Saturday, July 18

राजनीति

एकीकृत समाजवादी तनहुँ-काठमाडौं सम्पर्क मञ्च पुनर्गठन
राजनीति, समाचार

एकीकृत समाजवादी तनहुँ-काठमाडौं सम्पर्क मञ्च पुनर्गठन

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको तनहुँ–काठमाडौँ सम्पर्क मञ्च पुनर्गठन भएको छ । तनहुँ–काठमाडौँ सम्पर्क मञ्चको भेलाले रामहरि पाण्डेको अध्यक्षतामा मञ्च पुनर्गठन भएको हो । मञ्चको उपाध्यक्षमा संघर्ष पोखरेल, सचिव दुर्गा नेपाली र उपसचिवहरू सरस्वती पोखरेल, भुवन श्रेष्ठ र कोषाध्यक्ष अब्बास अलि रहेका छन् । यस्तै, मञ्चका सदस्यहरूमा लक्ष्मी पौडेल पोखरेल, लक्ष्मीभक्त भट्टराई, समिधा रानाभाट, अनमोल पौडेल, श्रीजना थापासहित १५ सदस्यीय कमिटी निर्माण भएको छ । आइतबार भएको बिस्तारित बैठक एवं भेलाको प्रमुख अतिथि पार्टी पोलिट्ब्युरो सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटी इन्चार्ज विजय गुरुङको उपस्थितिमा भएको भेलामा सम्पर्क मञ्च पुनर्गठन गरिएको हो । यस्तै, पार्टी केन्द्रिय कमिटी सदस्य एवं गण्डकी प्रदेश सम्पर्क कमिटी इन्चार्ज शंकर पोखरेल, नेपाल बुद्धिजीवी परिषद (समाजवादी)का वरिष्ठ उपाध्यक्ष सि...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त
राजनीति, समाचार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

नेपालअखबार, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका छन् ।यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।...
राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : कांग्रेस
राजनीति, समाचार

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : कांग्रेस

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने बताएको छ । पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो । प्रवक्ता डा. प्रकाशरण महतले भने, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’ आलटाल गरेर पछाडि धकेल्न नहुने कांग्रेसको जोड छ । बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरुसँग छलफल थाल्ने निर्णय पनि गरेको डा. महतले बताए ।...
सेताम्मे हिमाल कालो देखिन थाले
राजनीति, समाचार

सेताम्मे हिमाल कालो देखिन थाले

नेपालअखबार, सिन्धुपाल्चोक । चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट  सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ ।यसबाट  पर्यटकीय गन्तव्यको रुपमा परिचित यहाँको हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन क्षेत्र  प्रभावित हुन थालेको छ । ती क्षेत्रको डाडाँकाडा मङ्सिर सुरु हुँने वित्तिकै  हिउँले सेताम्मे हुने गर्दथ्यो । पछिल्ला वर्षहरुमा हिमालमै हिँउ पर्न छाडेपछि हिमाली दृश्यसँगै हिउँमा खेल्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटक घट्दै गएका जनाइएको छ ।  यसबाट पर्यटन व्यवसायमा आत्मनिर्भर रहेका स्थानीय विस्थापित हुन थालेका छन् । हेलम्बु क्षेत्रमा निर्माण भएका आकर्षक होटल, गुम्बा, ग्रेटटेलजस्ता पर्यटकीय ठाउँमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको  हेलम्बु–२ का कामी लामा बताउँछन् । उनका अनुसार जिल्लाको पाँचपोखरी, नागिथाम, च्योच्योडाँडा, आमायाङरी...
उपसभामुख इन्दिरा राना रास्वपाबाट अलग
राजनीति, समाचार

