Wednesday, July 8

राजनीति

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो
राजनीति, समाचार

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

नेपालअखबार, काठमाडाै । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको अधिकारीले बताए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।...
चार देशका राजदूतले लिए सपथ
राजनीति, समाचार

चार देशका राजदूतले लिए सपथ

नेपालअखबार, काठमाडौं । विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले बिहीबार सपथ लिएका छन् । कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन् । सपथ समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।...
मन्त्रिपरिषदले गरेका १० वटा निर्णयहरू यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषदले गरेका १० वटा निर्णयहरू यस्ता छन्

नेपालअखबार, काठमाडाैं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ। सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारकाे बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्। काठमाडौं उपत्यकाभित्रका प्रशारण लाइन र सब–स्टेशनमा संरचनागत सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारीसमेत तोक्ने। विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने। सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदाथि लोकसेवा आयोगको परामर्श लिने। मध्यभोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने। भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र...
समयमै जनताका काम गर्नुस: शहरी विकास मन्त्री चाैधरी
राजनीति, समाचार

समयमै जनताका काम गर्नुस: शहरी विकास मन्त्री चाैधरी

नेपालअखबार,  काठमाडाैं । शहरी विकास मन्त्री मेटमणि चाैधरीले जनताका काम समयमै गर्न निर्देशन दिनुभएको छ । वुधवार मन्त्रालय अन्तर्गत काठमाडौ उपत्यका विकास प्राधिकरण अनामनगरकाे अनुगमन तथा निरिक्षण गर्दै मन्त्री चाैधरीले जनताका काम समयमै सम्पन्न गर्नका लागि निर्देशन दिनुभएको हाे । म कुनै कर्मचारीहरुकाे सरुवा,वढुवा लगायतमा पछाडि लाग्दैन तपाईंहरु नेपाल सरकारका निति नियम,कानुनभित्र रहेर जनताका काम समयमै गर्नुस त्यसमा मेराे सहयोग रहन्छ । मन्त्रालय अन्तर्गतका विभिन्न आयाेजना,विकास समितिहरुवाट जनताले समयमै सेवा लिन नसकेको गुनासो रहेकाले सवै कर्मचारीहरु जनताका काममा गम्भीर वनेर समयमै सेवा दिनुस मन्त्री चाैधरीले भने`जनताका काम नगर्ने,काममा ढिलासुस्ती गरेर कहिले कुन शाखा कहिले कुन शाखा भन्दै जनतालाई सास्ती दिनुभयो भने म नाेटिस गरेर कारवाही गर्ने दिन नआहाेस ।´ जनताका कामहरू छिटोछरितो गर्नका लागि मन...
१७ प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको बैठक सकियो
राजनीति, समाचार, हाइलाइट-समाचार

१७ प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको बैठक सकियो

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न समसामयिक १७ बुँदे प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए । दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य समसामयिक प्रस्तावमा समाजवादीले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुका साथै किसानलाई सहज तरिकाबाट मल बिउबिजनको व्यवस्था गर्न माग गरेको छ।  यस्तै महिला तथा बालबालिकामाथि भइरहेको बलात्कारको घटनाको भत्सर्ना बैठकले गरेको छ । विपद्बाट हुनसक्ने क्षतिबाट बच्न पार्टी पंक्ति लाग...
अध्यक्ष नेपालले भने अरुको भरोसा गरेर चल्ने होइन, आफैं निर्वाचनको तयारीमा जुट्नू
राजनीति, समाचार

अध्यक्ष नेपालले भने अरुको भरोसा गरेर चल्ने होइन, आफैं निर्वाचनको तयारीमा जुट्नू

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह चुनावमा २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गरेका छन् ।  केन्द्रीय परिषद् बैठकको काठमाडौं उद्घाटन गर्दै नेपालले सतप्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने दाबी गरेका छन् । ‘हामीले स्थानीय तह चुनावको समीक्षा गरेका छौ । हामीले यसपटक झण्डै २८ प्रतिशत मात्रै उम्मेदवार उठाएका थियौं । त्यसबाट ९ लाख मत पाएका छौ’ नेपालले भने, ‘यदि सबै क्षेत्रमा उम्मेदवार उठाएको भए तेब्बर मत हुन्थ्यो । अर्थात हामीले २० लाख मत ल्याउने थियौं ।’ अब पार्टीको सम्पूर्ण ध्यान प्रदेश र प्रतिनिधिसभा चुनावमा लगाउने नेपालले बताए । ‘हामी सबैको ध्यान आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनुपर्छ । पार्टीको सम्पूर्ण त्यहीँ निर्वाचनमा केन्द्रीत गर्नुपर्ने छ । चुनावको तयारी गर्नुपर्नेछ’ नेपालले भने, ‘अरुको भ...
किसान श्रेष्ठको आग्रह : नयाँ मन्त्रीलाई सहयोग गरेर सफल बनाइदिनुहोला
राजनीति, समाचार

किसान श्रेष्ठको आग्रह : नयाँ मन्त्रीलाई सहयोग गरेर सफल बनाइदिनुहोला

नेपालअखबार, काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर सफल बनाइदिन आग्रह गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठले मन्त्रालयका कर्मचारी लगायतलाई सो आग्रह गरेका हुन् । ‘जसरी मलाई सहयोग गर्नुभएको थियो, त्यसैगरी नयाँ आउने मन्त्रीलाई पनि सहयोग गरेर सफल पार्दिनुहोला,’ उनले भने । आफू पदमा रहँदा विवादरहित ढंगले काम गरेको भन्दै उनले आफ्नो ८ महिना २१ दिनको कार्यकाल सफल भएको दाबीसमेत गरे । मन्त्रालयबाट विदा हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताउँदै  फेरि पनि मन्त्री हुन सकिने  बताए । ‘माननीय अहिले पनि छु, अर्को मन्त्री हुन पनि सकिएला, फेरि पनि चुनाव जितेर आउन सकिएला’ उनले भने, ‘छुट्टीदा नरमाइलो लाग्नु स्वाभाविक हो, तर मन्त्रीको रुपमा जाँदा नरमाइलो लागेको छैन ।’...
नवनियुक्त मन्त्रीको सपथ सोमबार बिहान ११ बजे
राजनीति, समाचार

नवनियुक्त मन्त्रीको सपथ सोमबार बिहान ११ बजे

नेपालअखबार, काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए । जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।...
प्रेमआले : समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रेमआले : समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु

नेपालअखबार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् । आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे । उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु । समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु । मैले  गरेको कामलाई पछि आउने मन्त्रीले निरन्तरता दिने आशा राखेको छु ।’ यसवर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिर्न मोदीबाट बुद्धको जन्म नेपालमा नै भ...
भोलि एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक
राजनीति, समाचार

भोलि एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठकको सोमबार उद्घाटन हुने भएको छ । प्रज्ञा भवन, कमलादीमा अध्यक्ष माधवकुमार नेपालले सोमबार बिहान साढे ११ बजे बैठकको उद्घाटन गर्ने छन् । बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद्को बैठक बोलाएको हो । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभागका सचिवहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरु, प्रदेश सम्पर्क कमिटीका अध्यक्षहरु, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ । केन्द्रीय परिषदमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रतिनिधि पनि सहभागी हुनेछन् । केन्द्रीय परिषदको बैठकमा स्थायी कमिटी, पोलिटब्य...