Monday, May 4

राजनीति

कोरोना संक्रमण परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन
राजनीति, समाचार, स्वास्थ्य

कोरोना संक्रमण परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन

नेपाल अखबार, काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार स्वाब संकलन गरिएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाका शुक्रबार प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्क भइरहनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो । ‘पार्टीको, सरकारको कामले भेटिरहनुपर्ने सल्लाहकार र सचिवालय टिमका सदस्यहरुको स्वाब संकलन गरिएको हो’ उनले भने । स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका सुरक्षाकर्मीहरुको गत सोमबार स्वाब संकलन गरिएको थियो ।...
ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित
राजनीति, समाचार

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित

नेपाल अखबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको छ । दुई अध्यक्षबीच तय भएको भेटवार्ताको कार्यक्रम स्थगित भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । बैठक बिहीबार बिहान बस्ने तय भएको समेत उनले जानकारी दिएका छन् ।...
खनाल एमालेमा हुँदा पनि ओलीले गुट नै चलाएका हुन, अहिले पनि गुट छाड्न सकेनन्
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

खनाल एमालेमा हुँदा पनि ओलीले गुट नै चलाएका हुन, अहिले पनि गुट छाड्न सकेनन्

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसनबाट देशव्यापी गुट चलाएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पार्टीभित्रको अर्को समूहका विरुद्धमा फाउन्डेसन परिचालन गरिएको बताए। ‘अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनबाट रास्ट्रव्यापी गुट चलाए, जिल्ला मात्र होइन पालिका वार्डसम्म कमिटी बनाएर अर्का अध्यक्ष प्रचण्ड लगायतका पक्षलाइ खण्डन गर्ने आलोचना गर्ने काम गरे, अनि प्रचण्डले पदको लोभले लडाइँ चर्काएको आरोप लगाए’, नेता खनालले भने। उनले अध्यक्ष ओलीलाई रुपान्तरण गर्न अनेक प्रयास गरिए पनि असफल भएपछि अहिले स्थायी कमिटीमा छलफल भएको बताए। उनले प्रधानमन्त्री ओलीले एमालेमा हुँदा पनि गुट नै चलाएको र अहिले पनि गुट...
माधव नेपाल भन्छन् : ओलीले ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखाएका कारण नेकपा समस्यामा
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

माधव नेपाल भन्छन् : ओलीले ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखाएका कारण नेकपा समस्यामा

नेपाल अखबार, काठमाडाैं। नेकपाका वरिष्ठ नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म नै राज्य, म नै पार्टी’ भन्ने  प्रवृत्ति देखाएका कारण नेकपा एकीकरणको काम अझै पुरा हुन नसकेको बताएका छन्। काठमाडौमा बुधबार भएको एक अन्तरक्रियामा उनले ओलीकै कार्यशैलीका कारण एकता प्रक्रिया ठप्प भएको दाबी गरे। ‘पार्टी लठिभद्र अवस्थामा छ, पार्टी कागजमा सीमित गरियो, आइ एम द स्टेट, आइ एम द पार्टी (म नै राज्य, म नै पार्टी) भन्ने मनोगत शैलीका कारण पार्टीमा समस्या आयो,’ उनले भने। ‘पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूलाई ओलीले बीचको भूमिका खेल्न आग्रह गरेको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताए।’ नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ भन्ने प्रावधान पार्टीको विधानमा लेखेर बुद्धि पुर्‍याएको उनले बताए। ‘बहुमतको निर्णय पार्टीको निर्णय लेखेर कस्तो बुद्धि पुर्‍याइएछ...
ओली–प्रचण्ड छलफल जारी, झलनाथ र सुवास नेम्वाङ साक्षी
राजनीति, समाचार

ओली–प्रचण्ड छलफल जारी, झलनाथ र सुवास नेम्वाङ साक्षी

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगनपछिको गतिरोध हटाउन दुवै अध्यक्षबीच आज तेस्रो दिन पनि छलफल जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डबीच साँझ ५ बजेदेखि बालुवाटारमा पुनः वार्ता शुरु भएको छ । साउन १३ को स्थायी कमिटी बैठक प्रथम अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि नेकपामा संकट झनै गहिरिएको छ । आइतवार र सोमबार दुई दिन लगातार ५ घण्टाभन्दा बढी छलफल गर्दा पनि ओली र प्रचण्डबीच सहमति हुन सकेको छैन । आजको वार्तामा पनि प्रचण्डको तर्फबाट झलनाथ खनाल र ओलीको तर्फका सुवास नेम्वाङ सहभागी छन् । प्रधानमन्त्री ओली अब स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राख्ने पक्षमा छैनन् । ओलीले सचिवालय बैठकमा जोड दिएका छन् । बामदेव गौतमको ६ बुँदे प्रस्तावपछि ओली सचिवालयमा अनुकुल अवस्थामा छन् । ओलीसँग वार्ता गर्नुअघि प्रचण्ड आजै उपाध्यक्ष बामदेव गौतमको निवास भै...
नेकपाका प्रवत्ता  श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने
राजनीति, समाचार

