Tuesday, May 5

राजनीति

शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति सदस्य हेरफेर
राजनीति, समाचार

शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति सदस्य हेरफेर

नेपालअखबार, काठमाडाैं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानवीन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको हो। जस अनुसार सो समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन्। ‘माननीय सदस्यहरु, प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानबिन विशेष समितिमा माननीय श्री पुष्पा भुसाल गौतमको स्थानमा माननीय श्री मानबहादुर विश्वकर्माको नाम रहने गरी हेरफेर गर्न सभाको सहमतिको लागि प्रस्ताव गर्दछु’,सभामुख सापकोटाले भने, ‘प्रस्तावित हेरफेरलाई सहमति जनाई दिनहुन अनुरोध गर्दछु। प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको घोषणा गर्दछु।’ नेप...
प्रधानमन्त्रीले आगामी मौद्रिक नीतिबारे गभर्नरसँग लिए ब्रिफिङ
राजनीति, समाचार

प्रधानमन्त्रीले आगामी मौद्रिक नीतिबारे गभर्नरसँग लिए ब्रिफिङ

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफ्रिङ लिएका छन् । जनार्दन शर्माको राजीनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाव लगायत विषयमा अर्थमन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । छलफलमा गभर्नर अधिकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफ्रिङ गरेको थिए । राष्ट्र बैंक र अर्थमन्त्रालय तर्फको ब्रिफिङपछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रको आवश्यकता अनुसारको मौद्रिक नीति तर्जुमा गर्न निर्देशन दिएको बैंठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।...
माओवादीले माग्यो गभर्नर अधिकारीको राजीनामा
राजनीति, समाचार

माओवादीले माग्यो गभर्नर अधिकारीको राजीनामा

नेपालअखबार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ। राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका हुन् । २०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको भन्दै उनले भने, ‘एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न स्थिति होला कि नहोला भन्ने प्रश्न पनि छ ।’ यो विषय अलमलमा छ भन्ने मान्ने हो भने पनि विवाद भएपछि गभर्नरले राजीनामा दिनुपर्ने उनले बताए । श्रेष्ठले अघि भने, ‘विवाद भएर सबैलाई त्यस्तै त्यस्तै लागेको छ । कि त होइन भनेर पुष्टि गर्ने विश्वसनीय कागजात चाहियो । २०७३ सालको चाहिँ उहाँ नै हो, अहिलेको चाहिँ अर्को हुनुहुन्छ भनेर गर्नुपर्‍यो । होइन भने विवाद भयो भनेर पनि उहाँले राजीनाम...
उपसभामुखमा विद्या भट्टराईकाे उम्मेदवार एमालेबाट
राजनीति, समाचार

उपसभामुखमा विद्या भट्टराईकाे उम्मेदवार एमालेबाट

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ । भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिए ।...
चिनियाँ नेताले भने– नेपाल एक भएको हेर्न चाहान्छौँ
राजनीति, समाचार

चिनियाँ नेताले भने– नेपाल एक भएको हेर्न चाहान्छौँ

नेपालअखबार,  काठमाडाैं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार नयाँ बानेश्वरमा भएको दुई पक्षीय भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्ध अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको बैठकपछि नेपालले जानकारी दिए । ‘नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषयमा कुराकानी भए’, अध्यक्ष नेपालले भने,‘नेपालबाट चीन र चीनबाट नेपालले सिक्ने कुराहरुमा डेलिगेसन आदान प्रदान गर्ने विषयमा छलफल र कुराकानीहरू भए ।’ भेटवार्तामा नेपाल एक चीन नीतिमा दृढ रहेको तथा  नेपालको भूमि बाह्य हस्तक्षेपका लागि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।  यसैगरी चीनसँगको सम्बन्ध...
विद्यार्थी र अभिभावकको पहिलो रोजाई सामुदायिक विद्यालय बन्नेगरि सुधार गर्छौं : मेयर आचार्य
राजनीति, समाचार

विद्यार्थी र अभिभावकको पहिलो रोजाई सामुदायिक विद्यालय बन्नेगरि सुधार गर्छौं : मेयर आचार्य

नेपालअखबार, पोखरा  । पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताएका छन् । पोखराको लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । देशभरको अवस्था हेर्दा कास्की बाहेक ६५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने तर पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्ने अवस्था आउनुको पछाडिको कारण खोजिने र सुधार गरिने उनले बताए । उनले भारतमा ७/८ वर्षको अन्तरालमा सरकारी विद्यालयको गुणस्तरमा फड्को मारेको उदाहरण दिँदै पोखरामा पनि छिट्टै विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा समुदायिक विद्यालय पर्नेगरी सुधार गर्ने बताए ‘देशभर कास्की बाहेकको अवस्था ह...
अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड
प्रदेश ४, राजनीति, समाचार

अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त...
प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित
राजनीति, समाचार

प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित

नेपालअखार, काठमाडाैं । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भयो । उक्त विधेयक उपर बैठकमा छलफल भई उठेका प्रश्नको कानूनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो । यौन हिंसासम्बन्धी विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए । नेपालको संविधानको धारा ९४ मा संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न ...
निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल
राजनीति, समाचार

निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

नेपालअखबार, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको बताएका हुन् । ‘वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि हामीले भूमिका खेलेका छौं । अझंै पनि विभिन्न हिसाबले विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर जान तयार छौं’ नेपालले भने, ‘यस अर्थमा संविधान मिच्ने काममा भूमिका नखेलेका, प्रगति र परिवर्तनको पक्षमा भएका तथा समाजवादको यात्रामा रहेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्छौं ।’ नेकपा (माओवादी केन्द्र)सँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचनअघि नै कुनै पार्टीसँग एकता नहुने जवाफ दिए । एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको न...
एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

नेपालअखबार, बुटवल ।  नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन हुनुभएको  छ । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहनुभएका  पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि पाण्डेलाई अध्यक्ष बनाइएको हो । उपाध्यक्षहरुमा श्रीराम यादव र  चीनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन हुनुभएको छ  । वैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहने भएपनि गठबन्धनको मात्र भर नपरी संगठन विस्तार र परिचालनमा केन्द्रित हुन निर्देशन दिनुभएको थियो  ।...