Sunday, July 12

राजनीति

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।सचिव प्रेम केसीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिए ।
विकाश र समृद्धि नै हाम्रो मुख्य एजेण्डा : श्रीनाथ बराल
राजनीति, समाचार

विकाश र समृद्धि नै हाम्रो मुख्य एजेण्डा : श्रीनाथ बराल

नेपालअखबार, पोखरा  । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसिरमा हुने धारणा राखे । ‘मुल उद्देश्य भनेकै विकास र समृद्धि हाँसिल गर्ने हो । यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो । त्यो संकल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात तपाई आमा बुवा, दाजुभाई दिदिबहिनीले ४ मंसिरमा मतदान मार्फत गर्नुहुनेछ र हामीले त्यसलाई तपाईका प्रतिनिधिको रुपमा हरेक दृष्टिकोणले पुरा गर्न लाग्ने छौं’ उनले भने । बरालले पोखरालाई पर्यटकीय राजधानी घोषण...
दार्चुला घटनामा नेपालले पठायो भारतलाई ‘कूटनीतिक नोट’
राजनीति, समाचार

दार्चुला घटनामा नेपालले पठायो भारतलाई ‘कूटनीतिक नोट’

नेपालअखबार, काठमाडाैं । भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् । गृह मन्त्रालयले शनिबार सो घटनाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो । यही कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा करिब १० वर्षका पवनको टाउकोमा ढुङ्गा लाग...
यसकारण फेरि कोइरालाको उम्मेदवारी
राजनीति, समाचार

यसकारण फेरि कोइरालाको उम्मेदवारी

नेपालअखबार, पोखरा। फुट ट्र्याक बनेपछि फेवातालको मुहार नै फेरियो । ठेलमठेल हिँड्ने पर्यटक, लस्करै बनेका रेस्टुरेन्ट, झिलिमिलि बत्तीले फेवाताल किनारलाई गुल्जार बनायो । त्यतिञ्जेलसम्म उत्तिकै सम्भावना बोकेको बेगनासतालमा भने फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे । ताल किनार सुनसानप्राय देखिन्थ्यो । अहिले बेगनासताल किनारमा पनि फुट ट्र्याक बनेपछि भने पर्यटकको चाप बढेको छ । संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा कास्की निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित दीपक कोइरालाकै योजनामा फुट ट्र्याक बनेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तत्कालीन सांसद कोइरालाले बेगनास ताल सौन्दर्यीकरणका लागि बजेट बिनियोजन गरेका थिए । बेगनास ताल बाँध पुनर्निर्माणसँगै फुट ट्र्याक बनाइएको छ । फुट ट्र्याकमा बत्तीको झिलिमिलि देखिन्छ । बस्ने कुर्सी राखिएका छन् । रेलिङ हालिएको छ । विहानै व्यायाम गर्न आउने वय...
जनताको समस्या बुझ्दै भोट माग्दै विकास
राजनीति, समाचार

जनताको समस्या बुझ्दै भोट माग्दै विकास

नेपालअखबार, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं १ का विकास सिग्देलले आग्रह संग आर्शिवाद लिदै चुनावी प्रचार प्रसारका कार्याक्रम सुरु अघि बढाएका छन् । व्यास नगरपालिका १ तनहुँमा प्रचार प्रसारको कार्याक्रममा उनले उक्त वडाका बृद्धसंग आर्शिवाद लिएर चुनावी प्रचारमा हिडेका बताएका छन् । चुनावी अभियानलाई तिव्रता दिँदै गर्दा उनलेलाई धेरैले स्वागत गर्दै आर्शिवाद संगै भोटको आश्वासन दिएका छन् । व्यास १ को भादगाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो अभियानमा स्थानीयले रास्वपालाई नै मत दिने बताएका छन् । चुनावी प्रचारलाई तिव्रता दिने क्रममा स्थानीयले खुसी हुँदै विकासलाई जिताउने बताएका हुन् । सिग्देलले स्थानियको समस्या आफुले पुरा गर्ने वाचा गरेका छन् । साथै प्रचार प्रसार अभियानलाई तिव्रता दिदै लगातर अन्य वडामा पनि जाने सिग्देलले जानकारी दिए ।...
एकीकृत समाजवादीको घोषणापत्र : कृषि उत्पादन वृद्धि गर्न पूर्व–पश्चिम महानहर निर्माणमा जोड
राजनीति, समाचार

