मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरवीच शिष्टाचार भेट
नेपालअखबार, काठमाडाैं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटघाटमा दुईदेशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ ।
भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायल बीच कुटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताउनु भयो ।
उहाँले नेपाल सरकार भुमिको समुचित उपयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बृद्धि गर्दै समृद्धि हासिल गर्नतर्फ लागिरहेको भन्दै इजरायले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनु भयो ।
मन्त्री श्रेष्ठले यसवर्षको नीति तथा कार्यक्रम र वजे...










