संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको हो – अध्यक्ष नेपाल
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनु भएको हो ।
अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने भन्दै तत्कालीन अवस्थामा गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उहाँले बताउनु भयो ।
अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समा...










