‘द्वन्दकालमा हत्या गरिएका दुई जना घान्द्रुकवासीलाई सहिद घोषणा गर्न पहल गर्र्छु’: दामोदर ‘वैरागी’
नेपालअखबार, पाेखरा । कास्की क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार दामोदर पौडेल वैरागीले १० वर्षे सशस्त्र द्वन्दकालमा विद्रोही पक्षबाट हत्या गरिएका घान्द्रुकका स्थानिय दिलमान गुरुङ र ईश्वर गुरुङलाई सहिद घोषणा गर्न पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।
मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रम अन्र्तगत अन्नपुर्ण गाउँपालिका वडा नम्वर १० घान्द्रुकका स्थानियसँगको प्रत्यक्ष भेटमा उनले द्वन्दकालमा विद्रोही पक्षले दिएको घान्द्रुकवासीको चोटमा आफुले मल्हम लगाउने प्रतिवद्वता जनाएका हुन् । उनले भने–‘द्वन्दकालमा घान्द्रुकवासीलाई विद्रोही पक्षले दिएको चोटमा महल्म लगाउने म वाचा गर्छु । अल्पायुमै ज्यान गुमाउनु भएका दिलमान गुरुङ र ईश्वर गुरुङको चिरशान्तिको कामना गर्दै सहिद घोषणा गर्न पहल गर्नेछु । तपाईं मलाई सुर्य चिन्हमा मत दिएर विजयी गराउनुस, तपाईको घाईते मुटुको महल्म बनेर तपाईहरुकै ...










