Wednesday, July 22

राजनीति

प्रधानमन्त्री प्रचण्ड कैलालीमा : शहीद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको अवलोकन
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड कैलालीमा : शहीद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको अवलोकन

नेपालअखबार, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका मन्त्रीहरुले कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ पवज्ञान विश्वविद्यालय (गेटा) को अवलोकन गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमवार पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् । कैलालीमा प्रधानमन्त्रीले गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । सरकारले आइतवार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारुपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । सुरुदेखि अन्योल  सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो । तर प्रारुपबारे २०६५ देखि ...
रक्षामन्त्री हरिप्रसाद उप्रेती र राजनाथ सिंहबीच भेटवार्ता
राजनीति, समाचार

रक्षामन्त्री हरिप्रसाद उप्रेती र राजनाथ सिंहबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं। रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भारतको बेङ्गालुरु कर्नाटकामा आजदेखि सुरू भएको ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा रक्षामन्त्री उप्रेतीले भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् । भारत सरकारको निम्तोमा उनी आइतबार त्‍यसतर्फ प्रस्थान गरेका थिए । मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी सहभागी छन् ।...
परराष्ट्रमन्त्री पौड्यालसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट
राजनीति, समाचार

परराष्ट्रमन्त्री पौड्यालसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

नेपालअखबार, काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग दक्षिण कोरियाका राष्ट्रपति युन सियोक योलका विशेष दूत सुङ मिन जङले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ । भेटमा परराष्ट्रमन्त्री डा पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदानप्रदान लगायतका क्षेत्रमा सहकार्य अघि बढाउन कोरियन सरकारलाई आग्रह गरेकी थिइन् । सो अवसरमा सल्लाहकार सुङले ईपिएसअन्तर्गत १५ हजारभन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताएका थिए । उनले परराष्ट्रमन्त्री डा पौड्याललाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको समेत अवगत गराएका थिए ।...
अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौंमा
राजनीति, समाचार

अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौंमा

नेपालअखबार, काठमाडाैं । अमेरिकाकी उप-सहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आएकी छन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप-सहायक विदेशमन्त्री सोमबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। भ्रमणका क्रममा उनले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछिन्। भेटमा उनले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ।...
फागुन १० गतेसम्म सत्ता गठबन्धन भत्किन्छ : महामन्त्री थापा
राजनीति, समाचार

फागुन १० गतेसम्म सत्ता गठबन्धन भत्किन्छ : महामन्त्री थापा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् । सोमबार रुपन्देहीमा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्म भत्किने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवादमा रहेका थापा भन्छन्, ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।’ निर्वाचन अघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँतिने उनको दाबी छ । राष्ट्रपतिमा पनि कांग्रेसले नै प्रस्ताव गरेको उमेदवार निर्वाचित हुने महामन्त्री थापाले बताए । एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने उनको भनाइ छ । सबै पार्टीले यो कुरा भोगिसकेकाले एमाले उमेदवारलाई भोट नहाल्ने महामन्त्रीको दाबी छ ।...
खानेपानीमा कसैलाई पनि राजनीति गर्ने छुट छैन : मन्त्री अब्दुल खाँन
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानीमा कसैलाई पनि राजनीति गर्ने छुट छैन : मन्त्री अब्दुल खाँन

नेपालअखबार, काठमाडौं । खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै उनले राजधानीवासीका घरघरमा खानेपानी सेवा दिनसकेमात्र वार्षिकोत्सव मनाएको महत्त्व हुने बताए । काठमाडौँ उपत्यकाका सबै स्थानमा समानुपातिक रूपमा खानेपानी वितरण गर्न पनि मन्त्री खाँनले सरोकार भएका निकायका अधिकारीलाई निर्देशन दिए । उनले नेपालले प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्य हासिल गर्न सबै लाग्नुपर्ने बताए । मन्त्रालयलगायत खानेपानीसँग सरोकार भएका निकायले गल्ती गरे त्यसलाई सार्वजनिक गरेर सञ्चारमाध्यमले सहयोग गर्न पनि आग्रह गर...
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरे पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रिय समिति बैठक बोलाएको छ । आज अपरान्ह ३ बजे, बसुन्धारामा बस्ने बैठकमा सभापति रबि लामिछानेले राजनीनितक संयन्त्रमा भइरहेका छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदारीका बारेमा छलफल गर्नेछन् । ‘मुख्यतः पार्टीको जिम्मेवारी बाँडफाँडको बिषयमा छलफल हुनेछ, साथै समसामायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ’, केन्द्रीय सदस्य तथा सांसद मनिष झाले भने । हिजो बसेको सत्ता साझेदर दलसम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनु पर्ने माग गरेका थिए । लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग यसवारेमा छलफल गरेका जनाएका थिए । अपरान्ह निर्वाचन आयोगले १० बैशाखमा चितवन–२ मा उपनि...
जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति : प्रधानमन्त्री
राजनीति, विचार, समाचार

जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताएका हुन् । उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे । उनले  सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए । उनले भने, ‘यस पटक सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरको रूपमा लिएको छु । हामीलाई असफल हुने बिलकुलै छुट छैन । हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्र...
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको बचाउमा ओलीजी ढाल बनेर  निस्कनु भयो – नेता भुसाल
राजनीति, समाचार

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको बचाउमा ओलीजी ढाल बनेर निस्कनु भयो – नेता भुसाल

नेपालअखबार, काठमाडौँ । नेकपा  एकीकृत समाजवादी ) का नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओली राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको बचाउमा ढाल बनेर निस्केको बताउनु भएको छ । एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको भर्चुअल बैठकलाई  सम्बोधन गर्दै उहाँले ओली प्रवृत्तिको आलोचना गर्दै  राष्ट्रिय पूँजीको विकास नै आजको मुख्य कार्यभार रहेको उल्लेखगर्नुभयो । त्यसका लागि विचार मिल्ने वाम पार्टीहरूको एकता गर्ने पार्टीको लाइन रहेको भन्दै पार्टी सानो भयो भनेर मन खिन्न पार्न जरुरी नरहेको उल्लेख गर्दै  नेतृत्व भने सही हुनुपर्ने बताउनु भयो  । नेतृत्व खराब हुँदा ठूलो पार्टी भएर पनि नेकपा विघटन भएको नमिठो अनुभव आफूहरुसँग रहेको बताउनु भयो । प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा भएको बैठकमा अमेरिका,अस्ट्रेलिया, युरोप, खाडी र एसिया प्यासिफिक क्षेत्रबाट प्रतिनिधित्...
पाँच दिने भ्रमणका लागि रक्षामन्त्री उप्रेती भारत प्रस्थान
राजनीति, समाचार

पाँच दिने भ्रमणका लागि रक्षामन्त्री उप्रेती भारत प्रस्थान

नेपालअखबार, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन् । रासस...