Saturday, July 11

राजनीति

आज देउवा, प्रचण्ड र नेपालले  पोखरामा प्रशिक्षण दिने
राजनीति, समाचार, हाइलाइट-समाचार

आज देउवा, प्रचण्ड र नेपालले पोखरामा प्रशिक्षण दिने

नेपालअखबार, पाेखरा । सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियानसुरु गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा , एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पोखरा जाँदै छन् । शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ । कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रशिक्षण कार्यक्रम हुनेछ।  उक्त कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आमन्त्रण गरिने छ । यस्तै कात्तिक ६ गते धनगढी र सुर्खेतम...
४५ दिनमै राजीनामा दिइन् बेलायतकी प्रधानमन्त्रीले
राजनीति, विश्व, समाचार

४५ दिनमै राजीनामा दिइन् बेलायतकी प्रधानमन्त्रीले

नेपालअखबार,  एजेन्सि।  बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन्। बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्। उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण  सरकारको तीव्र आलोचना भएको थियो। आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन्। पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन्। बेलायतकी दोस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्ति भएकी छन्। बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन्। बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस ऋषि सुनकलाई हराएर कन्ज...
‘किसान तथा मजदुरको पाटी एमाले’– एमाले उम्मेदवार मनबहादुर गुरूङ
राजनीति, समाचार

‘किसान तथा मजदुरको पाटी एमाले’– एमाले उम्मेदवार मनबहादुर गुरूङ

नेपालअखबार, पोखरा ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि एमाले उम्मेदवार मनबहादुर गुरूङले एमाले दुःखी, किसान तथा मजदुरको पाटी भएको बताएका छन् । उनले एमालेले बहुमत ल्याएमा विकासको लहर आउने स्पष्ट पारे । पोखरा २८ का मतदातासँग उम्मेदवार परिचयात्मक कार्यक्रममा गुरुङले यसअघि प्रदेश सांसद हुदा आफुले आम नागरिकको पक्षमा काम गरेको बताउँदै यस पटकको निर्वाचनमा पनि एमालेलाई बहुमतले जिताउन मतदातासँग आग्रह गरेका छन् । कार्यक्रममा क्षेत्र नम्वर १ (ख) का प्रदेश तर्फका एमाले उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले एमालेले जितेमा सन्तुलित ढगंले विकास हुने विश्वास दिलाए । यदि गठबन्धनको विजय भएमा फेरि मंहगी बढ्दै जाने उनको भनाई छ । गण्डकी प्रदेशका लागि समानुपातिक उम्मेदवार नन्दकली परियारले आफ्नो उम्मेदवारी सम्पूर्ण महिलाको नेतृत्वको उम्मेदवारी भएको बताउँदै एमाले उम्म...
गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन
राजनीति, समाचार

गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

नेपालअखबार, पोखरा  । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ र ‘ख’ का उम्मेदवारले विकाश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । बुधबार विहान पोखराको नयाँ बजारमा क्षेत्र नं. २ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले आफू निर्वाचित भएर कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्ने बताए । उनले जनताको पक्षमा कानुन निर्माण गर्न र विकास निर्माणका कुरालाई संगसंगै अगाडि बढाउने कुरामा आफू दृढसंकल्पित भएर काम गर्ने उनले प्रतिपद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य समेत रहेका उनले विकास र समृद्धिका लागि गठबन्धन निर्माण भएको बताए । आफूले कास्कीका जनताको भावना जनतासंग सुखदुखमा संगै रहेर गहिरोगरी बुझेको भन्दै उनले ...
एकीकृत समाजवादीका महासचिव भुसालको नेतृत्वमा  निर्वाचन परिचालन सचिवालय
राजनीति, समाचार

एकीकृत समाजवादीका महासचिव भुसालको नेतृत्वमा निर्वाचन परिचालन सचिवालय

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महासचिव डा.बेदुराम भुसालको नेतृत्वमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । महासचिव भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।  ...
अब संसदको हत्या गर्न कसैले आँट गर्ने छैन : मन्त्री मेटमणि चौधरी
राजनीति, समाचार

अब संसदको हत्या गर्न कसैले आँट गर्ने छैन : मन्त्री मेटमणि चौधरी

नेपालअखबार, देउखुरी । एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र र समावेसी प्रणाली जस्ता उन्नत व्यवस्था सहितको उत्कृष्ट संविधानमाथि केपी ओलीले पटक पटक प्रहार गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘दुई वटा मुख्य पदमध्ये एकमा महिला हुनै पर्ने, सिमान्तकृत जातजातीलाई समावेसी प्रणाली मार्फत् राज्यले उनीहरुको उपस्थितिको सुनिस्चित गर्ने, सबै धर्मलाई समानताको व्यवस्था जस्ता तमाम नयाँ जनपक्षिय प्रावधान हामीले संविधानमा राख्यौँ । देश अब प्रगतिशिल रुपान्तरणको बाटोमा जान्छ भन्ने आसा र अपेक्षा जनताले गरेको बेला ओली नेतृत्वको एमालेले नयाँ संविधानमाथि...
‘जनताको बिश्वासलाई कहिल्यै घात गर्ने छैन’–एमाले उम्मेदवार कार्की
राजनीति, समाचार

