Sunday, July 12

राजनीति

जापानका लागि नेपाली राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
राजनीति, समाचार

जापानका लागि नेपाली राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालअखबार,  काठमाडाैं । जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले सोमबार बिहान इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । जापानी सम्राट नारुहितोले राजदूत डा सुवेदीलाई स्वागत गर्दै दुई मित्र राष्ट्रबीचको विद्यमान सम्बन्धको उत्कृष्ट अवस्थाप्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा दुई मुलुकबीचको मित्रता र सहकार्यको घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । आफ्नो ओहोदाको पत्र पेश गर्दै राजदूत डा सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सम्राट नारुहितोको व्यक्तिगत सुस्वास्थ्य तथा जापानी जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभेच्छा प्रकट गरे । राजदूत डा सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक–आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेका...
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्यसम्पादन
राजनीति, समाचार

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्यसम्पादन

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितिमा गर्नुपर्ने कार्यसम्पादन उपराष्ट्रपति नन्दबहादुर पुन पासो गर्नेगरी जिम्मेवारी तोकिएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा  संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा सम्पादन गर्नुपर्ने कार्य उपराष्ट्रपतिबाट गर्नेगरी जिम्मेवारी तोकिएको उल्लेख छ । राष्ट्रपति भण्डारी सोमबार ६ दिने भ्रमणको सिलसिलामा आइसल्याण्ड प्रस्थान गरेकी छन् ।...
रामजीलाई जिताउन जिम्मेवारीमा फर्किए नेता कार्यकर्ता
राजनीति, समाचार

रामजीलाई जिताउन जिम्मेवारीमा फर्किए नेता कार्यकर्ता

नेपालअखबार, पोखरा  । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनलाई जिताउन नेता तथा कार्यकर्ता जिम्मेवारीमा फर्किएका छन् । पोखरा २५ हेमजा क्षेत्रका एक समुह माओबादी केन्द्रमै क्रियाशिल हुने गरी फर्किएको माधवशरण पौडेलले बताए । रामजी बरालले यस अघि निर्वाचनमा जनतासामु गरेको वाचा पूरा गरी पुनः प्रतिनिधि सभा सदस्यमा उठेकोले उहाँलाई विजयी गराउने अभियानमा आफुहरु समेत पुरानै मुल पार्टीमा फर्किएको उनले जनाए । रामजी बराल विकास प्रेमी र जनताको आशाको भरोसाको केन्द्र भएकोले गर्दा आफुहरुको एक समुह माओबादी केन्द्रमै क्रियाशिल भयर लाग्ने पौडेलले बताए । सोमबार हेमजामा आयोजित पाँच दलीय गठबन्धनको प्रशिक्षण अगुवा कार्यकर्ता भेलामा वौल्दै माधवशरणले रामजी जस्ता नेतालाई जिताउने अभियानमा आफुहरु सहभागि भएको बताए । कार्यक्रममा नेपाली कागेंस...
पोखरा १६ र २१ मा गठबन्धनका उम्मेदवारको घरदैलो र कोणसभा
राजनीति, समाचार

पोखरा १६ र २१ मा गठबन्धनका उम्मेदवारको घरदैलो र कोणसभा

नेपालअखबार, पोखरा । कास्की–२ मा गठबन्धनका उम्मेदवारहरु सोमबार पोखरा १६ र २१ को घरदैलोमा व्यस्त छन् । पोखरा २१ निर्मल पोखरीमा प्रतिनिधिसभा उम्मेदवार श्रीनाथ बराल, २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने, नेकपा एकीकृत समाजवादीबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शारदाप्रसाद सुवेदी र दिलु पन्त, कांग्रेसको तर्फबाट समानुपातिक तर्फकी प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार वृन्दा राना र कांग्रेस केन्द्रीय सदस्य गुरु बरालसहितका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा सभागी रहेका कास्की–२ को ५ दलीय गठबन्धनका प्रचारप्रसार समिति संयोजक केशर निर्दोशीले जानकारी दिए । यता पोखरा–१६ दीपमा पनि गठबन्धनका उम्मेदवारसहितको घरदैलो कार्यक्रम जारी छ । घरदैलो कार्यक्रममा कास्की २ (२)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापा, माओवादीको तर्फबाट समानुपातिक तर्फकी प्रतिनिधिसभा सद...
रुपामा दीपक कोइरालालाई ‘वान्स अगेन’
राजनीति, समाचार

