इरानको प्रदर्शन थप हिंसात्मक, सेनाले भन्यो- प्रदर्शनमा बच्चा नल्याउनू, गोली लागे गुनासो नगर्नू
नेपालअखबार,काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएको दाबी गरिएको छ।
इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। यसको सुरुवात २८ डिसेम्बर २०२५ मा भएको थियो।
टाइम म्यागजिनले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै राजधानीका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको बताएको छ, जसमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो।
बीबीसीले शुक्रबार राति रश्त शहरको एउटा मात्र अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, इरानमा सरकार विरोधी प्रदर्शनहरू थप हिंसात्मक र व्यापक बनिरहेका छन् । इरानबाट प्राप्त रिपोर्टहरूका अनुसार, विगत चार दिनमा सुरक्षा बलको कारबाहीमा सयौँ मानिसहरूको मृत्यु भएको छ वा उनीहरू घाइते भएका छन्।
इरानका तीनवट...










