Thursday, July 9

राजनीति

एकीकृत समाजवादीका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण
राजनीति, समाचार

एकीकृत समाजवादीका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम सुरू हुँदैछ। आज बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ। प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरु सहभागी हुनेछन्।...
कलिला खानको बाल्यकालदेखि संसद्सम्मको सङघर्ष लोकार्पर्ण
राजनीति, समाचार

कलिला खानको बाल्यकालदेखि संसद्सम्मको सङघर्ष लोकार्पर्ण

नेपालअखबार,  काठमाडाैं । सांसद कलिला खानको बाल्यकालदेखि संसद्सम्मको सङ्घर्ष विमोचन भएको छ । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद मंगलबार  एक कार्यक्रमका विच खानको पुस्तकका लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले पाठ्य संस्कृतिलाई बढावा दिन कार्यकर्ताहरूलाई जोड दिनुभयो । पुस्तकमा सांसद खानका बाल्यकाल देखि संसद्सम्मको संघर्षको कथालाई उल्लेख गरिएको छ । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै सांसद खानले आफ्नो पुस्तकमा आफ्ना जिन्दगीका कथाहरु समेटिएको भन्दै अध्ययन पछि प्रतिकृयाको अपेक्षा गर्नुभयो ।...
हेटौंडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम
राजनीति, समाचार

हेटौंडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

नेपालअखबार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा यही  शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ। ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम  लागू हुने हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्। हाम्रो हेटौंडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ। सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ। उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको उनको भनाइ थियो। उपमहानगरमा ७६ सामुदायिक र ५० निजी गरी  १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे  जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिए। एक सय ६० पूर्णाङ्क रहेक...
समाजवाद किन र कसरी लोकार्पण
राजनीति, समाचार

समाजवाद किन र कसरी लोकार्पण

नेपाल अखबार, काठमाडाैं । नेपका(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवाद किन र कसरी लोकार्पण गर्नुभएको छ । विभिन्न ९ जना लेखक तथा संकलकहरुको सामूहिक सङ्कलनको रुपमा तयार पारिएको समाजवाद किन र कसरी एक समारोहका विच अध्यक्ष नेपालले लोकार्पण गर्नुभएको हो । सङ्ग्रहको सार्वजनिकीकरण गर्दै अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई अध्ययनशील चिन्तनशील हुन भन्दै कार्यकर्ताहरुलाई जनजिविका र जनसरोकारका सवाललाई सम्बोधन गर्न आव्हान गर्नुभयो । समाजवाद अध्ययन केन्द्र धनकुटाले प्रकाशन गरेको उक्त पुस्तकमा पार्टीका सम्मानित नेता झलनाथ खनाल,उपाध्यक्ष घनेन्द्र वस्नेत,महासचिव डा.वेदुराम भुसाल,उपमहासचिव डा. विजय पौडेल,राजनितिक विश्लेषक हरी रोक्का, कानुनविद युवराज संग्रौला,विश्लेषक खगेन्द्र प्रसाई,केन्द्रीय सदस्य अशेष घिमिरे धनकुटा जिल्ला अध्यक्ष अर्जुन राई र अनुवादक करुणा पराजुलीका सामाग्रीहरू सङ्ग्रहि...
५ दलीय गठबन्धन कायम राख्दै, बाम एकताको लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय
राजनीति, समाचार

५ दलीय गठबन्धन कायम राख्दै, बाम एकताको लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । यस्तै बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरिएको महासचिव भुसालले जनाए । यस्तै बैठकले असार १३ र १४ गते बसेको पार्टीको केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा छलफल पनि गरेको छ ।...
पराजुली र पन्तले तोडे अनसन,त्रिवि र अनेरास्ववियूबीच ११ बुँदे सहमति
राजनीति, समाचार

पराजुली र पन्तले तोडे अनसन,त्रिवि र अनेरास्ववियूबीच ११ बुँदे सहमति

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यलयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले गरेको आमरण अनसन सातौं दिनमा अन्त्य भएको छ। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए । सोमबार त्रिविको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि उनीहरुले अनशन तोडेका हुन् । नीहरुबीच स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडी तहका नियमित र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन गर्ने सहमति भएको छ । त्यस्तै ती तहका निरन्तर पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन पन्ध्र दिनभित्र कार्यदल गठन गरी आगामी पुससम्म कार्यान्वयन गर्ने, विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुका केन्द्रीय नेत...
आज भारतमा  राष्ट्रपति निर्वाचन
राजनीति, विश्व, समाचार

आज भारतमा राष्ट्रपति निर्वाचन

नेपालअखबार, एजेन्सि। भारतको १५ औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ । संसदको बर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदै छ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद को लागि ६४ वर्षीय मुर्मु  एक बलियो दावेदार थिइन । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो । ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्वगभर्नर मुर्मुलाई झारखण्डको सत्तारूढ झारखण्ड मुक्ति मोर्चाको पनि समर्थन छ । मुर्मुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि समर्थनको आश्वासन दिएका छन् । त्यस्तै, शिवशेनाका दुबै गुटहरूले पनि उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । भाजपासँग गठबन्धन गरेको एकनाथ शिन्दे ने...
प्रचण्ड र  भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
राजनीति, समाचार

प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

नेपालअखबार, काठमाडाैं । भारतको ३ दिने भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । आइतबार भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो । भेटवार्तामा के के कुराकानी भयो भन्ने विषय बाहिर आएको छैन । अध्यक्ष प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए। प्रचण्ड शुक्रबार ३ दिने भारत भ्रमणमा गएका हुन् ।...
गभर्नरलाई कारबाहीको माग गर्दै वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
राजनीति, समाचार

गभर्नरलाई कारबाहीको माग गर्दै वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपालअखबार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । साथै वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने,  विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।यसका साथै, किसानलाई समयमै मल बिउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था...
आज पनि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति, समाचार

आज पनि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालअखबार, काठमाडाैं  । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा आजबाट पदाधिकारीले आ आफनो धारणा राख्ने भएका छन । यस अघिको बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसकेको पछि उनीहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीले आ–आफनो धारणा राख्ने कार्यसूची रहेको काँग्रेसले जनाएको छ । बैठक अपरान्ह १ बजे बस्दैछ । जारी बैठकमा संघीय संसदको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लोकप्रिय हुनका लागि पार्टी नेतृत्वको आलोचना गरेर ‘मिडिया स्टन्ट’ गरेको, बागी उम्मेदवारलाई कारवाही गर्ने कि नगर्ने, अन्य पार्टीका चुनाव चिन्हमा मतदान गर्न लगाएर पार्टीको पहिचानमा समस्या पारेको लगायत विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । आजको बैठकमा सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री गरी १४ जना पदाधिकारीले सो बारेमा आफनो धारणा राख्ने छन ।...