
नेपालअखबार, काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले नेतातथाकर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुकबिग्रिएको बताउनुभएको छ । उहाँले बुधबार राजधानीमाआयोजितमन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को समीक्षातथाआगामीवर्षको कार्यक्रमकार्यान्वयनबारे ३ दिने गोष्ठीलाई सम्बोधनगर्दै यस्तो बताउनुभएको हो ।
सरकारमा सहभागी भएपछि मन्त्रीनै अवैध आम्दानी, सन्तानकालागि सम्पत्ति जोड्ने, कमिसनमाध्यानदिने र कर्मचारी पनित्यहीक्रियाकलापमा संलग्नहुने गरेको मन्त्री चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्तिआर्जन गरेर पैसा कहाँलुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”
सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने बताउनुभएकामन्त्री चौधरीले आगामीआर्थिक वर्षमामन्त्रालयलेकार्य प्रगति र कार्यक्रमकार्यान्वयनमाथप फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रालयकानिमित्त सचिव पद्मकुमार मैनालीले मन्त्रालयले हासिल गरेको प्रगतिलाई थप बढाउँदै लैजानअधिकारीहरुलाई निर्देशनदिनुभयो । उहाँले मुलुकनिर्माणका लागि राष्ट्र सेवककर्मचारीले नयाँमानसिकताका साथकामगनुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्रालयअन्तर्गतकाविभिन्नविभागतथामहाशाखाप्रमुखहरुले ३ दिनसम्मगतआवको प्रगतिविवरण तथाआगामीकार्यक्रमकार्यान्वयनबारे छलफल गर्ने कायक्रम रहेको जनाइएको छ ।

