Thursday, July 16

राजनीति

राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना :पूर्वप्रधानमन्त्री खनाल
राजनीति, समाचार

राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना :पूर्वप्रधानमन्त्री खनाल

राष्ट्रिय एकता दिवसको अवसरमा  पूर्वप्रधानमन्त्री झलनाथ खनाल शुभकामना  व्यत्त गरेका छन् ।  पूर्वप्रधानमन्त्री झलनाथले हाम्रो प्रिय मातृभूमि नेपाल राज्यका निर्माता श्री पृथ्वी नारायण शाहको ३०१ औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा शान्ति, एकता, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन्  । राजा श्री पृथ्वी नारायण शाहले शुरु गरेको ऐतिहासिक एकिकरण अभियान, हाम्रा पूर्वजहरुको देशभक्तिपूर्ण र गौरवमय संघर्ष र योगदान तथा वँहाहरुका वीरतापूर्ण प्रयत्नका कारण नेपाल आज सम्म सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको  बताएका छन् । गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका अनेकौ साना, मझौला राज्यहरु एकीकृत हुदै नेपाल राज्यको राजनीतिक, भौगोलिक र भावनात्मक एकीकरण भएको तथ्य इतिहासमा अविस्मरणीय छ । यसरी एकीकृत ...
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार
राजनीति, विश्व, समाचार

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार

जेपालअखबार, एजेन्सि। पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कार भित्रै बसिरहेका थिए । जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेका हुन् । राणा सनाउल्लाह त्यतिबेला पञ्जाब विधानसभाबाट जाँदै थिए । यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केही बेर रोकेका थिए । यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो । पञ्जाबमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को सरकार छ । तर, पीएमएल–एन यहाँ आफ्नो मुख्यमन्त्री बनाउने कोसिसमा जुटेको छ । सनाउल्लाहले पत्रकार सम्मेलनमा यो दाबी गरे कि सुरक्षा एजेन्सीहरूले पीएमएल–एन नेताहरूलाई सभामा जानबाट रोकेका थिए, तर उनीहरूले यो गैरकानुनी आदेशलाई मानेनन् ।...
बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे गण्डकीका मुख्यमन्त्री अधिकारीले
राजनीति, समाचार

बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे गण्डकीका मुख्यमन्त्री अधिकारीले

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका नववियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र अधिकारीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको सचिवालयले जनाएको छ। गण्डकीमा सत्ता भागबण्डाका क्रममा नेकपा एमालेलाई मुख्यमन्त्री परेको थियो। पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यस्तै प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका थिए।...
आज प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै
राजनीति, समाचार

आज प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार -हिजो) संसदमा विश्वासको मत पाएका थिए । यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् । गोरखा नगरपालिका-६ ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जान लागेका हुन् । सो अवसरमा नेपाली सेनाले परम्परागत पोशाकमा परेड प्रदर्शन पनि गर्नेछ ।...
पोखरा महानगरको नगर सभा बैठक अनिश्चितकालका लागि स्थगित
राजनीति, समाचार

पोखरा महानगरको नगर सभा बैठक अनिश्चितकालका लागि स्थगित

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबारबाट सुरु भएको नगरसभा बैठक मेयर धनराज आचार्यले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित भएको घोषणा गरेका हुन् । नगरसभा चल्दै गर्दा एमालेका जनप्रतिनिधिले पोखरा–२४ का वडाध्यक्षलाई कारबाहीको माग गर्दै विरोध गरेपछि सभाको बैठक बिथोलिएका हो । बैठक स्थलबाट पहिलो पटक एमाले जनप्रतिनिधि र दोस्रो पटक कांग्रेस जनप्रतिनिधि बहिष्कार गरेर बाहिर निस्केपछि मेयर धनराज आचार्यले बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषण गरे । एमालेका केही जनप्रतिनिधिले कालो  झण्डा देखाउँदै पोखरा–२४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गरेका थिए । वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका अधिकारीलाई मंगलबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरिसकेको छ । पोखरा २४ कै वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले अपमानजनक ...
प्रधानमन्त्री प्रचण्डले भने–समृद्धिको यात्रामा अघि बढ्ने
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डले भने–समृद्धिको यात्रामा अघि बढ्ने

