंसिरमा भएको चुनावसम्म राष्ट्रिय जनमोर्चा तत्कालीन सत्ता गठबन्धनमै थियो।...
सांसद अरुण चौधरीको रिहाईबारे गृहले माग्यो राय
राजनीति, समाचार

सांसद अरुण चौधरीको रिहाईबारे गृहले माग्यो राय

नेपालअखबार, काठमाडौँ । सांसद अरुण चौधरीलाई रिहा गर्नेबारे गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेका छ । बिहीबार रायका ‍‍‍‍‍‍लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) जितेन्द्र बस्नेतले बताए । महान्यायाधिवक्ता रायकाअनुसार अरू प्रक्रिया अघि बढ्ने सहसचिव बस्नेतले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ट्याक्टर आगजनी गरेको पुरानो मुद्दामा उनी थुनामा छन् ।...
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री किराँती
राजनीति, समाचार

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री किराँती

नेपालअखबार, कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन् । पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताए । गत पुस १७ गते भव्य उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्र भइरहेका छन् । यहाँका पर्यटन व्यवसायीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग छ । मन्त्री किराँतीले भने, “पोखरादेखि सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरेका छौँ, यही मितिदेखि भनेर भन्न नसके पनि अत्यधिक कोशिस मन्त्रालयले गरिरहेको छ, हाम्रोतर्फबाट यथाशक्य चाँडो गर्नुपर्दछ भन्ने धारणा छ ।” उ...
११७१ मा फोन गरेर गुनासो सुनाउन टिपाउनुस् : खानेपानी मन्त्री खान
राजनीति, समाचार

११७१ मा फोन गरेर गुनासो सुनाउन टिपाउनुस् : खानेपानी मन्त्री खान

नेपालअखबार, काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनाउने टोल फ्री नम्बर सार्वजनिक गरेका छन् । बिहीबार खानेपानी मन्त्रालयमा गरिएको एक कार्यक्रममा उनले गुनासो सुनुवाइ इकाईको स्थापना गरेको जानकारी गराएका छन् ।  सो अवसरमा बोल्दै मन्त्री खानले मन्त्रालय र सो अन्तर्गत रहेका खानेपानी सम्बद्ध कार्यालयको सेवा प्रवाहको बारेमा तथा खानेपानी समस्याका बारेमा टोल फ्री नम्बर फोन गरेर गुनासो टिपाउन सकिने जानकारी दिए । जनताका गुनासो लिन कार्यालय समयमा ४ जना कर्मचारी खटिने र कार्यालय बन्द भएपछि फोन गरेर गुनासो रेकर्ड गराउन सकिने जानकारी दिए ।  मन्त्री खानले जनताबाट आएको गुनासो सम्बोधनका लागि गुनासो अनुसारका कार्यालयले समाधानका लागि ध्यानाकर्षण गर्ने बताए ।  यस्तै उनले सिंहदरबारभित्र अब पूर्ण रूपमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनबाट आएको पानी प्रयोग गर्नुपर्ने बताए । सिंहदरबारभित्र पूर्ण रूप...
सत्ता गठबन्धन धेरै दिन टिक्दैन : नेता थापा
राजनीति, समाचार

सत्ता गठबन्धन धेरै दिन टिक्दैन : नेता थापा

नेपालअखबार, सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले वर्तमान सरकारलाई दक्षिणपन्थी खिचडी सरकारको संज्ञा दिएका छन्। आज बिहान वीरेन्द्रनगरका आयातित पत्रकार सम्मेलनमा  उनले यस्तो टिप्पणी गरेका हुन् ।  सरकारमा सहभागी मन्त्रीहरूले नै सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी अभिव्यक्ति दिएर संविधानमाथि प्रहार भइरहेको उनले बताए। 'यस्तो खालको कार्यको समाजवादीले विद्रोह गर्ने छ,' उनले भने ।  खिचडी सरकारबाट देशको भविष्य नरहेको बताउँदै उनले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताए । साथै राष्ट्रपति दल भन्दा बाहिरको व्यक्ति बनेको खण्डमा समाजवादीले समर्थन गर्ने उनको भनाइ छ।...
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
राजनीति, समाचार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार गएका हुन्। भावी राष्ट्रपतिका विषयम फरक-फरक कोणबाट चर्चा भइरहेका बेला सत्ता गठबन्धन दलका दुई शीर्ष नेताबीच कुराकानी भएको हो।...
३ कुलपतिले गरे शपथ ग्रहण
राजनीति, समाचार

३ कुलपतिले गरे शपथ ग्रहण

नेपालअखबार, काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले आज बिहान शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि उपस्थिति थियो ।...