उपसभामुख इन्दिरा राना रास्वपाबाट अलग

नेपालअखबार, काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएकी छन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् । रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् । राना सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।...
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् । सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् । संसदलाई संचालनलगायतका विषयमा छलफल उनले परामर्श गरिरहेका छन् ।...
प्रधानमन्त्री ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री रावलबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार दुवैबीच समसामयिक राजनीतिक विषयमा छलफल भएकाे छ। सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेतासमेत रहेका रावल २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर मुख्यमन्त्री रावलले विश्वासकाे मत जुटाउन भेटघाटलाई तिब्र पारिरहेका छन्। सुदूरपश्चिममा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नगरे विश्वासकाे मत दिन नसकिने अडान राखेपछि रावलकाे दाैडधूप बढाएका हुन्। ...
नेताहरू जनताकाे  दुख सुखकाे साथी बन्न पर्छ : अध्यक्ष नेपाल
राजनीति, समाचार

नेताहरू जनताकाे  दुख सुखकाे साथी बन्न पर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष   तथा प्रमुख अतिथि माधवकुमार नेपालले मुस्लिम इत्तेहाद संगठन नेपालकाे सकि्यताले नेपालमा रहेका मुस्लिम समुदायका समस्या समाधान गर्न सकिने बताए । अध्यक्ष नेपालले वि.स २०३५ सालमा भूमिगत राजनितिमा सक्रियता हुदा पनि आफ्नाे  इन्चार्ज तथा सहयाेगि मुस्लिम समुदायका व्यत्तित्व हरेकाे जान्कारी गराए । समाजवादकाे विचार सहित जनताका साथमा पुग्न पर्ने वर्तमान अवस्था रहेकाे बताए । नेताहरू जनताकाे  दुख सुखकाे साथी बन्न पर्छ। नेपालमा रहेका मुस्लिम समुदायका वस्ति वस्तिमा पुगेर समुदायका आवश्यकताहरू पहिचान गरि समाधानका लागि पार्टीमा सुझाव पेश गर्न पर्ने बताए । उपमहासचिव  तथा संगठन विभाग प्रमुख विजय पाैड्यलले संगठन विस्तार गर्नु सक्रियता देखाउन पर्ने बताए ।  उपमहासचिव  तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संगठनहरूले  पार्टी केन्द्रिय कार्यालयमा आफ्ना...
माओवादीले बोलायो स्थायी समिति बैठक
राजनीति, समाचार

माओवादीले बोलायो स्थायी समिति बैठक

नेपालअखबार, काठमाडाैं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ। यही माघ १२ गते पेरिसडाँडामा बस्ने गरी माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो। बैठकमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन तथा पार्टी संगठन र भावी कार्य योजना मुख्य एजेन्डा रहेका छन्। त्यसैगरी यो बैठकमाा पछिल्लो राजनीतिक अवस्था, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको भूमिका, नेपाल समाजवादी पार्टीसँग एकतासहितका विषयमा पनि छलफल हुने एक नेताले बताए। माओवादीले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय समिति बैठकमै छलफल हुन सक्ने बताइएको छ। त्यहाँ पनि राष्ट्रपति निर्वाचनबारे कुरा हुने बताइएको छ। राष्ट्रपतिमा अध्यक्ष प्रचण्डले कांग्रेससहितको सहमति खोज्ने बताइरहेका छन्।...
युवा संघको बैठकमा एमाले नेता भीम रावलमाथि कारबाहीको माग
राजनीति, समाचार

युवा संघको बैठकमा एमाले नेता भीम रावलमाथि कारबाहीको माग

नेपालअखबार, धनगढी । नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग भएको छ । राष्ट्रिय युवा संघ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् । आइतबार धनगढीमा भएको राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बिसीले नेता रावलकै कारण अछाममा संगठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाएका छन् । ‘अछामबाट भीम रावललाई हामीले कति पटक भोट हालेर जितायौँ । पार्टीको उपाध्यक्ष बनाउँदै राष्ट्रिय स्तरको राजनीतिमा स्थापित गर्‍यौँ,’ बिसीले भने, ‘तर चुनावमा रावलले समाजवादी र कांग्रेसलाई जिताउन भूमिका खेल्नुभयो । उहाँलाई कारबाही गरिनुपर्छ ।’ बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरुमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् । राष्ट्रिय युवा संघ नेपालका ...