Sunday, July 5

राजनीति

राष्ट्रिय सभागृह मै प्रचण्डमाथि जुत्ता प्रहार
राजनीति, समाचार, हाइलाइट-समाचार

राष्ट्रिय सभागृह मै प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि लक्षित गरेर जुत्ता प्रहार भएको हो । भरतमोहन स्मृति प्रतिष्ठानको आइतबार आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृहमा भाषण गरेर मञ्चबाट निस्कदै गर्दा उनीमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रचण्डलाई लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिको पृष्ठभूमिबारे प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनको नाम खुलेको छैन। जुत्ता प्रहार गर्ने व्यक्तिलाई सिंहदरबार वृत्तमा राखिएको छ।...
छेवेटारमा काँग्रेसको बनभोज
प्रदेश ४, राजनीति, समाचार

छेवेटारमा काँग्रेसको बनभोज

गाेरखा । नेपाली काँग्रेसको बनभोज कार्यक्रम सम्पन्न भएको छ । काँग्रेसको गोरखा नगरपालिका १० वडा समितिको आयोजनामा छेवेटारमा कार्यक्रम भएको हो । वडा सभापति हिराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सचिव न्यौपानेले वर्तमान सरकार जनताका काममा भन्दा पार्टी विवादमा फसेको बताएका छन् । ‘नेकपा सरकार पार्टीको विवादमा फसेको छ, भ्रष्ट्राचार र कमिसनमा डुबेको छ, जनताको समस्यामा कुनै मतलब छैन’ उनल भने ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ, दिनदिनै हजारौ विदेशी मान्छे विना निर्वाध भित्रिएका छन् तर सरकारले रोकथामका लागि कुनै चासो दिएको छैन ।’ कार्यक्रममा बोल्दै महासमिति सदस्य एवं नगरप्रमुख राजनराज पन्तले बिभिन्न विद्ययकका नाममा सरकारले जनताको स्वतन्त्रता खोस्ने प्रयास गर...
पार्टीमा विवाद बढिरहेका बेला किन गए प्रचण्ड सुकुटे ?
प्रदेश ३, राजनीति, समाचार, हाइलाइट-समाचार

पार्टीमा विवाद बढिरहेका बेला किन गए प्रचण्ड सुकुटे ?

काठमाडौं– सचिवालय बैठकले गरेको निर्णयका कारण पार्टीभित्र विवाद चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सिकुटे पुगेका छन् । शुक्रबार बिहान चितवन पुगेका प्रचण्ड त्यहाँबाट हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन् । प्रचण्डको निजी सचिवालयका अनुसार उनले त्यहाँ एक रात बिताउने कार्यक्रम छ । उनि आज फर्कने बताइएकाे छ । प्रचण्डले शनिबारदेखि शुरु हुने सुकुटे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत छ ।...
सहमति खोज्न माधव नेपालको दौडधुप
राजनीति, समाचार, हाइलाइट-समाचार

सहमति खोज्न माधव नेपालको दौडधुप

सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्। सचिवालय सदस्य एवं वरिष्ठ नेता माधवकुमार नेपालले ओली र अन्य नेताहरुसँग समन्वय गर्दै सचिवालयको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका हुन्। ‘युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने र गौतमलाई राष्ट्रियसभामा लैजाने तहबाट छलफल अघि बढिरहेको छ। यो विषयमा प्रधानमन्त्री ओली र अन्य नेताहरु पनि सहमत हुने अवस्थामा पुग्नुभएको छ’, नेता नेपाल निकट स्रोतले भन्यो। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा शुक्रबार बिहान भएको छलफलबारे बालुवाटारमा नेपालले ओलीलाई जानकारी गराएका थिए। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो। शीर्ष नेताहरुको सुझावपछि ओलीले दबाब महसुस गरिरहेको स्रोतले जनाएको छ। ‘नेता नेपाल...
बाँस्कोटाले भ्रष्टाचार गरेको प्रमाणित छैन– प्रधानमन्त्री ओली
राजनीति, समाचार, हाइलाइट-समाचार

बाँस्कोटाले भ्रष्टाचार गरेको प्रमाणित छैन– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको बताएका छन् । सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनको ठेक्का सम्झौता गर्न ठेकेदारसँग कमिसन मागेको अडियो भनिए पनि उक्त विषय प्रमाणित भइ नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ । उक्त अडियो पूर्ण रुपमा प्रमाण हो कि हैन भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ । उहाँ (बाँस्कोटा)ले घुस मागेको विषय अहिले नै प्रमाणित भइसकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रमाणित भयो भने उहाँले दोषअनुसारको सजाय भोग्नुहुन्छ ।’ बास्कोटाले उक्त अडियो आफ्नो नभएको भन्ने जवाफ दिएको पनि ओलीले सुनाए । ‘कोही अनाडी मान्छेले अनाधिकृत ढंगले टेप सार्वजनिक गरेको हो, बाँस्कोटाले मेरो आवाज होईन भन्नुभएको छ । भ्रष्टाचार गरेको प्रमाणित छैन,’ प्रधानमन्त्री ओलीले भने ।...
पार्टी निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी
राजनीति, समाचार, हाइलाइट-समाचार