रुपामा दीपक कोइरालालाई ‘वान्स अगेन’

नेपालअखबार, पोखरा  । कास्की निर्वाचन क्षेत्र नम्बर १ को १ अन्तर्गत रुपा गाउँपालिका–५ देउरालीमा आइतबार पाँच दलीय गठबन्धनको चुनावी सभा थियो । गठबन्धनका तर्फबाट उम्मेदवार दीपक कोइरालाको बोल्ने पालो आयो । उनी मञ्चमा झुल्किने वित्तिकै दर्शकबाट कसैले नारा लगायो, ‘दीपक कोइराला, वान्स अगेन ।’ चुनाव सभामा चर्को स्वरमा कोइरालाको पक्षमा नाराबाजी गर्ने स्थानीय अप्सरा श्रेष्ठ थिइन् । पाँच वर्षमा रुपामा कोइरालाले गरेका विकास निर्माणका काम देखेर पुनः जिताउनुपर्छ भन्ने आशयले आफूले ‘वान्स अगेन’ को नारा लगाएको उनले बताइन् । ‘अब ३०औं वर्षदेखि चुनाव लड्नेलाई नो नट अगेन भन्ने हो,’ उनले भनिन्, ‘दीपक कोइरालाजस्तो युवा नेतालाई वान्स अगेन नै भन्नुपर्छ ।’ रुपामा कोइराला सांसद हुँदा थुप्रै विकास निर्माणका योजना सुरु भएकाले तिनलाई पूरा गर्न फेरि उनले जित्नुपर्ने श्रेष्ठको तर्क छ । देउरालीकै स्थानीय निसान श्रेष्ठले ...
लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी
राजनीति, समाचार

लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी

नेपालअखबार, पाेखरा । कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसंग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसंग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेको बताए । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ, लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँलेनै हो’उनीहरुको भनाई छ । आमा समुहका भवन, विद्यालय निर्माण लगायतमा सहयोग गर्न पनि उहाँहरुले उम्मेदवार समक्ष माग राखे । घरदैलोमा एमाले नेता सोमनाथ अधिकारी प्यासीले एमालेको पक्षमा मत माग्दै देशको समृद्धीका लागि एमालेलाई जिताउन आग्रह गर्नुभयो । चुनावी भेटघाट कार...
कालिकाको खानेपानी समस्या मुक्त गराउँछु : गुरुङ
राजनीति, समाचार

कालिकाको खानेपानी समस्या मुक्त गराउँछु : गुरुङ

नेपालअखबार, पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीयलाई पानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । आइतबार पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा गुरुङले पानीको ट्याङ्की बनाएर भएपनि स्थानीयको समस्या समाधान गर्ने बताएका हुन् । ‘पाँच वर्षपछि फेरी यही ठाउँमा आउँदा पानीको समस्या हुनेछैन्,’ उनले भने, ‘अहिले पानीको समस्या सुन्छु अर्को पटक अर्कै समस्या सुनाउनुहोला । त्यो बेलासम्म पानीको समाधान भइसकेको हुनेछ ।’ उनले पाँच दलीय गठबन्धन मिलेर आएकोले विकास सम्भव रहेको बताए । टोल, गाउँमा बेरोजगारको समस्या सुनेका गुरुङले उद्यमशील फ्याट्री खोल्ने आश्वासन बाडे । ‘बहुउद्धेश्यीय समाज घर, आमा समूह घरमा युवालाई सिप सिकाएर उद्यमशिल बनाउनेछु,’ उनले भने, ‘त्यसपछि गाउँमै विकास हुनेछ । विदेशको मोह हराउनेछ ।’ घरदैलो अन्तर्गत क...
पोखरा २१ पिपलडाली पुगेर विश्वप्रकाशले भने–‘निशुल्क स्वास्थ शिक्षा र रोजगारी सबैले पाउनुपर्छ’
राजनीति, समाचार