नेकपाका प्रवत्ता श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने

नेपाल अखबार, गोरखा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले बैठकमा उपस्थित हुनुपर्ने उनको भनाइ छ । ‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो,’ मंगलबार जिल्ला सदरमुकाम आएका श्रेष्ठले पत्रकार भेटघाटमा भने, ‘त्यसैले उहाँ बैठकमा आउनैपर्छ, अरुको कुरा सुन्ने र आफ्नो कुरा राखेर पार्टीभित्र भएको विवादको निकास दिनुपर्छ, यो उहाँकै जिम्मेवारी हो ।’ वैठकमा सहभागी भएर वृद्धि विवेक पु¥याएर निष्कर्ष निकाल्नुपर्ने श्रेष्ठको भनाइ छ । नेता श्रेष्ठले पार्टी विधिसम्मत रुपमा नचलेको, निष्क्रियजस्तो भएको, आचरणको हिसाबले अरु भन्दा भिन्न हुन नसकेको र सांगठनिक एकीकरण पूरा नभएको भन्दै यसलाई गुणात्म...
प्रधानमन्त्रीको आग्रह : संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने
राजनीति, समाचार

प्रधानमन्त्रीको आग्रह : संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने

नेपाल अखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि विरोध,उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर विरोध । कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’ प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिन्छ, कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताएका प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए । सोही बैठकमा प्रमुख व...
प्रधानमन्त्रीलाई देउवाकाे प्रश्न
राजनीति, विचार, समाचार

प्रधानमन्त्रीलाई देउवाकाे प्रश्न

नेपाल अखबार, काठमाडौ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञहरुको बैठकबाट बाहिरिएका छन् । छोटो समय बसेर आफ्नो धारणा राखेका देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए । बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको बताए । ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’, देउवाको भनाइ छ । उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताए । ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुुस् भनेर भनेँ’, देउवाको भनाइ छ । बै...
कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञहरुलाई छलफल गर्ने तयारी
राजनीति, समाचार

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञहरुलाई छलफल गर्ने तयारी

नेपाल अखबार, काठमाडौँ । लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारणमा त्रास थपिएको छ भने सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्दै छन् । भयावह स्थिति आउनसक्ने चिन्ता बढेपछि सरकारले नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गर्दै रणनीति तय गर्न प्रधानमन्त्री ओलीले मंगलबार छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सल्लाहकार थापाले कुन–कुन क्षेत्रका विज्ञहरुसँग छलफल गर्न लागेको भन्नेबारेमा अहिलेसम्म नखुलाइएको भन्दै २० भन्दा बढीको सहभागीता रहनसक्ने बताए । सरकारले गत चैत ११ बा...
ओली–प्रचण्ड छलफल : संवादहिनता तोडियो, सहमति प्रयास जारी
राजनीति, समाचार

ओली–प्रचण्ड छलफल : संवादहिनता तोडियो, सहमति प्रयास जारी

नेपालअखबार, काठमाडाैं। नेकपाका दुई अध्यक्षबीचको बैठकमा कुनै सहमति नभएपछि फेरि भोलि पनि छलफल हुने भएको छ। वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई सँगै राखेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। विहान १० बजेदेखि साढे ३ घण्टा भएको छलफलमा कुनै सहमति नजुटेको प्रचण्डले आफू निकटका नेताहरुलाई व्रिफिङ गरेका छन्। ‘कुनै सहमति भएको छैन, छलफल सकारात्मक रुपमा भएको छ। फेरि भोलि पनि छलफल गर्नेछौं,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘ओलीजीले आफ्नो अडान कायम राख्नुभएको छ, हामीले पनि सहमतिको लागि उहाँले एउटा पदबाट राजीनामा गर्नैपर्ने धारणा प्रष्ट पारेका छौं।’ रोकिएको स्थायी कमिटी बैठक सुचारु गर्नेबारे पनि दुई नेताबीच कुनै सहमति हुन सकेको छैन। असार १० गतेदेखि सुरु भएको स्थायी कमिट...