Saturday, August 8

राजनीति

देश विकासको लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने : हर्क साम्पाङ
राजनीति, समाचार

देश विकासको लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने : हर्क साम्पाङ

नेपालअखबार, काठमाडौं । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले देश विकासको लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने बताएका छन्। विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने भन्दै उनले कम्तीमा हप्ताको एकदिन श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए। श्रम संस्कृति पार्टी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक साम्पाङले भने, ‘विदेशबाट ऋण लिएर देश बन्दैन देशको विकासको लागि हप्तामा एकदिन श्रम गर्ने बानीको विकास गरौं, बाँकी ६ दिन आफ्नो लागि गरौँ, अनि मात्रै देशको विकास हुन्छ।’ साम्पाङले चीन जापान कोरिया श्रमबाट नै समृद्ध बनेको उल्लेख गर्दै देश समृद्ध बनाउन सबैले काम गर्नुपर्ने बताए। एक जनाको कमाइले घर परिवार र देश कसैको विकास नहुने भन्दै गफ होइन काम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए। श्रमको सम्मान गर्दै देशको विकास गर्न भनेर नै श्रम संस्कृति पार्टी...
ईश्वर पोखरेल समूहको निष्कर्ष- ओलीबाट पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने
राजनीति, विचार, समाचार

ईश्वर पोखरेल समूहको निष्कर्ष- ओलीबाट पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा (एमाले)को ईश्वर पोखरेल समूहले पार्टीभित्र पक्षपात भए प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ। शनिबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको भेलाबाट पोखरेल समूहले उक्त निष्कर्ष निर्णय भेलापछि पत्रकारहरूसँग बोल्दै उपमहासचिव योगेश भट्टराईले बताए। 'आजको भेलाबाट केपी ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छौँ । उहाँले ल्याउने सकारात्मक प्रश्तावलाई हामीले सर्मथन गर्दछौँ । यदी पार्टी एकतालाई खण्डित गर्ने, पार्टीभित्र पक्षपात गर्ने, पार्टीभित्र गुटबन्दी, विभाजन गर्ने, पार्टीभित्र काखा र पाखा गर्ने प्रश्तावहरु आएभने हामी त्यसको प्रतिवाद गर्छौं,' उनले भने। बैठकमा महाधिवेशनको लोकतान्त्रिक प्रतिष्पर्धा कति स्वस्थ भयो ? कति मयार्दित भयो? लगायतका विषयमा छलफल भएको उपमहासचिव भट्टराईले बताए। । 'प्रतिनिधि छनौटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहर...
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड
राजनीति, समाचार

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ। पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ। परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ भने मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान–कानूनले अयोग्य ठहर्‍याएको हुन नहुने प्रावधान छ। बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारीबाटै बञ्चित गरिएको छ। आर्थिक पारदर्शितालाई पार्टीले विशेष जोड दिएको छ। भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछन्। कर–राजश्...
गृहमन्त्रीले गरे नुवाकोट कारागार निरीक्षण
राजनीति, समाचार

गृहमन्त्रीले गरे नुवाकोट कारागार निरीक्षण

नेपालअखबार, नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको बिदुरमा रहेको केन्द्रिय कारागारको खालि रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा छिट्टै संचालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गरेका छन् । मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्नका लागि नुवाकोटको बिदुरमा रहेको केन्द्रीय कारागारको कुल चार वटा ब्लकमध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो । अवलोकनका क्रममा मन्त्री अर्यालले अव बालबिज्याइँकर्तालाई यहाँ खालि गरिएको बाल सुधार गृहमा छिट्टै स्थानान्तरण गरिने बताए । सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवाहरूसँग केहीबेर उनीहरूसँग कुरा गर्दै उनीहरूको गुनासा र परेका समस्याबारे सुनेको उनको सचिवालयले ज...
निर्वाचन सार्ने हल्ला साँचो भए चुप नबस्ने चेतावनी : प्रचण्ड
राजनीति, समाचार

