Sunday, April 26

राजनीति

संविधान संशोधन विधेयक पारित गर्ने यस्तो छ तयारी
राजनीति, समाचार

संविधान संशोधन विधेयक पारित गर्ने यस्तो छ तयारी

नेपाल अखबार, काठमाडौं । शनिबार नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र दफाबार छलफल पछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । सम्भावित कार्यसूची अनुसार शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । दफाबार छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । फिर्ता भएन सरिता गिरीको संशोधन नक...
बालुवाटारमा प्रदर्शनपछि गृहको चेतावनीपूर्ण विज्ञप्तिः हुल जम्मा गरे कारबाही
राजनीति, समाचार

बालुवाटारमा प्रदर्शनपछि गृहको चेतावनीपूर्ण विज्ञप्तिः हुल जम्मा गरे कारबाही

नेपाल अखबार, काठमाडाैं । गृह मन्त्रालयले पछिल्लो समय विरोध प्रदर्शन हुन थालेपछि प्रदर्शनकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ। कोरोना संक्रमणको जोखिमका कारण देश लकडाउनमा भएका बेला विभिन्न बहानामा विरोधका कार्यक्रम हुन थालेको भन्दै नियन्त्रण गर्ने गृहले बिहीबार विज्ञप्तिमार्फत चेतावनी दिएको हो। ‘केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। २०७६ चैत्र ११ गतेदेखि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी भएको बन्दा...
प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने
राजनीति, समाचार, स्वास्थ्य

प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले बुधबार सम्ममा डिस्चार्ज गर्ने तयारी गरेका छन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले बुधबार सम्ममा डिस्चार्ज हुने सम्भावना रहेको उपचारमा संलग्न डाक्टर पवन चालिसेले जानकारी दिए । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज एकसाता पूरा भइसकेको छ ।...
प्रधानमन्त्री ओलीले नियमित खाना खान थाले
राजनीति, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

प्रधानमन्त्री ओलीले नियमित खाना खान थाले

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहारा दिन र नियमित हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ। गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका ओलीको पाँचौं दिनमा गरिएको स्वास्थ्य परीक्षणमा भाइटल र ल्याब सूचक सामान्य रहेको अस्पतालले आइतबार विज्ञप्ति प्रकासित गरी जानकारी दिएको छ। यस्तै, उनलाई मिर्गौला दिने भान्जी समीक्षाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।...
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको चौथो दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो । ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालले शनिवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । ‘उहाँलाई नर्मल खाना दिन थालिएको छ, र सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ । अस्पतालका अनुसार प्रम ओलीको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन् ।...
राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति
राजनीति, समाचार, हाइलाइट-समाचार

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । शनिबार राति भएको १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् । एकताको घोषणा २८ गते बताइएकाे छ । सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन जना अध्यक्ष रहनेछ । पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुनेछ । अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने...
गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद
राजनीति, समाचार

गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

काठमाडौं – ललिता निवास प्रकरणमा विशेष अदालत काठमाडाैंले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतमा उपस्थिति हुन १५ दिने म्याद जारी गरेको छ। उनीमाथि सरकारी तथा सार्वजनिक जग्गा हिनामिना गरेको आरोप लगाइएको छ। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख ७६ हजार बिगो र आठदेखि १० वर्ष कैदसजाय मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। शुक्रबार अदालतले गच्छदारसहित ७४ जना आरोपितलाई अदालतमा उपस्थिति हुन म्याद जारी गरेको हो। अदालतले पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ।...
सरकारको दुई वर्ष देशका लागि दुर्भाग्यपूर्ण : डा भट्टराइ
राजनीति, समाचार, हाइलाइट-समाचार

सरकारको दुई वर्ष देशका लागि दुर्भाग्यपूर्ण : डा भट्टराइ

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्ष देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् । पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन घोषणा कार्यक्रममा डा. भट्टराईले उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको बताए । दुई तिहाइको बहुमत प्राप्त सरकारले सामाजिक, राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्नेगरी काम गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । भ्रष्टाचार नियन्त्रण र सुशासनको लगायतका क्षेत्रमा सरकारले गर्न सक्ने काम समेत नगरेको भट्टराईको आरोप छ । भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झै—झगडाका कामहरु समेत सरकारले गरेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको सरकारको भविष्य सकिएको टिप्पणी गरे ।...
यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय

सरकारले नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने निर्णय गरेकाे छ। यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे। मन्त्रिपरिषदका प्रवक्ता एवं अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले नियमित पत्रकार सम्मेलन मार्फत बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजिनक गरेका छन्। यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु१. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने। २.  Department of Food Technology and Quality Control (DFTQC), Nepal र Bangladesh Standards and Testing Institution (BSTI), Bangladesh बीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने। Tradi...
बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ
प्रदेश ६, राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ

नेपाल कम्युनिस्ट पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका अक्कल रावल बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) आरोपमा पक्राउ परेका छन् । फागुन १५ गते एक महिलाले दायर गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले रावललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले खबरहबलाई जानकारी दिए । एसपी गिरीका अनुसार जिल्ला अदालत कैलालीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति दिएको थियो । बुधबार प्रदेश सभा बैठकमा सहभागी हुन धनगढी आएको अवस्थामा रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रावल पक्राउ गरेको विषयमा सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभा अध्यक्ष (सभामुख)लाई समेत जानकारी गराइएको जनाएको छ । रावल अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । उनी तत्कालीन नेकपा माओवादी केन्द...