पार्टी निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी

पार्टी निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी नेकपा सचिवालयका शीर्ष चार नेताले गरेको खुलेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बुधबार सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने निर्णय कार्यान्वयन नगर्ने चेतावनी दिएका छन्। सचिवालय बैठक लगत्तै बरिष्ठ नेता माधव नेपाललाई बोलाएर ‘मलाई घेराबन्दी भयो’ भन्दै ओलीले सचिवालयको निर्णय कार्यान्वयन नगर्ने बताएका थिए। ओलीले ‘मलाई घेराबन्दी भयो’ भन्ने कुरा सचिवालयका चार शीर्ष नेताबीच हालै भएको भनिएको एउटा समझदारीतिर लक्षित छ, जुन सरकार फेर्ने तयारीसँग जोडिएको बालुवाटारको बुझाई छ। नेकपाका एक जना सचिवालय सदस्यका अनुसार सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको आरोप लागेपछि सञ्चारमन्त्री गोकुल बाँँस्कोटाले राजीनामा दिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...
देशभरका क्याम्पस स्ववियुविहीन
राजनीति, शिक्षा, समाचार, हाइलाइट-समाचार

देशभरका क्याम्पस स्ववियुविहीन

देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । बुधबार हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचित भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले आज (बुधबार)का लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो । त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियु पदाधिकारीको पदावधि बुधबारदेखि सकिएको जानकारी दिए । ‘प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ/छ महिना गरी दुई पटक पदावधि बढाएका थियौं,’ उनले भने, ‘तर आज हुने भनिएको निर्वाचन विद्यार्थी सङ्गठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ ।’ विसं २०७३ मा २२ आङ्गिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्...
जनयुद्धका प्रथम शहिद रम्तेलको स्मृतीमा रक्तदान
राजनीति, समाचार

जनयुद्धका प्रथम शहिद रम्तेलको स्मृतीमा रक्तदान

गोरखा । तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा प्रथम शहिद भएका दिलबहादुर रम्तेलको २५ औं स्मृती दिवशका अवसरमा गोरखामा रक्तदान कार्यक्रम भएको छ । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा सघं गोरखाको संयुक्त आयोजनामा रम्तेलको २५ औं स्मृति दिवशका सन्दर्भमा रक्तदान भएको हो । सदरमुकामको शहिद गेटमा आयोजना गरिएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । कार्यक्रम क्षेत्रिय रक्तसंचार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा भएको हो । अनेरास्ववियु गोरखाका संयोजक संजिव थापा मगरको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा अनेरास्ववियुकी नेत्री पंचा सिंहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, नेकपाका जिल्ला पार्टी कार्यालय सदस्य यादव बस्नेत, अनेरास्ववियु गोरखाका सहसंयोजक सुजन सिंखडा लगाय...
डा भट्टराईको प्रधानमन्त्रीलाई प्रश्न : म चोर भए त पनि चोर होस् भन्न मिल्छ ?
राजनीति, समाचार, हाइलाइट-समाचार

डा भट्टराईको प्रधानमन्त्रीलाई प्रश्न : म चोर भए त पनि चोर होस् भन्न मिल्छ ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले मातातीर्थ जग्गा प्रकरणमा आफूले जानिबुझिकनै निर्णय गरेको स्पष्टिकरण दिएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा मातातीर्थ लगायतका स्थानका जग्गा व्यक्तिको नाममा दर्ता गर्ने आफ्नो प्रधानमन्त्रीत्व कालमा निर्णय भएको विषयमा बारे स्पष्टिकरण दिँदै डा भट्टराईले विभिन्न समयमा आएका रायहरुको आधारमा स्वीकृति दिएको दाबी गरे ।उनले सबै प्रकृया पूरा गरेर आफूले निर्णय गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थ लगायतका स्थानका जग्गा प्रकणबारे प्रश्न गरेर राम्रै गरेको डा भट्टराईको भनाइ थियो । ‘नेपाल ट्रष्टमा गएको जमिन निजी क्षेत्रमा वा भूमाफियाले चलखेल गरेको र लाभ लिएको देखिँदैन’ डा भट्टराईले भने । ‘मोहीको नाममा दर्ता हुनु राजनीतिक रुपमा सही छ र कानूनी रुपमा त्रुटी छैन’ पूर्व प्रधानमन्त्री डा भट्टराईले ...
वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाकाे निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाकाे निर्णय

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए। ...