Monday, May 4

राजनीति

पक्राउ परेका नेता–कार्यकर्ता बिना सर्त छाड्न नेविसंघको आग्रह
राजनीति, समाचार

पक्राउ परेका नेता–कार्यकर्ता बिना सर्त छाड्न नेविसंघको आग्रह

नेपाल अखबार, काठमाडौं । प्रदेश नम्बर पाँचको राजधानी सम्बन्धमा सरकारको निर्णयपछि बुटवलमा भइरहेका प्रदर्शन, सरकारी दमन र धरपकडप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड‌, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापुर्बक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज भएको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले बताए । नेविसंघका महामन्त्री तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण ढंगबाट छलफल गरिरहेको अबस्थामा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कॉंग्रेसका नेताहरु हरिलाल पाण्डे, शिव गैरे,बिष्णु पोख्रेल, ज्ञानेन्द्र कार्की, तरुण नेता प्रकाश गैरे पत्रकार कमला पाण्डे लगायतलाई गरिएको गिरफ्तारीप्रति घोर भर्त्सना गर्दै...
पोखरामा जनपत्रकार शहीद पहारीको १६ औ स्मृति दिवस
राजनीति, समाचार, समाज

पोखरामा जनपत्रकार शहीद पहारीको १६ औ स्मृति दिवस

नेपाल अखबार, पाेखरा। जनपत्रकार शहीद महेश पहारीको १६ औ स्मृति दिवस पोखरामा मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा कमिटी पोखरा–१० ले आयोजना गरेको स्मृति सभामा नेकपामा केन्द्र, प्रदेश जिल्ला तथा स्थानीय नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयवासीले पहारीको बुद्धचोकस्थित घरमा पुगेर शहीदको तस्वीरमा माल्र्यापण गरी स्मरण गरे । कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं नेकपा गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले शहीद,घाइते तथा बेपत्ता योद्धाहरुको परिवारको व्यवस्थापनका लागि पार्टीभित्र छुट्टै विभाग आवश्यक रहेको बताए। शहीदले देश र जनता केन्द्रित भएर गरेको बलिदानीबाट हालको उपलव्धी हासिल भएकाले जनयुद्ध, जनआन्दोलन तथा परिर्वतनका लागि भएका सङ्घर्षका शहीद, बेपत्ता तथा घाइतेका परिवारजनप्रति पार्टीले विशेष ध्यान उनले बताउ । “शहीदले हामीलाई पीडालाई बिर्साउदै निरन्तर क्रियाशील ...
देउवाको आग्रह प्रधानमन्त्रीलाई –डा. केसीसँग अविलम्ब वार्ता गर
राजनीति, विचार, समाचार

देउवाको आग्रह प्रधानमन्त्रीलाई –डा. केसीसँग अविलम्ब वार्ता गर

नेपाल अखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा. गाविन्द केसीसँग अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न ढिलाइ नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु ।’ २१ दिनदेखि अनशनमा बस्दै आएका डा. केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग सम्बोधन गर्न कुनै गम्भीरता नदेखाउनु अत्यन्तै दुःखद र गम्भीर विषय भएको देउवाको भन...
नेकपा सचिवालय बैठक स्थगित
राजनीति, समाचार

नेकपा सचिवालय बैठक स्थगित

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो । अर्को बैठकको मिति तोकिएको छैन ।...
राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश
राजनीति, समाचार

राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

नेपाल अखबार, कञ्चनपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मानबहादुर कार्कीलगायत १०० जना छन् । नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएको हो । नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सहइन्चार्ज लालबहादुर विकले नेता थापासहित उनीहरु सबैलाई टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए । रासस...
प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय
प्रदेश ५, राजनीति, समाचार, हाइलाइट-समाचार

प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

नेपाल अखबार, रुपन्देही ।प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। उनले कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारवाही हुनेसमेत चेतावनी दिएका छन् । दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरकमत राखेको समेत ब...
नेकपा अन्नपूर्ण २ को सपथ
राजनीति, समाचार

नेकपा अन्नपूर्ण २ को सपथ

नेपाल अखबार, पाेखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका वडा नं. २ कमिटीको सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भयो। कार्यक्रमका बीच पार्टीका गण्डकी प्रदेश सदस्य एवम् प्रतिनिधीसभा सांसद दुर्गाकुमारी विकले वडा कमिटी सदस्यलाई सपथ खुवाइन्। कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथि पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले पार्टी एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। उनले अव जनवर्गिय संगठन विस्तारलाई पनि अगाडि बढाउनुपर्ने औँल्याए। विशेष अतिथि पार्टी प्रदेश सदस्य एवम् प्रतिनिधिसभा सांसद दुर्गाकुमारी विकले जनताको बलिदानी पूर्ण संघर्षबाट हालको उपलब्धी आर्जन भएको चर्चा गर्दै यसलाई दुरुपयोग नगरी जनताको परिवर्तनको पक्षमा लगाउनुपर्ने बताइन्। सो अवसरमा पार्टीका जिल्ला कार्यालय सदस्य दामोदर वैरागी, गाउँ कमिटी अध्यक्ष धर्मबहादुर गुरुङ, सचिव लक्ष्मीप्रसाद अधिकारी, जिल्ला सद...
प्रधानमन्त्री ओलीको आह्वान ,विप्लव समूहलाई वार्तामा आउन
राजनीति, समाचार

प्रधानमन्त्री ओलीको आह्वान ,विप्लव समूहलाई वार्तामा आउन

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए । विप्लव समुहको नाम नलिकनै प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका हुन् । शुक्रबार मानवअधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह गरे । उनले आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै केही समयअघिमात्रै संविधानको दोस्रो संशोधन गरेको स्मरण गराए । परेका बेला राष्ट्र एकजुट हुनसक्ने भन्दै उनले संविधान संशोधनलाई लहडको विषय बनाउन नहुने बताए । प्रधानमन्त्री ओलीले कतिपयले यो प्रणाली काम लाग्दैन खेलवाडपूर्ण ढंगले अभिव्यक्ति नदिन पनि आग्रह गरे । ...
नेकपाले भोलि सचिवालय बैठक बोलायो
राजनीति, समाचार

नेकपाले भोलि सचिवालय बैठक बोलायो

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । शनिबार अपराहृन ४ बजे बैठक बस्ने भने पनि औपचारिक जानकारी आइनसकेको एक नेताले बताए ।सचिवालय बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् । सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गर्दै डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।...
जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
राजनीति, विचार, समाचार

जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको भन्दै सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको बताएका छन् । संयुक्त राष्ट्संघको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले सोे कुरा बताएका हुन् । उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्न आवश्यक भएको पनि बताएका छन् । ‘जैविक विविधताका स्रोतहरू हाम्रा जीवन धान्ने आधार हुन् । यी स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन, खनिज तथा औषधिउपलब्ध हुन्छ साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने गर्दछ’,प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्, ‘जैविक...