Monday, May 4

राजनीति

आज राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव र सोनाम गोल्जेन शेर्पाले विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मंगलवारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एम...
एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। असार १० र ११ गते काठमाडौं पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो। वैशाख ३० मा भएको स्थानीय निर्वाचनको समीक्षा उक्त बैठकमा हुनेछ। साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीको भनाइ छ। केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्र, प्रदेशमा सङ्गठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे पनि बैठकमा प्रतिवेदन पेश गर्ने तयारी छ। आगामी चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने र पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा छलफल गरिनेलगायत एजेन्डा छन्। केन्द्रीय कमिटीका लागि केही थप एजेन्डा भने पोलिटब्यूरो ...
आज पनि प्रतिनिधिसभा बैठक बस्दै
राजनीति, समाचार

आज पनि प्रतिनिधिसभा बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ  (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।...
एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र लेख्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र लेख्ने

नेपालअखबार, काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो । तर उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीति अन्तर्गतको भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि सरकारले नेपाल सहभागी नहुने सार्वजनिक प्रतिवद्धता जनाएको थियो ।...
महिला मन्त्रालयका लागि बजेट अपर्याप्त छ
राजनीति, समाचार

महिला मन्त्रालयका लागि बजेट अपर्याप्त छ

नेपालअखबार, काठमाडाैं  । सांसदहरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनसङ्ख्याको ठूलो हिस्सालाई सम्बोधन गर्नुपर्ने भए पनि सरकारले आगामी आवका लागि मन्त्रालयको छुट्ट्याइएको बजेट पर्याप्त नभएको बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा बोल्दै उनीहरुले सरकारका नीति तथा कार्यक्रम राम्रो भए पनि त्यो कार्यान्वयनका लागि बजेट अपर्याप्त भएको बताएका हुन् । सांसद् सुरेशकुमार आले मगरले महिला, बालबालिका मन्त्रालयले ८० प्रतिशत जनसङ्ख्या ओगट्ने भए पनि बजेट कम हुनुले त्यो वर्गमा असर पुग्ने बताए । युवा वर्ग र खेलकुद देशको नाम राख्ने विषय भए पनि यसमा सरकारले कम महत्व दिएको उनको भनाइ छ । सांसद नन्दा चपाइँले बजेटले धेरै क्षेत्रका महिलाका विषय समेटिनु सकारात्मक भए पनि महिला मन्त्रालयले अध्ययन र अनुसन्धानलाई अघि बढाउनुपर्ने बताइन् । महिला हिंसाका घटना धेरै भइरहेकाले न्यूनीकरणका लागि सात...
प्रतिनिधिसभा बैठक : डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक : डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

नेपालअखबार, काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राष्ट्रिय, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद दीपप्रकाश भट्टले सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे । उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री  भएकामा  शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताए । सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईँले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । त्यस्तै सांसद देवप्रसाद गुरुङले पेट्रोलियम पदार्थमा गरिएको म...
संघीय संसदका दुवै सदनकाे बैठक आज १ बजे
राजनीति, समाचार

संघीय संसदका दुवै सदनकाे बैठक आज १ बजे

नेपालअखबार, काठमाडाैं । संघीय संसदको दुवै सदनका बैठक आज सोमबार बस्दैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ। कार्यसूची अनुसार बेठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन्। यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नेछन्।  मन्त्री शर्माले  ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ। यस्तै राट्रियसभाको बैठक पनि आज दिउसो १ बजे बैठक बस्नेछ।...
सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन – अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा नेपालले हस्ताक्षर नगर्ने बताउनु भएको छ । आइतबार समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एसपिपी फिर्ता लिनुपर्छ भन्ने कुरा उठेपनि त्यसबारे सहमति भने बनि नसकेका बताउनु भएको छ । सेनाको पत्रले प्रश्न उठाएको छ । विगतको समीक्षा गर्नुपर्छ । सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन नेपालले भन्नुभयो । अध्यक्ष नेपालले अर्को प्रसंगमा समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्ने भन्दै  चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनभित्र आगामी कात्तिक मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको  विषयलाई लिएर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँट गर्नुपर्ने आवाज उठेको बताउनु भएको हो  । गत स्था...
अध्यक्ष नेपालको प्रश्न- एसपिपीबारे तत्कालीन प्रधानमन्त्रीलाई जानकारी नभए हामीलाई झन् कसरी थाहा हुने
राजनीति, समाचार

अध्यक्ष नेपालको प्रश्न- एसपिपीबारे तत्कालीन प्रधानमन्त्रीलाई जानकारी नभए हामीलाई झन् कसरी थाहा हुने

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे तत्कालीन प्रधानमन्त्रीलाई जानकारी हुनुपर्ने बताएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जानकारी नदिईकन सेनाले पत्राचार गरेको अभिव्यक्ति दिएका थिए। ओली प्रधानमन्त्री हुँदा सेनाले पठाएको पत्र हालै सार्वजनिक भएको थियो। ‘तत्कालीन प्रधानमन्त्रीले पत्र पठाउँदा थाहै दिइएन भन्नुभएको छ। यो कुरा सही वा गलत थाहा छैन,’ आज सम्पादकहरूसँग अन्तर्क्रियामा उनले भने, ‘तत्कालीन प्रधानमन्त्रीलाई थाहा नभए हामी पूर्व प्रधानमन्त्रीलाई कसरी थाहा हुने? कि अन्यरयामी हुनुपर्‍यो कि ज्योतिषी!’ उनले राष्ट्रिय मुद्दामा संवेदनशील रहेको बताउँदै अनुचित सम्झौता नहोस् भनेर सरकारलाई आफूहरूले बताइरहेको पनि जानकारी गराएका थिए। सत्ता गठबन्धनका शीर्ष नेतासँग प्रधानमन्त्री शेरबहादुर देउवाले ने...
धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो :  मन्त्री आले
राजनीति, समाचार

धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो : मन्त्री आले

विमल विष्ट,  डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्नु हुँदै मन्त्री आलेले धर्म र संस्कृति बिना मानिस अन्धो हुने भएकाले आफ्ना धर्म र संस्कृतिको सबैले जगेर्ना गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना कला, संस्कृति तथा धर्म भनेका नेपालीका पहिचान हुन, भावी पुस्ताका लागि भएपनि तिनीहरुको संरक्षण तथा सम्बद्धन गर्न जरुरी भएको छ ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले नेपाली कला, धर्म र संस्कृतिले हाम्रो पहिचान झल्काउने काम गरेकाले आम नेपाली दाजु भाइले आफ्ना कला, संस्कृति र धर्मको संरक्षणमा जुट्नु पर्ने बताउनुभयो । उहाँले थप भन्नुभयो, “हाम्रा कला, संस्कृति हेर्नको लागि विदेशी पर्यटक हरेक वर्ष नेपाल भ्रमण...