Tuesday, May 5

राजनीति

अध्यक्ष नेपाल  भारतीय राजदूत कोटेश्वरमा भेट्न
राजनीति, समाचार

अध्यक्ष नेपाल भारतीय राजदूत कोटेश्वरमा भेट्न

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ । राजदूत श्रीवास्तव कोटेश्वरस्थित आफ्नो निवासमा भेटघाटको लागि आइपुगेको अध्यक्ष नेपालले फेसबुकमार्फत् जानकारी दिएका छन् । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटमा नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको अध्यक्ष नेपालले जानकारी दिए । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएको नेपालले जानकारी दिए ।...
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार तथा नवीकरण र विभागहरूको काम व्यवस्थापनलगायत एजेण्डाहरुमा छलफल हुने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।...
गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा
राजनीति, समाचार, हाइलाइट-समाचार

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा

नेपालअखबार । हाल निर्माणाधीन स्थानको विकल्प खोज्न दिएको सर्बोच्च अदालतको आदेश विपरीत सत्तारुढ गठबन्धनका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई यथास्थितिबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली सेनाको हेलिकप्टर चढेर शनिबार निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने निस्किएका सत्तारुढ गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई यथास्थितिबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरु सबैले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विकल्प नभएको भन्दै तत्कालै काम सुरु गर्नुपर्ने धारणा ...
शीर्ष तहमा छलफल गरेरमात्रै मुख्यमन्त्री हेरफेर गर्ने बाग्मती संसदीय दलको निर्णय
राजनीति, समाचार

शीर्ष तहमा छलफल गरेरमात्रै मुख्यमन्त्री हेरफेर गर्ने बाग्मती संसदीय दलको निर्णय

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय समितिको बैठक सकिएको छ। बैठकले बाग्मती सरकारको मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमा छलफल गरेर मात्र निर्णयमा पुग्ने निष्कर्ष निकालेको छ  । शनिबार बसेको पार्टीको बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलका शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निष्कर्ष निकालेको हो । बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान चलाएपछि यो प्रशंग आएको हो । जसको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने एकीकृत समाजवादीले अडान राखेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाड गर्नेगरी शीर्ष तहले ...
जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो
राजनीति, समाचार

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

नेपालअखबार, काठमाडाै । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको अधिकारीले बताए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।...
चार देशका राजदूतले लिए सपथ
राजनीति, समाचार

चार देशका राजदूतले लिए सपथ

नेपालअखबार, काठमाडौं । विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले बिहीबार सपथ लिएका छन् । कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन् । सपथ समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।...
मन्त्रिपरिषदले गरेका १० वटा निर्णयहरू यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषदले गरेका १० वटा निर्णयहरू यस्ता छन्

नेपालअखबार, काठमाडाैं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ। सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारकाे बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्। काठमाडौं उपत्यकाभित्रका प्रशारण लाइन र सब–स्टेशनमा संरचनागत सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारीसमेत तोक्ने। विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने। सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदाथि लोकसेवा आयोगको परामर्श लिने। मध्यभोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने। भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र...
समयमै जनताका काम गर्नुस: शहरी विकास मन्त्री चाैधरी
राजनीति, समाचार

समयमै जनताका काम गर्नुस: शहरी विकास मन्त्री चाैधरी

नेपालअखबार,  काठमाडाैं । शहरी विकास मन्त्री मेटमणि चाैधरीले जनताका काम समयमै गर्न निर्देशन दिनुभएको छ । वुधवार मन्त्रालय अन्तर्गत काठमाडौ उपत्यका विकास प्राधिकरण अनामनगरकाे अनुगमन तथा निरिक्षण गर्दै मन्त्री चाैधरीले जनताका काम समयमै सम्पन्न गर्नका लागि निर्देशन दिनुभएको हाे । म कुनै कर्मचारीहरुकाे सरुवा,वढुवा लगायतमा पछाडि लाग्दैन तपाईंहरु नेपाल सरकारका निति नियम,कानुनभित्र रहेर जनताका काम समयमै गर्नुस त्यसमा मेराे सहयोग रहन्छ । मन्त्रालय अन्तर्गतका विभिन्न आयाेजना,विकास समितिहरुवाट जनताले समयमै सेवा लिन नसकेको गुनासो रहेकाले सवै कर्मचारीहरु जनताका काममा गम्भीर वनेर समयमै सेवा दिनुस मन्त्री चाैधरीले भने`जनताका काम नगर्ने,काममा ढिलासुस्ती गरेर कहिले कुन शाखा कहिले कुन शाखा भन्दै जनतालाई सास्ती दिनुभयो भने म नाेटिस गरेर कारवाही गर्ने दिन नआहाेस ।´ जनताका कामहरू छिटोछरितो गर्नका लागि मन...
१७ प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको बैठक सकियो
राजनीति, समाचार, हाइलाइट-समाचार

१७ प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको बैठक सकियो

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न समसामयिक १७ बुँदे प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए । दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य समसामयिक प्रस्तावमा समाजवादीले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुका साथै किसानलाई सहज तरिकाबाट मल बिउबिजनको व्यवस्था गर्न माग गरेको छ।  यस्तै महिला तथा बालबालिकामाथि भइरहेको बलात्कारको घटनाको भत्सर्ना बैठकले गरेको छ । विपद्बाट हुनसक्ने क्षतिबाट बच्न पार्टी पंक्ति लाग...
अध्यक्ष नेपालले भने अरुको भरोसा गरेर चल्ने होइन, आफैं निर्वाचनको तयारीमा जुट्नू
राजनीति, समाचार

अध्यक्ष नेपालले भने अरुको भरोसा गरेर चल्ने होइन, आफैं निर्वाचनको तयारीमा जुट्नू

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह चुनावमा २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गरेका छन् ।  केन्द्रीय परिषद् बैठकको काठमाडौं उद्घाटन गर्दै नेपालले सतप्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने दाबी गरेका छन् । ‘हामीले स्थानीय तह चुनावको समीक्षा गरेका छौ । हामीले यसपटक झण्डै २८ प्रतिशत मात्रै उम्मेदवार उठाएका थियौं । त्यसबाट ९ लाख मत पाएका छौ’ नेपालले भने, ‘यदि सबै क्षेत्रमा उम्मेदवार उठाएको भए तेब्बर मत हुन्थ्यो । अर्थात हामीले २० लाख मत ल्याउने थियौं ।’ अब पार्टीको सम्पूर्ण ध्यान प्रदेश र प्रतिनिधिसभा चुनावमा लगाउने नेपालले बताए । ‘हामी सबैको ध्यान आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनुपर्छ । पार्टीको सम्पूर्ण त्यहीँ निर्वाचनमा केन्द्रीत गर्नुपर्ने छ । चुनावको तयारी गर्नुपर्नेछ’ नेपालले भने, ‘अरुको भ...