पोखरा २१ पिपलडाली पुगेर विश्वप्रकाशले भने–‘निशुल्क स्वास्थ शिक्षा र रोजगारी सबैले पाउनुपर्छ’

नेपालअखबार, पोखरा  । आगमी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनमा साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले नागरिकले निशुल्क शिक्षा र स्वास्थ्य अनि रोजगारीको सुनिश्चितता पाउनुपर्ने बताएका छन् । नेपालको संविधानले नै यस्तो व्यवस्था गरेको बताउँदै लामिछानेले यसका लागि आफुले निरन्तर लँडाई जारी राख्ने दावी समेत उनले गरेका छन् । निर्वाचन अभियान अन्तरगत आईतवार पोखरा महानगरपालिका २१ पिपलडालीका मतदातालाई सम्बोधन गर्दै नागरिकका धेरै मौलिक हक सुनिश्चित गरेको संविधान सिद्धाउने षडयन्त्र भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको स्पष्ट पारे । ‘संविधानको रक्षा र कार्यनयन गर्न गठबन्धन भएको हो । संविधानमै शिक्षा निशुल्क सबैले पाउनुपर्छ, स्वास्थ्य निशुल्क सबैले पाउनुपर्छ र सबैले रोजगारी पाउनुपर्छ भनेर लेखियो ।’ उनले भने । ‘जनताका धेरै हकहरु सुनिश्चित गरिएको संविधानका धाराको उल्लंघन ग...
कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ : गठबन्धन
राजनीति, समाचार, हाइलाइट-समाचार

कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ : गठबन्धन

नेपालअखबार, पोखरा । नेपालको इतिहासमा काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिँदा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । २००७, ०४६ र ०६२र०६३ लगायतका आन्दोलन सहित परिवर्तनहरूमा काँग्रेस र कम्युनिष्टहरुको मिलन महत्त्वपूर्ण साबित भएको उनीहरूले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पटक पटक संसद विघटन गरी देशलाई अँध्यारो तर्फ धकेल्ने प्रयास गरेको अवस्थामा गरिएको यस गठबन्धनले देशलाई बचाएको उनीहरूको बुझाई छ । काँग्रेस र कम्युनिस्ट महत्त्वपूर्ण घडीमा मिलेकाले स्थानीय तहदेखिको आफूहरूको मिलन प्रतिनिधि र प्रदेश सभाको निर्वाचनसम्म कायम रहेको गठबन्धनको तर्फबाट कास्की २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले बताए । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्यसमेत रहेका बरालले यस निर्वाचनपछि पनि देशलाई समृद्धि तर्फ डो¥या...
युवालाई रोजगारका लागि विदेश होइन गाउँमै व्यवस्था गर्नुपर्छ : बराल
राजनीति, समाचार

युवालाई रोजगारका लागि विदेश होइन गाउँमै व्यवस्था गर्नुपर्छ : बराल

नेपालअखबार, पाेखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर केहीगर्ने वातावरण बनाउने बताएका छन् । पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । आफूहरु विकासका लागि प्रतिवद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको मुख्य खानेपानीको समस्या हल गरेरै छाड्ने प्रतिवद्धता जनाए । वडा नम्बर २०को लामडाँडा र अन्य क्षेत्र पशुपालन, कफि र कृषि भूमि रहेकाले सबैक्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरुलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । विगतमा आफूले मत मागेर जिताएका प्रतिनिधिले काम गर्न नसक्दा विकास निर्माण र अन्य धेरैहिसावले वडा नम्बर २० अगाडि बढ्न नसकेक...