‘जनताको बिश्वासलाई कहिल्यै घात गर्ने छैन’–एमाले उम्मेदवार कार्की

नेपालअखबार, पोखरा  । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर २ (क) का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले जनता र पाटीले गरेको अपार विश्वास र माया माथि आफुले कहिल्यै घात नगर्ने बताएका छ्न् । नेकपा एमाले पोखरा वडा न ३३ को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन गद कार्कीले आफ्नो क्षेत्रका जनताले निरन्तर विश्वास गरेर आफ्नो पाटीलाई विजयी गराएको र निर्वाचित जनप्रतिनिधिहरूले उदाहरणीय कार्य गरेको बताए । विगतमा आफ्नो पाटीका कार्यहरूको विवरण प्रस्तुत गर्दै कार्कीले अबको ५ वर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे। नेकपा एमालेका केन्द्रिय सदस्य तथा भुमी व्यवस्थापन विभाग उपप्रमुख समेत रहेका कार्कीले एमाले नेतृत्वको सरकारका पालामा आफू सदस्य रहदा आम भुमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जन...
८० वर्षका खड्गे बने भारतीय कंग्रेसका नयाँ अध्यक्ष
राजनीति, विश्व, समाचार

८० वर्षका खड्गे बने भारतीय कंग्रेसका नयाँ अध्यक्ष

नेपालअखबार, एजेन्सि। छिमेकी मुलुक भारतमा भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी ६६ शशि थरूरले १०७२ मत मत ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ४१६ मत बदर भएका थिए। थरूरले हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिएका छन्। खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ। गान्धी परिवार बाहिरका भए पनि गान्धी परिवारसँग उनको निकट सम्बन्ध छ। यो चुनावमा गान्धी परिवारले उनैलाई सघाएको भारतीय राजनीतिक वृत्तमा चर्चा छ। ८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन्। उनले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्।  पार्टीका संरचनामा ५०  मानिस ५० वर्षमुनिका राख्ने उनको यो...
जनगुनासो सुन्दै एमाले उम्मेदवारद्धय वेदबहादुर र नन्दाकला
राजनीति, समाचार

जनगुनासो सुन्दै एमाले उम्मेदवारद्धय वेदबहादुर र नन्दाकला

नेपालअखबार, पोखरा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको माहौल तात्दै गएको छ । नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिए पनि राजनीतिक दलका नेता तथा उम्मेदवारलाई भने आउँदो चुनावले व्यस्त बनाएको छ । यसैविच गण्डकी प्रदेश कास्की निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभाका प्रत्यक्ष तर्फ नेकपा एमालेका उम्मेदवार वेदबहादुर गुरुङ (श्याम) र प्रदेश तर्फ एमालेको समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले बुधवार पोखरा १० का मतदाताहरुका गुनासाहरु सुन्ने र स्थानिय समस्याहरु बुझ्ने गरेका छन् । उम्मेदवारद्धयले धेरै बोलेर भन्दा पनि काम गरेर देखाउने विश्वास व्यक्त गर्दै जनगुनासो सुन्ने गरेको बताएका छन् । यसक्रममा वडाबासीहरुले अहिलेदेखि नै उम्मेदवारलाई भोलिका काम र समस्या समाधानका लागि वाचा गराएका थिए । वडावासीहरु गुनासो सुनिदिने एमाले उम्मेदवार पाएकोमा खुशी देखिन्थे भने एमाले उम्मेदवा...
कास्की क्षेत्र नम्वर ३ मा एमालेको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन
राजनीति, समाचार

कास्की क्षेत्र नम्वर ३ मा एमालेको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन

नेपालअखबार, पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्वर ३ मा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सम्पर्क कार्यालयको बुधवार उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका पोलिव्युरो सदस्य एवं पुर्व खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको सिङ्गो राष्ट्र निर्माण र विकासको अभियानमा लाग्ने पाटी एमाले भएकोले मङसिर ४ गते हुने निर्वाचनमा सुर्य ध्वजावाहाक उम्मेदवारहरूलाई जिताउनुपर्ने जोड दिएका छन् । उनले सडकमा बाजा गाजासहित नारा जुलुस लगाएर मात्र हैन मतदाताका घरआँगनमा पुगि पाटीले गरेका विकास निर्माणका कामको बारेमा जानकारी गराउँदै पाटीका भावी एजेन्डा बोकेर मत माग्नु पर्ने बताएका छन् । कार्यक्रममा नेकपा एमाले पालिटब्यूरो सदस्य सीता गिरी ओलीले जनताका घरघरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् । क...