एकीकृत समाजवादीको घोषणापत्र : कृषि उत्पादन वृद्धि गर्न पूर्व–पश्चिम महानहर निर्माणमा जोड

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । महासचिव डा. बेदुराम भुसालले सोमबार अपराह्न चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए । ‘घोषणापत्र छाप्न प्रेसलाई दिएका छौँ, प्रेसले समयमै दियो भने सोमबार अपराह्न सार्वजनिक गर्ने तयारी छ’, महासचिव भुसालले  भने,‘घोषणापत्र दुई भागमा विभाजित छ । पहिलो नीतिगत प्रतिबद्धता र दोस्रो कार्यक्रमका योजना रहेका छन् ।’ सो पार्टीको घोषणापत्र मस्यौदा समितिमा रहेका एक सदस्यका अनुसार नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । ‘संविधान र व्यवस्थाको रक्षाका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयलाई नीतिगत प्रतिबद्धतामा राखिएको छ’, ती नेताले भने, ‘अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प ख...
विपन्नका लागि रासन कार्ड व्यवस्था गर्नेछु ः बोधराज
राजनीति, समाचार

विपन्नका लागि रासन कार्ड व्यवस्था गर्नेछु ः बोधराज

नेपालअखबार, । प्रतिनिधि सभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले उक्त कुरा बताएका हुन् । चुनावी अभियानमा जुटेका उनले स्याङजा क्षेत्र १ को विकासका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताए । ‘स्थानीय निकायहरुसँग समन्वय गरी अति विपन्न वर्गका लागि रासन कार्डको व्यवस्था गर्न पहल गर्नेछु’ उनले भने,‘हामीले सद्यैँ सुन्दै आएका हौँ गरिबी निवारण हुन्छ भन्दै तर अहिलेसम्म खै कहाँ के भयो ? सद्यैँ हामीलाई झुटा आश्वासन मात्रै बाडियो त्यहि कारण म यहाँबाट उम्मेदवार बनेको हुँ ।’ उनले २०४७ सालदेखि पछाडी उच्च पदमा रहेका राजनीतिज्ञ र उच्च पदमा रहेका कर्मचारीको सम्पत्ति छानविन गरी कारवाही गर्न विशेष पहल गर्ने समेत बताए ।...
छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ: प्रधानमन्त्री
राजनीति, समाचार

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ: प्रधानमन्त्री

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई, मधेसलगायत विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्। यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको प्रधानमन्त्री देउवाको भनाइ छ। छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो । नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न गरिन्छ। प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्द्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गरेका छन्। तराई, मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्...
एमाले गण्डकी प्रदेशको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
राजनीति, समाचार

एमाले गण्डकी प्रदेशको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

नेपालअखबार, पाेखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गण्डकी प्रदेशले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार एक रेष्टुरेन्टमा प्रदेश कमिटीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छ । सुशासन, समृद्धि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार  भन्ने नाराका साथ एमाले गण्डकीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हो ।...
परिणाम बदलिरहने कास्की १ मा निर्वाचन रोचक बन्दै
राजनीति, समाचार

परिणाम बदलिरहने कास्की १ मा निर्वाचन रोचक बन्दै

नेपालअखबार, पाेखरा । कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ ।  विगतका निर्वाचन हेर्दा परिणाम बदलिइरहेको यस क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा नतीजा आफ्नो पक्षमा पार्ने लक्ष्य साथ उम्मेदवार चुनावी अभियानमा जुटेका छन् । यसअघिको आमनिर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भएकोमा बाम गठबन्धनले विजय हासिल गरेको थियो । अहिले भने उक्त समीकरण फेरिएर कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका पाँच राजनीतिक दलको गठबन्धन एकातर्फ छ भने नेकपा एमाले, अन्य दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चुनावी परिणामलाई आफ्ना पक्षमा पार्न यतिखेर उम्मेदवार गाउँ पसिसकेका छन् । गाउँ बस्तीमा यतिखेर धान भित्र्याउन सर्वसाधारण लागिरहेका अवस्थामा घरदेखि खेतका खलासम्म उम्मेदवारको सक्रियता बढेको छ । ...