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गरेका छन् । मंगलबार प्रतिनिधि सभामा विश्वासको मत पाएपछि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री प्रचण्डले इमानदार रहँदै सहमतिका साथ अगाडि बढ्ने उल्लेख गरेका हुन् । उनले भनेका छन्, 'तपाईँहरूको यो विश्वासप्रति इमानदार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछु ।' उनले प्रतिनिधि सभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गरेकोमा सबै सांसद र संसद्प्रति आभार पनि व्यक्त गरेका छन् ।...
समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्छ – भुसाल
राजनीति, विचार, समाचार

समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्छ – भुसाल

नेपालअखबार, काठमाडौ । बामपन्थी नेता घनश्याम भुसालले मुलुकमा रहेका सबै समाजवादीलाई गोलबन्द गर्न नेकपा एकीकृत समाजवादीले संस्थागत पहलकदमी लिनुपर्ने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीमा समाहित हुनुपूर्व नेकपा एकीकृत माओवादीद्वारा गठित वाम एकता वार्ता समितिलाई लिखित सुझाव प्रस्तुत गर्दै नेता भुसालले बिकसित पछिल्ला घटनाक्रमले समाजवादीहरू बीच एकताको पहलकदमी लिने अवसर र अभिभारा नेकपा एकीकृत समाजवादीको काँधमा आएकोले यसका लागि संस्थागत पहलकदमी लिन सुझाव दिनु भएको हो । नेकपा ( एकीकृत समाजवादी ) इतिहासको व्याख्या गर्न सक्ने ठाउँमा उभिएको बताउदैन नेता भुसालले लिखित सुझावमा भन्नुभएको छ, “ संसदीय लोकतान्त्रिक अभ्यास र सशस्त्र सङ्घर्षका बाटोबाट अगाडि आएका कम्युनिष्ट पार्टीका भूमिकालाई एकै ठाउँमा राखेर सिंगो कम्युनिष्ट पार्टीका रुपमा हेर्दा हामी कम्युनिष्टहरू नै यो राजनीतिक तथा बौद्धिक साँस्कृतिक ...
सभामुखको चुनाव माघ ५ गते हुने
राजनीति, समाचार

सभामुखको चुनाव माघ ५ गते हुने

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभाको सभामुख चयन गर्न  माघ ५ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख चयनको मिति घोषणा गरेका हुन्। सभामुखको निर्वाचन कार्यतालिका भने माघ ३ गते प्रकाशित हुनेछ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँगै सभामुख चयनको मिति तोकिएको हो। प्रधानमन्त्री प्रचण्डले उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ मत प्राप्त गरेका छन्। उनलाई नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै विश्वासको मत नदिएका हुन्।...
प्रतिनिधिसभा संसद्‌मा सम्बोधन गर्दै अध्यक्ष नेपालका १५ बुँदे सुझाव
राजनीति, विचार, समाचार

प्रतिनिधिसभा संसद्‌मा सम्बोधन गर्दै अध्यक्ष नेपालका १५ बुँदे सुझाव

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारलाई १५ बुँदे सुझाव दिनुभएको छ । प्रतिनिधिसभा संसद्मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वाभिमान, सन्तुलन परराष्ट्रनीति, संविधानको रक्षा र परिपालन,  भ्रष्टाचारमुक्त समाज, भ्रष्टाचारीलाई राजनीतिक संरक्षण नगर्ने  प्रतिबद्धता लगायतका १५ बुँदे सुझाव दिनुभएको छ । यी सुझावका आधारमा नेकपा एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिएको छ । सरकारलाई विश्वासको मत दिएपनि रचनात्मक प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । अध्यक्ष नेपालले दिनुभएका सुझावहरू यी हुन् - १ राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरि ध्यान दिनुपर्ने । २ सन्तुलन परराष्ट्रनीतिः नेपाल कसैको खेल मैदान नबनोस् भन्नेमा चनाखो हुनुपर्ने ३ संविधानको रक्षा, परिपालन र संघीयताको कार्यान्वयन । ४ सुशासनको ...
एकीकृत समाजवादीले शर्तसहित विश्वासको मत दिने
राजनीति, समाचार

एकीकृत समाजवादीले शर्तसहित विश्वासको मत दिने

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका हुन् । ‘एकीकृत समाजवादीले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘हाम्रो एजेन्डाहरु राखिनेछन् । ती एजेन्डाहरु पूरा नगरेमा कुनै पनि बेला पर्खने सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने हाम्रो निर्णय छ ।' ती शर्तहरूमा राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र लगायतको सुधारका विषयहरू हुने र पार्टी अध्यक्ष तथा दलका नेताले यसबारे संसद्मा विचार राख्ने खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसद्‍मा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पन...