Saturday, July 11

राजनीति

वन निगमको सीईओका लागि आवेदन माग
राजनीति, समाचार

वन निगमको सीईओका लागि आवेदन माग

नेपालअखबार,  काठमाडौं । वन मन्त्रालय अन्तर्गतको वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद पूर्तिका लागि आवेदन खुलेको छ । पदपूर्ति समितिले आज सूचना प्रकाशित गरी इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिन भनेको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण विज्ञान, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । उम्मेदवार ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ । इच्छुक उम्मेदवारले आवेदन दिंदा आफ्नो व्यवसायिक कार्ययोजना बढीमा १५ पेजमा हार्ड कपि र सफ्ट कपि छुट्टाछुट्टै पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।...
गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक सकिने
राजनीति, समाचार

गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक सकिने

नेपालअखबार, काठमाडौं । आजको संसद बैठक नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।...
चितवनको भरतपुर महानगरपालिकामा भूमिहिन सुकुम्बासीहरुलाई जग्गाधनि प्रमाणपूर्जा वितण
राजनीति, समाचार

चितवनको भरतपुर महानगरपालिकामा भूमिहिन सुकुम्बासीहरुलाई जग्गाधनि प्रमाणपूर्जा वितण

नेपालअखबार, भाद्र  । चितवनको भरतपुर उपमहानगरपनलिकामा आज भूमिहिन सुमुम्वासीहरुलाई आज जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, चितवनजिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर उपमानगरपालिका वडा नं. २ मा १२३ भूमिहिन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभएको हो । भूमिहिन सुकुम्वासीहरुलाई जग्गाधनि प्रमाणपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने भनेर सरकारले गरेको प्रतिवद्धता अनुरुप भूमिहिन दलित, भूमिहिन सुकुम्वासीहरुलाई लालपूर्जा वितरणको काम गरिरहेको बताउनुभयो । मन्त्री श्रेष्ठले यहिवर्ष भित्र ३०० पालिकाकाका पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वार्ष भित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सवै खालका प्राविधिक समस...
माधव नेपालले प्रदीप गिरिलाई श्रद्धाञ्जली दिँदै भने  गणतन्त्रप्रति समर्पित योद्धा गुमायौ
राजनीति, समाचार

माधव नेपालले प्रदीप गिरिलाई श्रद्धाञ्जली दिँदै भने गणतन्त्रप्रति समर्पित योद्धा गुमायौ

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेता गिरिले लिएको अडानबाट मात्रै नेपालमा गणतन्त्र सम्भव भएको बताए । ‘नेता गिरि गणतन्त्र र समाजवादप्रति अविचलित अडान राख्ने नेता हो’, अध्यक्ष नेपालले भने, ‘अत्यन्तै निष्ठावान, लोकतन्त्रप्रति समर्पित र देशलाई समाजवादमा लानुपर्छ भन्ने अभियान्ता हो ।’ अध्यक्ष नेपालले गिरि निकै अध्ययनशील व्याख्याता, विश्लेषक र समर्पित योद्धालाई गुमाउनु नेपाली राजनीतिका लागि ठुलो क्षति भएको बताए । आफुसँग गिरिको विशेष सम्बन्ध रहेको भन्दै २०६२–०६३ मा राजाको विज्ञप्‍तिपछि कांग्रेसमा विचलन आउँदा गिरिले नै पार्टीलाई गणतन्त्रको यात्रा...
गिरिको निधनबाट स्तब्ध छु : अध्यक्ष नेपाल
राजनीति, समाचार

गिरिको निधनबाट स्तब्ध छु : अध्यक्ष नेपाल

नेपाल अखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले   कांग्रेस  नेता   प्रदीप गिरिकाे निधनबाट  स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको नेपालकाे भनाइ छ । नेपालले भनेका छन्, ‘  नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनेकाे छु ।   उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।’ नेपालले गिरिको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।...
वर्तमान समयमा नेकपा एसमा जनताको आर्कषण बढ्दै : अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

वर्तमान समयमा नेकपा एसमा जनताको आर्कषण बढ्दै : अध्यक्ष नेपाल

 नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि  एकिकृत समाजवादि डोटि काठमाण्डौ सम्पर्क मञ्चद्वारा आयोजित कमिटि पुनर्गठन तथा कार्यकर्ता भेलामा विभिन्न राजनितिक दल परित्याग गरि ५५ जना नेकपा एसमा प्रवेश गरेका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले कार्यकर्तालाई मैले के पाए होइन मैले के गर्न सके भनि प्रश्न गर्नु पर्ने बताए । वर्तमान समयमा कार्यकर्ता सचेत र सजक रहन आग्रह गरेका छन् । निर्वाचन नजिकिदै गर्दा जनतामा भ्रम छर्ने कृयाकलाप बढ्ने बताउदै डोटेली जनताहरु त्यस्ता भ्रम चिर्न डटेर लाग्नु पर्ने बताएका छन् । नेकपा एसको मुख्य उदेश्य नै समाजवाद लागु गर्नू हो । लोककल्याणकारी राज्यको स्थापना गर्दै जनताको हितमा अघि बढ्ने पाटिको रुपमा परिचित रहने बताए । वर्तमान समयमा नेकपा एसमा जनताको आर्कषण बढ्दै गएको बताए । विषेश अतिथि पूर्व  संस्कृतिक, पर्यटन तथा  नागरिक उड्डयन मन्त...
नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौंदा समिति गठन
राजनीति, समाचार

नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौंदा समिति गठन

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरिएको हो । समितिको सदस्यहरूमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, परशुराम रम्तेल, जगत सिंखडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।...
‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’
राजनीति, समाचार

‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

नेपालअखबार, काठमाडाैं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित काठमाडौंमा रहेका अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेका हुन्। नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटेर नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकामा आफूहरूको सकारात्मक सहयोग र सद्भाव रहने बताएका थिए। नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेत...
एमालेमै बसेको भए दश भाइजस्तै हरिबिजोग हुने रहेछ : अध्यक्ष नेपाल
राजनीति, समाचार

एमालेमै बसेको भए दश भाइजस्तै हरिबिजोग हुने रहेछ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताएका छन् । शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा दश बुँदे सहमति गरेर बस्ने नेताहरुको हरिबिजोग रहेको बताए । ‘एमालेमै बसेको भए यतिखेर दश भाइ जस्तै हरिबिजोग हुने रहेछ’, अध्यक्ष नेपालले भने । तर एकीकृत समाजवादी बनाएर अगाडि बढ्ने चट्टानी अडान लिएको उनले बताए । ‘अहिले हामी राष्ट्रिय शक्ति बनेका छौं, ६ हजार ७४३ वडामा हामी छौं’, अध्यक्ष नेपालले भने ।...
पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
राजनीति, समाचार

पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दै छ । पदाधिकारीलाई पूर्णता दिन बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो । महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् । महासचिवका लागि मात्रै ७जना नेताले दाबी गरेका   छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव पेस गरेका थिए ।...