निर्वाचन सार्ने हल्ला साँचो भए चुप नबस्ने चेतावनी : प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन सार्ने हल्ला साँचो भए चुप नबस्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभामा संयोजक प्रचण्डले नेकपा सुरूवातदेखि नै निर्वाचनको पक्षमा रहेको र पूर्वदेखि पश्चिमसम्मका सन्देश सभाहरूमा त्यसको अपिल गर्दै आइरहेको बताउँदै सरकारले चुनाव सारे चुप नबस्ने तेतावनी दिएका हुन्। 'धनगढीदेखि काठमाडौंसम्मको विशाल उपस्थितीलाई खेलाँची नसोचियोस्। कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्सासह नगर्नूहोला। संविधान बारम्बार मिच्ने कोसिस गरियो भने, फेरि निवाचन मिति सार्ने/धकेल्ने गर्न खोजे हामी चुप लागेर बस्ने छैनौं,' उनले भने। उनले निर्वाचन मिति सारिए सडकमा आउने चेतावनी दिए। 'शान्तिपूर्ण तरिकाले निर्वाचन होस्। धनगढीदेखि काठमाडौंसम्म जनताको उपस्थितिलाई खेलाँची नठानियोस्। यो शक...
पद लिएर जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिलाई नेकपामा छुट छैन- माधव नेपाल
राजनीति, समाचार

पद लिएर जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिलाई नेकपामा छुट छैन- माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले नेता बन्ने र जनताकहाँ नजाने प्रवृत्तिलाई पार्टीमा छुट नहुने बताएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले नेता बन्ने जनताकहाँ नजाने तथा पद लिने र जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिलाई पार्टीमा छुट नहुने बताएका हुन्। 'दुख कष्ट नब्यहोर्ने,  कुरा ठूला गर्ने। नेताको वरिपरि बस्ने उसको प्रंशसा गर्ने र काम नगर्ने प्रवृत्तिलाई छुट दिँदैनौं,' उनले भने। सहसंयोजक नेपालले नेकपामा अब नेतासँगै कार्यकर्ता पनि राम्रो बनाउने बताए। 'त्यस्ता प्रवृत्तिलाई निस्तेज गर्दै नेतालाई पनि राम्रो बनाउन चाहन्छौं। कार्यकर्तालाई पनि राम्रो बनाउँछौं,' उनले भने।...
नेकपाले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै
राजनीति, समाचार

नेकपाले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौंमा एकता सन्देश सभा गर्दैछ। काठमाडौंको भृकुटीमण्डपमा शनिबार दिउँसो १२ बजे एकता सन्देश सभा सुरू हुने नेकपाले जनाएको छ। बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटी कार्यक्रमको आयोजक छन्। एकता सन्देश सभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित नेता कार्यकर्ताहरू भृकुटीमण्डप पुग्नेछ। त्यसपछि सुरू हुने सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्। कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० वटा घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। नेकपा गठनपछि सो पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गरेको थियो। मंसिर १२ गते सुदूरपश्चिम, मंसिर १३ गते लुम्बिनी, ...
सरकारले सुशासन र निर्वाचन नै अर्जुनदृष्टि :प्रधानमन्त्री सुशीला कार्कीले
राजनीति, समाचार

सरकारले सुशासन र निर्वाचन नै अर्जुनदृष्टि :प्रधानमन्त्री सुशीला कार्कीले

नेपालअखबार, कठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको बताएकी हुन् । ‘जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ’, उनले भनेकी छन्, ‘ म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा राष्ट्रिय एकताका लागि आह्वान गर्दछु । चुनावमा कसले जित्छ वा कसले हार्छ, त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठूलो कुरा हो ।’ उनले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रुपमा सम्पन्न गर्न आग्र गरेकी छन् । उनले भनेकी छन् , ‘राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔँ। यो निर्वाचनले नेपालक...
निर्वाचन ७५ दिन बाँकी: देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम
प्रशासन, राजनीति, समाचार

निर्वाचन ७५ दिन बाँकी: देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फ...
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी
राजनीति, समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश जारी भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्। यसअघि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो। सरकारले २०७८ सालको जनगणना अनुसार समानुपातिक सिट निर्धारण गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो। अध्यादेशमा दलित आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा सिट निर्धारण गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची १ लाई संशोधन गर्न प्रस्ताव गरेको थियो। फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूले पुस १३ र १४ गते भित्र निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने हुन्छ। दलहरूले समानुपातिकको बन्दसूची बुझाउँदा दलित, आदिवासी, खसआर्य, मधेसी, थारू र मुस्लि...