घरदैलोमा उम्मेदवार दिपक ‘माइला’
नेपालअखबार, पोखरा । कास्कि क्षेत्र १ (ख) का उम्मेदवार दिपक गुरुङ माइलाले सोमबार पोखरा– १३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन चोक, काँहुखोला पुल– माथि र मियापाटन चौतारा लगायतका क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए ।
मतदातासँग भेटेर विभिन्न ठाउँमा भएको कोणसभामा उम्मेदवार गुरुङले जनतालाइ सपना मात्र बाडन नआएको बताए । ‘तपाइको सपना पूरा गर्न आएको हु मेरो होइन,’ उनले भने, ‘पाँच बर्षपछि आउँदा शिर ठाडो हुने काम गरेर आउनेछु ।’
युवालाइ स्वदेश मै रोजगारिको अवसर सिर्जना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले सुनाए । ‘गाउँगाउँ घरदैलोमा जादा बुढाबुढि मात्र भेटिन्छन् । गाउँमा युवाको अभाव छ,’ उनले भने, ‘अब स्वदेशमै अवसरको ढोका खोलेर बुढा बा आमासङै बस्ने ब्यवस्था मिलाउछु ।’ यसको साथै १३ नम्बर वडामा रहेका धार्मिक मठ, मन्दि...










